कोशी पुरानै धारमा फर्किने खतरा

  • असार २२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पूर्वी पहाडमा भइरहेको अविरल वर्षाका कारण कोसी नदीको वहाव र पानीको सतह दिनानुदिन बढ्दै गइरहेको छ । कोसी नदी बढ्दै गएपछि पुरानै धारतर्फ फर्कने हो कि भन्ने चिन्ताले सताएको छ ।

नदी कटानको दैनिक क्रम रोकिन सकेको छैन । कटानबाट हुने क्षतिको खतरा यो वर्ष पनि उत्तिकै छ । उदयपुरको बेलका नगरपालिका र सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिकामा पर्ने श्रीलङ्का टप्पु र त्यसमाथिका उदयपुरको बेलका नगरपालिका १, २, ३, ८ र ९ वडाका धौली, चिलैया, गरैया, भागलपुर र तपेश्वरी क्षे त्रका १ हजार ७ सय परिवारका २० हजार बढी मानिस विस्थापित हुने खतरा बढेको छ ।

कोसी नदी दुई वर्ष यता तीव्र रुपमा पश्चिम सरिरहेको छ । ०४५ सालको भूकम्पपछि पूर्वतर्फ धकेलिएको कोसी नदीको धार अहिले पुरानै स्वरुपमा फर्कने खतरा बढेको स्थानीयको चिन्ता छ । कोसीको प्रत्यक्ष प्रभावितक्षेत्र र आसपासका २० हजारभन्दा बढी मानिस विस्थापित हुने उच्च जोखिमा रहेको बेलका नगरपालिकाका प्रमुख अशोक कार्की बताउँछन् । दुई वर्षयता पश्चिम किनारातर्फ धकेलिएको कोसीले डुम्रीबोटेमा कटान गरेर बस्तीतर्फ छिर्ने प्रबल सम्भावना रहेको छ ।

कोसी कटान तीव्र रुपमा बढिरहेकाले जिल्ला प्रशासन कार्यालयको पहलमा समे त रोकथामको प्रयास भइरहेको नगरप्रमुख कार्कीले बताए ।

‘कटान रोकिएन भने कोसी पुरानै धार मा फर्किने खतरा छ, पुरानो धारमा फर्किएमा उदयपुरको बेलका लगायत सप्तरीको सप्तकोसी र कन्चनरुप नगरपालिकासमेत डुबान हुने खतरा छ ।’ नगर प्रमुख कार्कीले भने । पूर्वी पहाडमा लगातारको वर्षासँगै सप्तकोसी नदीमा आएको बाढीले बेलका क्षेत्रमा तीव्र कटान गरेको छ । विशेषगरी बेलका नगरपालिका– ८ डुम्रीबोटेमा नदी कटानको बढी असर देखिएको स्थानीय नेप्से युवा क्लबका अध्यक्ष सुशान्त राई बताउँछन् । डुम्रीबोटेमा कटान भएका कोसी पुरानै धार हुँदै बग्ने अवस्था आउन सक्ने अध्यक्ष राईले चिन्ता व्यक्त गरे ।

टप्पुवासी त्रासमा

वराहक्षेत्र नगरपालिकाको वडा नं. ६ र ९ हुँदै बग्ने सप्तकोसी नदी कटानको तीव्रता बढेपछि श्रीलङ्का टप्पुको चिलैया, गरैया क्षे त्रका स्थानीय त्रसित छन् ।

गएको वर्षामा उदयपुरको बेलका नगरपालिका ८ को डुम्रिबोटेदेखि ५ किलो मिटर दक्षिण श्रीलङका टप्पुसम्म कोसीले तीव्र कटान गरेको थियो । साविकमा बगिरहे को स्थानदेखि पश्चिमतर्फ ५ सय मिटरदे खि १ किलोमिटरसम्म ठाउँठाउँमा कटान गरी कोसीले आफ्नो बाटो खोलिसकेको छ ।

कटानका कारण स्थानीय देवीलाल यादवको गोठ कोशी नदीमा विलय भएको थियो । कोशी सम्झौतामा यो क्षेत्रको तटबन्ध गर्ने दायित्व बिहार सरकारको जलसंशाधन विभागको हो । कोशी नदीको पूर्वी तटबन्धमा वर्षैपिच्छे ‘ फ्लड फाइटिङ’ का नाममा आपतकालीन नदी नियन्त्रण र नियमित तटबन्ध गर्दै आएको बिहार सरकारले नदीको पश्चिमतर्फको तटबन्ध भने गरेको छैन । स्थानीय लीलाराम शर्माका अनुसार कोशीको पश्चिम तटबन्ध बेलका नगर पालिकाको साविक तपेश्वरी, लालभित्ती क्षेत्रको बेसारेघाट हो । त्यहाँबाट कोसी सरेर हाल चिलै या, गरैया क्षेत्रमा बगिरहेको छ । भारत सरकार भने बेसारेघाटमा तटबन्ध गर्नु नपर्ने भएकाले ढुक्क भएर बसेको छ ।

यता टप्पुको नाम निशाना नै नरहने हो कि भन्ने त्रासमा चिलैया गरैयाका स्थानीय छन् ।

भारत सरकारले गत वर्ष केही स्थानमा त्रिखुट्टी लगाएको थियो । त्रिखुट्टीका कारण कटान केही नियन्त्रण भएको स्थानीय सन्तो षकुमार चन्द्रवंशीले बताए । ‘थोरै र सीमिति क्षेत्रमा त्रिखुट्टी लगाएकोले कटान केही नियन्त्रण भएको देखिए पनि त्रास उस्तै छ ’, सन्तोषले भने, ‘नदी तटीय क्षेत्रमा सरकारले त्रिखुट्टी मात्रै लगाइदिए पनि डर हराउँथ्यो ।’

कोशी नदीको भँगालो पश्चिमतर्फ पसेर कटान गर्न थालेको चार वर्ष भएको स्थानीय प्रदीप थापा बताउँछन् । कोसीले क्षति गरिरहेको छ, भँगालोले धार बदलेको चार वर्ष भयो, त्रासमा बस्न परिरहेको छ,’ थापाले भने, ‘तल्लो निकायदे खि केन्द्रसम्म डेलिकेशन गयौं, कोशी नियन्त्रण गर्ने काम ठोस रुपमा भएन ।’

थापाका अनुसार कोसी नदीको धार यही गतिमा अघि बढ्ने हो भने उदयपुर, सिराहा र सप्तरी जिल्लाका बस्तीहरु कटानमा पर्ने छन् । कोसीले डुम्रीबोटेमा कटान गर्दै गएमा जो खिम बढ्ने बेलका नगरप्रमुख अशोक कार्की बताउँछन् । हाल कटान रोक्नका लागि स्थानीय, प्रदेश र संघीय सरकारले प्रयास गरिहेको उनको भनाइ छ । सिँचाइ विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यावस्थापन प्राधिकरण, स्थानीय बासिन्दा र नगरपालिकाले कटान रोक्ने प्रयास गरिरहेको उनको भनाइ छ ।

‘कोसी पुरानै धारमा आए जोखिम बढ्नेछ, जोखिम हुन नदिन हामी सबै सचेत छौं ।’ नगर प्रमुख कार्कीले भने ।

व्रिज इन्टरनेशनल कन् ...

धरान/ व्रिज इन्टरनेशनल कन्सलटेन्सि, धरान–९ पुतली ...

धरानमा ब्राउन सुगरसह ...

धरान/मिति २०८२ जेठ २९ गते (आज)(१२:१० बजे) धरान उपमहानगर ...

कृषकलाई मेसिनदेखि मल ...

झापा/ भद्रपुर नगरपालिकाले कृषकलाई लक्षित गर्दै आधु ...

ताप्लेजुङ र पाँचथरमा ...

ताप्लेजुङ/ ताप्लेजुङ र पाँचथर जिल्लाबाट प्रहरीले ल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved