धरान । नगर अधिवेसन देखि नै विवादित बनेको नेकपा एमाले सुनसरीको महाधिवेशन प्रतिनिधी छनौटको विवाद समाधान हुन नसके पछि छलफलका लागि पुनः मतदानको समय थप भएको छ । नेकपा एमालेको १० औं महाधिवेशनको लागी प्रतिनिधि चयन गर्न सुनसरीले मनोनयन दाबी फिर्ताको समय कार्तिक २९ गते साँझ सम्म तोकेको थियो । तर जिल्ला भरीनै प्रतिनिधी छनौट सहमतीमा हुन नसके पछि मंगलबार हुने पुर्वघोषित मतदानको तालिका परिवर्तन भएको हो । सोमबार एमाले जिल्ला पार्टी कार्यालय बैठकले प्रतिनिधि चयनको मतदान तालिका परिवर्तन गरेको हो । सर्वसम्मत प्रतिनिधि छनौट गर्नको लागि पहल गर्न मतदानको कार्यतालिका परिवर्तन गरिएको एमाले जिल्ला अधिवेशन आयोजक कमि
धरान । दुइ गुटमा विभाजित भएको नेकपा एमाले सुनसरीको रमेश बस्नेत समुहले पनि १० औं राष्ट्रिय महाधिवेसनका लागि सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधी उम्मेदवार चयन गरेको छ । आइतबार रेवती रमण भण्डारी समुहले ९ जनाको नाम सार्वजनिक गरे लगत्तै यता बस्नेत समुहले पनि नामावली सार्वजनिक गरेको हो । दुवै तर्फ बिच छलफल चलिरहे पनि बस्नेत समुहले खुल्ला तर्फ धरानका पुर्व मेयर मनोज कुमार मेन्याङ्बो, रमेश कुमार बस्नेत, सांसद जय कुमार राई सुर्य प्रकाश पन्धान, श्याम नारायण राजधामी र डम्बर सिंग्देल रहेका छन् भने महिला तर्फ प्रदेश सांसद सावित्री जोशि, रुफिना गुरुङ ९राई० र शुसिला पहाडी रहेका छन् । अहिले पनि दुवै तर्फको
झापा/ झापाको शिबसताक्षी नगरपालिका १० माइधार चौक नजिक भित्रीसडक खण्डमा स्कारपियोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७२ बर्षीया ललिता कट्वाल रहेकी छन् । सोमबार(आज) बिहान सँवा ११ बजे दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को १ च ७४१६ नम्बरको स्कारपियोले पैदल यात्री कट्वाललाई ठक्कर दिंदा उनको घटनास्थालमानै मृत्यु भएको हो । स्कारपियो र चालक ईलाम देउमाइ नगरपालिका ३ का ३२ बर्षीय पुर्ण खतिवडालाई अस्थाई प्रहरी पोष्ट माईधारले नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्टमार्टमको लागी दमक अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
मोरङ । बिराटनगर महानगरपालिका १६ दरैया स्थितबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गोर्खा सहिद गाऊपालिका ७ का २२ बर्षीय मनिष श्रेष्ठ रहेका छन् । सोमबार (आज) बिहान ११ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई नाईट्राभेट २ सय ८४ ट्याब्लेट, डाईजापाम ७७ एम्पुल, लुपिजेसिक ७७ एम्पुल र एभिल २३ एम्पुल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईहेको छ ।
ओखलढुङ्गा / प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापन सरकार एक्लैले मात्र गर्न नसक्ने बताउएका छन् । उनले भने, “यसको रोकथामदेखि उद्धार तथा राहतसम्ममा सर्वपक्षीय समन्वय हुनुपर्छ ।” ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीसँग आइतबार आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री कार्कीले सङ्घीय, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा विपद् न्यूनीकरण र राहत तथा उद्धारमा प्रभावकारीरूपले काम गर्न सकिने बताए । “स्थानीयरुपमा हामीले नगरपालिकाका नगर प्रहरीलाई समेत तालिम दिएर उद्धारमा परिचालन गर्न सक्छौँ”, उनल
बराहक्षेत्र/ गत बर्ष कोरोना सक्रमणका कारण नलागेको कात्तिके अर्थात हरिबोधिनी एकादशी मेला यस बर्ष लाग्ने भएको छ । कोभिडका कारण भारतिय तिर्थालु आउन नसक्दा गत बर्ष मेला लाग्न सकेको थिएन् । छिटफुट रुपमा मात्र स्थानीय भक्तजहरुले मेलाको औपचारिकता मात्र सुरु गरेका थिए । यस वर्ष भाईरसको सक्रमण न्यून हुँदै गएकाले मानिसको चहल पहल सुरु भएको छ । बराहक्षेत्रमा लाग्ने कार्तिके मेला कात्तिक २९ गते सोमवार एकादशीको दिनबाट सुरु भई मङसिर ३ गते शुक्रवार पुर्णिमाको दिनसम्म ५ दिन लाग्ने भएको छ । मेलाको लागि बजार, कोसी नदीमा घाटको व्यवस्थापन विद्युत्, खानेपानी लगायत उपसमिति गठन गरिएको छ भने मेलाको तयारी समेत प
धरान/ मधेशमा विद्रोह गदै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले धरान नगर समिति गठन गरेको छ । स्वतन्त्र मधेश गठबन्धनको नाममा विद्रोह गर्दै आएको पार्टीले गत चैत्रको पहिलो सातामा राष्ट्रिय परिषद् वैठकले जनमत पार्टी नामाकरण गर्दै शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको थियो । अहिले यो पार्टीले मुलुकभर आफ्नो संगठन विस्तार गर्ने कामलाई तिब्रता दिएको छ । यसै क्रममा धरानमा समेत जनमत पार्टीको नगर कमिटी गठन भएको छ । शनिवार धरान १३ स्थित हेपील्याण्ड होटलमा आयोजित सम्मेलनबाट नगर कमिटी गठन भएको हो । मोहम्मद हसिम मियाको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन गरिएको् छ । जसको उपाध्यक्षमा विकास मण्डल, सचिवमा व
रंगेली/ श्रम ऐन अनुसार पुर्ण रुपमा सुविधा नपाएको भन्दै रंगेली नगरपालिका ८ स्थित चण्डिका डिष्टिलरीका मजदुरहरुले ९ सुत्रिय माग राख्दै आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । श्रम ऐनमा व्यवस्था गरे अनुसारको पूर्ण रुपमा सुविधाहरु लागू नभएको भन्दै आन्दोलन गर्ने तयारी गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । उनीहरुले नियमित कामदार तथा कर्मचारीहरु बाहेकका लागि पनि नियमित गर्दै सबै कामदार तथा कर्मचारीलाई वार्षिक बोनस ३ महिना बरावरको खाइ पाई आएको तलव भत्ता सहित दिने व्यवस्था गर्न माग गरेका छन् । दशै खर्च वापत ४५ दिन बराबरको खाई पाई आएको तलव भत्ता, श्रम ऐन २०७४ को परिच्छेद ९ मा निर्धारण गरेका सम
ओखलढुंगा / ओखलढुंगाको सुनकोशी गाउँपालिका-९ बुलडाँडामा आज बिहान भएको बलेरो दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । आज बिहान साँढे ७ बजेको समयमा ओखलढुंगाको च्यामनबाट ककनी मन्दिर तर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश-३-०१-०२२ च ९६९४ नंम्बरको बोलेरो गाडी आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु तथा १२ जना घाइते भएका प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । दुर्घटनामा परी सिद्धिचरण नगरपालिका-१० बस्ने ३५ बर्षीया मिठुमाया मगर, १६ बर्षीया तुलसा मगर, १९ बर्षीय खगेन्द्र मगर र ३६ बर्षीया शान्तामाया मगरलाई उपचारको लागी अस्पताल लैजाने
मोरङ/ प्रथम अध्यक्षकप १ नं. प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिताको उपाधि आयोजक आइटिएफ तेक्वाण्डो डोजाङ कानेपोखरीले हात पारेको छ । मोरङको कानेपोखरी गाउँपालिका ६ रमाइलोमा सम्पन्न प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ९ कास्य पदक जित्दै उपाधि हात पार्न सफल भएको हो । प्रतियोगिताको द्वितीय सुनसरी भएको छ । सुनसरीले ८ स्वर्ण, २ रजत र ३ कास्य पदक हात पा¥यो । झापाले ७ स्वर्ण, ९ रजत र ६ कास्य पदक हात पार्दै तृतिय बनेको छ । महिलातर्फ उत्कृष्ट खेलाडी मोरङकी इन्दिरा थापा घोषित भइन् भने पुरुषतर्फ सुनसरीका निकेश कटुवाल भए । प्रतियोगिताको अनुशासीत टिम पाँचथर घोषित भयो । इस्पारिङ जुनियर महिलातर्फ २०–