समाचार

    Showing 5,671-5,680 of 10,032 items.
  • "संवैधानिक आयोगमा मैले कार्यकर्ता भर्ती गरेको होइन" (भिडियो सहित)

    काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगमा आफ्ना पार्टीका कार्यकर्ता भर्ती गरेको आरोप गलत भएको दाबी गरेका छन् ।आइतबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिनको समापन सत्रको ‘नीति, थिति र राजनीति’ शीर्षकमा बोल्दै अध्यक्ष ओलीले आफूले संवैधानिक आयोगमा नियुक्त भएका ५२ जना सबैलाई आफूले नचिनेको समेत दाबी गरे । ‘मैले संवैधानिक आयोगहरूमा राजनीतिक पार्टीका क्याडरलाई भर्ती गरेको होइन, म त त्यहाँ नियुक्त भएका मान्छे चिनेको पनि होइनन् । अरु सरकारले जे सुकै गरे पनि ठिक हुने; मेरो नेतृत्वको सरकारले ज

    • प्रकाशित मितिः भदौ ३०, २०७९
    • 660 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एक वर्षमा ४९ हजार लालपूर्जा वितरण: ‘लालपूर्जा वितरण रोकिदैन’

    धरान । सरकारले गत वर्ष कात्तिकदेखि हालसम्ममा ४९ हजार भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरेको छ । मोरङको कानेपोखरी ६ मा आयोजित लालपूर्जा वितरण समारोहलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले यस्तो जानकारी दिएकी हुन् । उनले लालपूर्जा वितरणको काम कुनै पनि बहनाले नरोकिने पनि बताइन् । ‘यो सरकार गठन भएको असोज २२ गते १ वर्ष पुग्दैछ । कात्तिकको १६ गतेदेखि महोत्तरीको रामगोपाल गाउँपालिकाबाट सुरु गरेको धनिपूर्जा वितरण अहिले देशभरी भइरहेको छ,’ श्रेष्ठले भनिन्, ‘बिना लक्ष्य, बिना बजेट हामीले हालसम्ममा ४९ हजारलाई ल

    • प्रकाशित मितिः भदौ ३०, २०७९
    • 468 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालीहरुको चाडपर्व धमाधम भित्रिदै: मूर्तिको कारोबार बढ्यो

    धरान । नेपालीहरुको चाडपर्वहरु धमाधम भित्रिन थालेका छन् । यी चाडमध्ये दशै र तिहारलाई नेपालीहरुले भव्यतासाथ मनाउने गर्छन् भने विश्वकर्मा पूजालाई पनि नेपालीले उत्तिकै महत्व दिएर मनाउने गरेका छन् । दुई बर्ष विश्व महामारी कोरोनाले नेपालीको मौलिक पर्वलाई प्रभावित पा¥यो । मौलिक पर्व प्रभावित हुँदा यससँग सम्बन्धित उद्योगधन्दा, कलकारखाना पनि पूर्ण रुपमा बन्द भए । जसले गर्दा विभिन्न देवदेवीका मूर्ति बनाउनेहरुको पेशा समेत संकटमा प¥यो । अहिले कोरोना संक्रमण यथावतै रहे पनि चाडपर्व मनाउन कुनै बन्देज छैन । नेपाली महिलाहरुको महान चाड तीज, हिन्दु धर्मालम्बीहरुको महान चाड, जनाई पूर्ण, कुशे औशी लगायतका

    • प्रकाशित मितिः भदौ ३०, २०७९
    • 614 पटक पढिएको
    • "चन्दन रौनियार"
  • सन्दर्भ बाल दिवस: विद्यार्थी घण्टौँ धाएर विद्यालय जान बाध्य

    धरान । प्रत्येक भाद्र २९ लाई बालदिवस मनाउने गरिएको छ । यस बर्ष पनि नेपालमा बालदिवस भव्यताका साथ मनाइयो । यस बर्ष “बाल मैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने नाराका साथ बालदिवस मनाइएको छ । सहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकाको लागि यो नारा समय सान्दर्भिक भए पनि ग्रामीण क्षेत्रमा बस्नेहरुका लागि यो नाराले सार्थकता नपाएको भान हुन्छ । सहरी क्षेत्रमा बालदिवस मनाइरहदा पहाडी ग्रामीण क्षेत्रका विद्यार्थीहरुमा अझै पनि समस्या रहेको छ । उनीहरु घण्टौ हिडेर विद्यालय पुग्न बाध्य छन् । विहानभरि काम गरेर हतार हतार विद्यालय जानुपर्ने बाध्यता छ । धनकुटाको महालक्ष्मी नगरप

    • प्रकाशित मितिः भदौ ३०, २०७९
    • 644 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • परीक्षा नियन्त्रकलाई विद्यार्थीहरुले थुने

    धरान । परीक्षा नियन्त्रकले विद्यार्थीमाथि अभद्र व्यवहार गरेको भन्दै विराटनगरको एक कलेजमा दुई घण्टा थुनिदिएका छन् । विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका सहायक परीक्षा नियन्त्रकले अभद्र व्यवहार गरेको भन्दै विद्यार्थीहरुले दुई घण्टा थुनिदिएका हुन् । विद्यार्थीहरुले पूर्वाञ्चल विश्वविद्यालयले यही भाद्र २३ गते प्रकाशित गरेको परीक्षा केन्द्र तोकिएको सूचना खारेज नगरी पुनः २५ गते नयाँ सूचना प्रकाशन गरेको र हाल सञ्चालन भइरहेको परीक्षा अव्यवस्थित र अपारदर्शी भएको भन्दै आन्दोलन आन्दोलन चर्काएका थिए । विद्यार्थीहरुले हाल संचालन भएको परीक्षा स्थगित गर्नु पर्ने,सबै सम्बन्धि

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • 554 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भिन्न क्षमता भएकाहरुको घरमै सेवा: ‘बल्ल स्थानीय सरकारको महसुस भयो’

    धरान । राज्यले हरेक क्षेत्रमा फरक क्षमता भएकाहरुहरुको सेवा सुविधालाई प्राथमिकतामा राखेर काम गर्ने नीति बनाए पनि बनाएको नीति व्यवहारमा लागू गर्न सकेको छैन । उनीहरुले अहिले पनि सेवा प्रदायक कार्यालयमा गएर सहज रुपमा सेवा लिन पाएका छ्रैनन् । तर धरान उपमहानगरपालिका वडा नं १४ ले वडासम्म आउन नसक्ने भिन्न क्षमता भएकाहरुलाई घर घरमा पुगेर राष्ट्रिय परिचयपत्रको फर्म भरिदिएको छ । धरान १४ की प्रभा तुम्बाफ्े केही समय अगाडि दुर्घटनामा परिन् । दुर्घटनापछि उनी हिड्डुल गर्न सक्दिनन् । बल्लतल्ल वैसाखीको सहाराले उनी घर बाहिर भित्र गर्न सक्छिन् । राज्यले राष्ट्रिय परिचयपत्र बनाउने नीति नै ल्याइसकेपछि राष्ट्रिय प

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • 422 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाँझगरा सामुदायिकको अल्टिमेटम सिद्धियो: वन समूह र नगरपालिकाबीच सहमति

    धरान । सामुदायिक वन क्षेत्रभित्र जथाभावि फोहोर फालेको विषयमा बाँझगरा सामुदायिक वन उपभोक्ता समितिले दिएको अल्टिमेटम सकिएसँगै नगरपालिका र समितिबीच सोमबार छलफल भएको थियो । फोहोर व्यवस्थापन गर्न बाँझगरा वन समुह र धरान उपमहानगरपालिकाबीच धरानः फोहोर व्यवस्थापनबारे बाँझगरा सामुदायिक वन उपभोक्ता समुह र धरान उपमहानगरपालिकाबीच १० बुँदे निर्णय भएको छ । समूका उपाध्यक्ष कुमार भारतीले सोमबारसम्म दिएको अल्टिमेट सकिए लगतै १० बुँदे नगरपालिकासँग भएको छलफलले १० बुँदे निर्णय गरेको बताए । लामो समयदेखि वन क्षेत्रमा फालिएको फोहोरका विषयमा धरान उपमहानगरपालिकालाई फोहोर नफाल्न र फोरलाई व्यवस्थित गर्न चेतावनी दिँदै आ

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • 634 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

    धरान । झापाको भद्रपुर नगरपालिका २ को देउनिया पुलमा सोमवार दिउँसो सवारी दुर्घटना हुँदा १ जना पैदल यात्रीको मृत्यु भएको छ । झापाको पृथ्वीनगरबाट भद्रपुर तर्फ आउदै गरेको प्रदेश १ ०१ ००१ ख ३६५९ नम्बरको ट्रकले पैदल यात्री स्थानीय ३५ बर्षीया तुलसा खवास लामा र उनको २ बर्षीया छोरी रुक्सना लामालाई ठक्कर दिंदा ट्रक अनियन्त्रित भई पुलबाट खोलामा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका आमा छोरी र ट्रकका सहचालक बिर्तामोड २ झापाका २४ बर्षीय अनिल हस्दा र ५२ बर्षीय बुद्दलाल राजबंशीलाई उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा उपचारको क्रममा तुलसा खवासको मृत्यु भएको हो । ट्रक चालक पाँचथर हिलिहाङ

    • प्रकाशित मितिः भदौ २८, २०७९
    • 584 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलामका १९ परिवारलाई धनिपूर्जा वितरण: असोजभित्र दुईसयलाई वितरण गरिने

    धरान । भूमी सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति इलामले १९ परिवारलाई धनिपुर्जा वितरण गरेको बताएको छ । चुलाचुली गाउँपालिकाका १९ परिवारलाई पुर्जा वितरण गरेको बताएको हो । आयोगले असोजभित्रै दुईसय परिवारलाई पुर्जा वितरण गर्ने तयारी रहेको समेत जनाएको छ । जग्गा सम्बन्धि पहिले बनेका आयोग समितिहरुले अपुरो छाडेको काम पूरा गरेर लालपुर्जा वितरणको चरणमा पुगेको समितिका विज्ञ सदस्य श्याम खड्गीले बताए । ‘२०५२ सालमा बनेको आयोगले जग्गा दिने निर्णय गरेको थियो, तर धनिपुर्जा दिइएको थिइएन’, विज्ञ सदस्य खड्गीले भने,‘भोग चलन सम्बन्धित व्यक्तिको नै थियो, तर काम पुरा नहुँदा स्वामित्व कायम भएको थि

    • प्रकाशित मितिः भदौ २८, २०७९
    • 516 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • रंगेलीमा छाडा छोडिएका चौपाया समस्याको जड: सातदिने सूचना प्रकाशित गरे पनि समाधान भएन

      धरान । मोरङको रंगेली नगरपालिकामा छाडा चौपायाका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । दुर्घटनाको जोमिख बढेपछि छाडा चौपाया नछोड्न नगरपालिकाले सार्वजनिक सूचना नै प्रकाशित गरे पनि समाधान हुन सकेको छैन । नगरपालिकाले छाडा चौपाया तथा सडक पेटी अतिक्रमण रोक्ने सम्बन्धि सूचना निकालेको दुई महिना वितिसकेको छ । ७ दिनभित्रमा आफ्ना चौपायाहरुलाई व्यवस्थित गर्न नगरपालिकाले सूचना प्रकाशित गरे पनि सूचनाको वेवास्त गरेको पाइएको छ । तर पनि नगरपालिका चुप लागेर बसेको छ, चौपाया छाड्नेलाई कारबाही गर्न सकेको छैन । नगरपालिकाले गत साउन ५ गते सडक तथा सार्वजनिक स्थलमा छाडा चौपाया नछाड्न सुचना प्रकाशित गरेको थियोे ।

    • प्रकाशित मितिः भदौ २८, २०७९
    • 1,024 पटक पढिएको
    • "रबिन्द्र बराल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved