लोपोन्मुख ‘तिलुङ’ भाषा संरक्षणमा स्थानीय सरकार

  • असार २२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । राज्यले लोपोन्मुख भाषाको रुपमा लिएको ‘तिलुङ’ भाषालाई पाठ्यक्रममै राखेर स्थानीय सरकारले संरक्षणको नीति लिएको छ ।

संविधानले आधारभूत र माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएसँगै स्थानीय तहहरुले शिक्षा ऐन बनाएका छन । ऐन निर्माणसँगै विभिन्न स्थानीय तहले आफ्नो भूगोल, जातजाति र भाषा र संस्कृतिर्ला समेटेर त्यस ठाउँको पहिचानलाई जीवन्त राख्न पाठ्यक्रम बनाएर कार्यान्वयनमा ल्याउन थालेका छन् ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय पाठ्यक्रममा स्थानीय भाषालाई समेटेको छ । लोप हुन लागेको भाषा संरक्षण तथा सम्वर्द्धनमा नगरपालिका यो भाषालाई पाठ्यक्रममा समावेश गरेर भाषा लोप हुन नदिने अभियानमा स्थानीय सरकार जुटेको हो ।

नगरपालिकाले वडा नम्बर ३ च्यास्मिटारका विद्यालयहरुमा तिलुङ भाषाको पठनपाठन सुरु गरेको छ । भाषा आयोगले तिलुङ भाषालाई नेपालको लोपोन्मुख रुपमा लिइएको छ ।

लोपोन्मुख भाषा संरक्षणकामा जुटेको तुवाचुङ नगरपालिकाले भाषा आयोगसँग समन्वय गरेर तिलुङ भाषा पठनपाठन गरिरहेको थियो । भर्खरै मात्र तेस्रो चरणको ४५ दिने कक्षा सम्पन्न भएको नगरका शिक्षा शाखा प्रमुख पदम बहादुर कार्कीले बताए । उनले भने–‘भाषा स्थानीय ठाउँको र देशको पहिचान भएकोले तिलुङ भाषालाई पाठ्यक्रम समावेश गरेका हौ ।’

लोपोन्मुख अवस्थामा रहेको उक्त भाषा संरक्षणका लागि नगरपालिकाले भाषाको डकुमेन्ट्री समेत बनाएको छ भने यस शैक्षिक सत्रबाट च्यास्मिटारका सामुदायिक विद्यालयहरुमा ऐच्छिक विषयका रुपमा १०० पूर्णाङ्कको तिलुङ भाषाको पुस्तक औपचारिक रुपमा पठनपाठन हुन सुरु भएको हो ।

नगरपालिकाले खरिद गरेर सोमबार च्यास्मिटार स्थित बाल विकास आधारभूत विद्यालयमा कक्षा १ को भाषाको पुस्तक नगर प्रमुख विमला राईले हस्तान्तरण गरेकी छन ्। भाषा अध्ययन गराउन शिक्षक समेत नियुक्त गरिसकेको नगरपालिकाले जनाएको छ । उपप्रमुख विमला राईले भनिन्–‘भाषा अध्ययनका लागि शिक्षक समेत नियुक्ति गरिसकिएको छ । अब निरन्तर यो भाषा पढाइ हुन्छ ।’

व्रिज इन्टरनेशनल कन् ...

धरान/ व्रिज इन्टरनेशनल कन्सलटेन्सि, धरान–९ पुतली ...

धरानमा ब्राउन सुगरसह ...

धरान/मिति २०८२ जेठ २९ गते (आज)(१२:१० बजे) धरान उपमहानगर ...

कृषकलाई मेसिनदेखि मल ...

झापा/ भद्रपुर नगरपालिकाले कृषकलाई लक्षित गर्दै आधु ...

ताप्लेजुङ र पाँचथरमा ...

ताप्लेजुङ/ ताप्लेजुङ र पाँचथर जिल्लाबाट प्रहरीले ल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved