धरान । धरानका गायक रोहित मास्केले आफ्नो नयाँ गीत “चिसो चिसो हावा चल्यो” विश्व संगीत दिवसको अवसर पारेर सार्वजनिक गरेका छन् । आफ्नै युट्युब च्यानल मार्फत “लिरिकल भिडियो” को रुपमा सार्वजनिक गरिएको गीतमा गायक मास्केकै शब्द –संगीत समेत रहेको छ । जेम्स प्रधानले संगीत संयोजन तथा मिक्सिङ्ग गरेको गीत रेकर्डिङ्ग धरानको भावना स्टुडियोमा गरिएको हो । धरानका पुराना गायक रोहित मास्के लामो समयको विदेश बसाईपछि बिगत ५ बर्ष देखि आफ्नो व्यवसायसंगै फुर्सदको क्षणमा संगीतमा समेत समय दिने गर्दछन् । धरानमा हुने बिभिन्न सांगीतिक कार्यक्रममा समेत भाग लिईरहने गयाक मास्केले “चिसो चिसो
सुनसरी । संखुवासभा खादबारी नगरपालिका ४ सेखा मा नयाँ ट्वाईलेट बनाउने क्रममा ढलानको सेटिङ खोल्दा अचानक सेफ्टीटेङकीमा खसेर २ जना मजदुरको मृत्यु भएको छ । नरेश गुरुंङको घरमा बनाइएको सेफ्टीटेङकीमा खसेर मृत्यु हुनेमा खादबारी ५ का ३७ बर्षीय ताराबिर गुरुङ र सोही स्थान ४ का २४ बर्षीय ईश्वर बहादुर राई रहेका छन् । आइतबार राती सेफ्टीटङकी खसेर बेहोस भएका उनिहरुको तत्काललै उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल खादबारीमा लगिएको थियो । उपचारकै क्रममा पौने ८ बजे दुवै जनाको मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सुनसरी । सिम चोरी गरेको आरोपमा छिमेकीकै कुटाईबाट मानसिक सन्तुलन गुमाउने पुगेकी गर्भवती महिलाले अझै न्याय पाउन सकेकी छैनन् । पिडकहरु विरुद्ध उजुरी दिए पनि प्रहरीले पक्राउ गर्न अझै आनाकानी गरिरहेको छन् भने छिमेकीहरुले गाउँको घटना गाउँ मिल्न भन्दै दबाब दिइरहेका छन् । प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि मगर परिवारले घटना मिलापत्र गर्न दर्जी परिवारलाई चर्को दबाब दिइरहको छ । उनीहरूले शोभाको सबै उपचार खर्च तिरिदिने र केही पैसा क्षतिपूर्ति बापत पनि दिने भन्दै जाहेरी फिर्ता लिन घरमा आएर फकाइरहेका छन् । घटना मिलापत्र गराउन केही जनप्रतिनिधि पनि लागिरहेका छन । शोभाकी आमा देवी दर्जीले भनिन्, ‘कुटपि
धरान । कालो ढुस्सी संक्रमित भएका काठमाण्डौंका ६१ वर्षिय एक बिरामीको जटिल शल्यक्रिया सफलता पुर्वक सम्पन्न भइ डिस्चार्ज भएका छन् । नाक, कान तथा घाटी रोग विशेषज्ञ डा. शंकर प्रसाद साहको नेतृत्वमा रहेको टिमले उनको सफल शल्यक्रिया गरेको हो । यस किसिमको शल्यक्रिया पुर्वाञ्चलमै पहिलो पटक भएको हो । कालो ढुस्सी संक्रमित वृद्धा गत जेठ १३ गते प्रतिष्ठानको नाक, कान तथा घाटी विभागमा आएका थिए । अनुहारको देब्रे पाटो सुन्निएको र दुखेको साथै देब्रे आखा पनि राते भएको समस्या लिएर उनी प्रतिष्ठान आएका थिए । ब्लड प्रेसर र सुगरको समेत बिरामी रहेको उनी प्रतिष्ठान आउनु १० दिन अघि कोभिड संक्रमणबाट निको भएका थिए । नाक,
इलाम/ महेन्द्र रत्न बहुमुखी क्याम्पसले २०७१ सालदेखि बिएसी इन हर्टिकल्चरको पठनपाठन शुरु भएको हो । तर, आठ वर्ष पार नपाउँदै सो विषय अध्ययनको नयाँ विद्यार्थीको भर्ना शुन्य भएको छ । चार वर्षमा कोर्ष पुरा हुने हर्टिकल्चर विषयमा विद्यार्थीको भर्ना शुन्य भएपछि क्याम्पसको कार्यक्रम प्रभावित हुने भएको छ । क्याम्पसमा अहिले एक सय ७ जना विद्यार्थी अध्ययनरत छन् । ति मध्ये २७ विद्यार्थी पास आउट हुने चरणमा छन् । छैठौ, चौथो र दोस्रो सेमेस्टरका विद्यार्थीको पढाइ चलिरहेको छ । नयाँ विद्यार्थी भर्ना नभए तीन वर्षमा क्याम्पसमा एग्रिकल्चर पढ्ने विद्यार्थी हुने छैनन् । क्याम्पसमा हर्टिकल्चर अध्ययनको लागि पश्चिम
इलाम/ इलामको देउमाई नगरपालिकाको नगरसभाले ८५ करोड ५६ लाख ६९ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ । शनिबार बसेको नगरसभाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि बजेट तथा नीति कार्यक्रम पारित गरेको हो । नगरपालिकाले आम्दानी तर्फ सशर्त अनुदानमा ३५ करोड पाँच लाख ४१ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । त्यस्तै समानिकण अनुदानमा एक करोड ३२ लाख ९२ हजार रुपैयाँ, विषेश अनुदानमा एक करोड ८२ लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । त्यस्तै राजश्व बाँडफाडबाट नौ करोड १२ लाख ७० हजार रुपैयाँ, आन्तरिक श्रोतबाट २३ करोड १४ लाख ४२ हजार रुपैयाँ र नगद मौज्दातबाट ७५ लाख ९६ हजा रुपैयाँ आम्दानी हुन
विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका मन्त्रीहरु नै कमिसनको सेटिङमा लिप्त हुँदा सरकारका सरकार प्रतिको विश्वास क्षिण हुँदै गएको आरोप लगाएका छन् । आइतबार नेपाल प्रेस युनियन ओखलढुंगाले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले प्रदेश सरकार तस्करहरुको घेराबन्दीबाट बाहिर निस्कनै नसकेको आरोप लगाएका हुन । उनले भने,“घेराबन्दीमा भित्ररहेर विकास निर्माण, कोभिड नियन्त्रण स्वास्थ्य सामग्री र औषधि खरिदमा ठूलो अनियमितता भएको छ । खोपको समानुपाति वितरण हुन सकेको छैन कात्रो किन्न समेत सेटिङ मिलाएर कमिसनको चक्करमा लागेको देखिन्छ ।” उनले प्रदेश एक आ
सुनसरी । दलित समुदाय भनि कोठा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चारकर्मी रुपा सुनारलाई सानो जात भनि कोठा नदिने काठमाण्डौं महानगरपालिका वडा नम्बर ११ की सरस्वती प्रधानलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प्रक्राउ गरेको हो । प्रधानले कोठा भाडामा दिने मन्जुर भइसकेपछि पनि अन्तिममा दलित भन्ने थाहा पाएपछि भाडामा दिन अस्वीकार गरेकी थिईन् । रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । प्रहरीले घरबेटीविरुद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो ।भाडाको कुरा गरेपछि जातको कुरा आउँदा रूपाले घरबेटीलाई आफू कामीक
विराटनगर । मनपरी ढंगले क्रियाशील सदस्या वितरण गरेको भन्दै युवाले नेपाली कांग्रेसको ४ नम्बर क्षेत्रीय समितिको कार्यालयमा तालाबन्दी गरिदिए । पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ व्यवस्थापन कलेज विराटनगर र नेपाल विद्यार्थी संघ इस्टर्न कलेज अफ इन्जिनियरिङ इकाईले असन्तुष्टि जनाउँदै तालाबन्दी गरिदिएका हुन । यो पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्याको संसदीय निर्वाचन क्षेत्र पनि हो । ‘बुथबाट सिफारिस भई गएका नामावाली पाखा लगाई मनोमानी ढंगले क्रियाशील सदस्य वितरणको घटनाप्रति खेद व्यक्त गर्न चाहन्छौं’ भन्ने व्यहोरोको विज्ञप्ति प्रकासित गरी नेपाल विद्यार्थी सं
इटहरी । सरकारले कोरोना संक्रमणको कारण जारी गरेको निषेधाज्ञालाइ खुकुलो बनाउदै खाद्यान्न तथा ढुवानी र बिकाश निर्माणको सामग्रीहरूलाइ मात्र अति आवश्यकीय सुचिमा राखेको भन्दै कम्प्युटर ब्यवसायीहरूको छाता संगठन क्यान महासंघ सुनसरीले खेद प्रकट गरेको छ । अन्य ब्यवसायलाइ समय तोकेर सुचारू गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएपनि आइटी क्षेत्र सँग जोडिएको कम्प्युटर ब्यवसायीहरूलाइ भने सरकारले नहेरेको क्यान महासंघ सुनसरीले जनाएको छ । सामाजिक, आर्थिक सबै क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको आइटी ब्यवसायलाइ सरकारले बिगत देखिनै नहेरेको क्यान महासंघ सुनसरीले आरोप लगाएको छ । महासंघ सुनसरीका अध्यक्ष बिशाल बास्त