शैक्षिक सत्रमा सँधै पाठ्यपुस्तककै अभाव

  • जेठ २३, २०७९
  • "भगीरथ भण्डारी"
alt

धरान । नयाँ शैक्षिक सत्र प्रारम्भ भइसक्दासमेत इलाममा प्रर्याप्त रुपमा पाठ्यपुस्तक भित्रिएका छैनन् । जेठ एक गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेका हुन ।

विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक नहुँदा समस्या भएको छ । सरकारले माध्यमिक तहसम्म निःशुल्क पाठ्यपुस्तक दिने भने पनि किताप छपाई पर्याप्त नहुँदा पहाडी क्षेत्रका विद्यार्थीले हैरान बेहोर्नु परेको छ । बर्खाको समयमा ग्रामीण ठाउँबाट विद्यालयमा पाठ्यपुस्तक लिन सदरमुकाम आएका शिक्षक पाठ्यपुस्तक नहुँदा दामासाहीमा किताब लान बाध्य छन् । पुस्तक पसलमा पर्याप्त किताब नआउँदा सबै विद्यालयमा पाठ्यपुस्तक बाँडेर पठाउँदै गरेको पाइएको छ । माग अनुसारको पाठ्यपुस्तक अनुसार २५ प्रतिशत मात्र किताब आएको कारण पु¥याउन समस्या भएको इलाम सदरमुकामको तेह्रथुम पुस्तक पसलका टङ्क धमलाले बताए । ‘किताब कहिले आउँछ, हामिलाई त विद्यार्थीले मार्न लागे भन्दै शिक्षकहरूले दैनिक फोन गर्नुहुन्छ’ धमलाले भने ‘पुरै सेटका किताब आएका छैनन्, आए जति वितरण भइसक्यो अरू किताब ल्याउन विराटनगर सम्म गाडी लिएर गयौँ तर किताब छापिएको छैन भनेर दिएन ।’ अहिले सम्म जिल्लामा कक्षा ५ को सामाजिक र स्वास्थ्य शारीरिक मात्र आएको छ भने कक्षा आठको विज्ञान, गणित र नैतिक शिक्षा मात्र आएको छ । त्यस्तै कक्षा आठ,नौ र दशका किताप पनि पर्याप्त छैनन् । नयाँ शैक्षिक सत्रको आधा बितीसक्दा पनि ५० प्रतिशत पनि पर्याप्त नभएको धमला बताउँछन । अहिले सम्म जति किताब आए तर अव थप किताब तत्काल आउने सम्भावना न रहेको उनी बताउँछन् । सरकारी पाठ्यपुस्तक छपाइकै लागि स्थापित यो केन्द्रले आफूलाई दिइएको जिम्मेवारी पूरा गर्न नसकेकै कारण वर्षौँदेखि पाठ्यपुस्तक अभाव भई रहने समस्या दोहोरीरहेको छ ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved