समाचार

    Showing 5,291-5,300 of 8,594 items.
  • विजय वाम्बुलेको ‘किराती हामी’ सार्वजनिक

    धरान/ धरानका उदीयमान गायक विजय वाम्बुले राईको स्वर रहेको ‘किराती हामी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।किराती संस्कारमा आधारित रहेर तयार गरिएको म्युजिक भिडियोको बुधबार एक कार्यक्रम बिच चर्चित गायक डिल्ली फोम्बोले सार्वजनिक गरेका हुन् । साकेला सिलिमा गाइएको ‘किराती हामी’ गितले किरातीहरुको संस्कृतिलाई जोगाउन टेवा पुग्ने कार्यक्रमका प्रमुख अतिथी समेत रहेको गायक फोम्बेले बताए । कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई लगायतको उपस्थितिमा म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।भिडियोको एरेन्ज पावल चाम्लिङले गरेका छन्

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 1,113 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा पर्यटनको चर्चा: ‘चारकोशे जंगल बाहिर प्रचार भएन’

    धरान/ चारकोशे जंगलको घेरा बाहिर प्रमुख पर्यटकीय गन्तव्यको प्रचार गर्न नसक्दा धरानको पर्यटनले गति लिन नसकेको पर्यटन व्यवसायीहरु बताउँछन् । धरानको समृद्धिको आधार पर्यटनलाई मानेर अघि बढ्ने हो भने, यी सबै चिजको एकिकृत प्याकेज बनाइ प्रचार गर्नुपर्नेमा उनीहरु जोड दिन्छन् । स्थापनाको एक सय २१ औं वर्षको अवसरमा मंगलबार देखि जारी तिन दिने धरान डे को दोस्रो दिन आयोजित पर्यटन प्रवद्र्धनमा भुमिका विषयक अन्तरक्रियामा पर्यटनकर्मी एलिना मगरले पूर्वाधारलाई पर्यटनमा जोडेर उपार्जनको माध्यम बनाउन आवश्यक रहेको बताईन् । उनले भनिन्, ‘जबसम्म धरान आर्थिक रुपले सबल ह“ुदैन तबसम्म समृद्धि हुन सक्दैन ।&r

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 1,193 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दमक–रवि सडक कालोपत्र: गुणस्तरहीन भएको भन्दै स्थानीयको विरोध

    इलाम/ झापाको दमक देखि इलामको माङसेबुङ हुँदै पाँचथरको रवि जोड्ने दमक–चिसापानी–रवि सडकको कलोपत्रे गर्ने काम गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध जनाएका छन । चिसापानी सम्मको ११ किलोमिटर सडक खण्ड निर्माणका क्रममा बालुवा र गिटीमा अत्याधिक कालो माटो र लेदो प्रयोग गरेको र कालोपत्रे स्तरमा स्तरोन्नति गर्ने कार्यको काम गुणस्तरहीन भएको भन्दै स्थनीयले विरोध जनाएका हुन् । सडकको शुरुवातमै गुणस्तरहीन सामग्रीको प्रयोग र निर्माण गरिएको नाली र पेटीमा क्युरिङ समेत नगरिँदा निर्मित संरचना कमजोर भएको भन्दै स्थानीयले विरोध जनाएका छन् । निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको भन्दै माङसेबुङ ३ मा पर

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 1,065 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • सुनसरीमा २२ हजार मतदाता थपिए

    धरान/ स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगले संचालन गरेको विशेष अभियान अन्तर्गत सुनसरीमा २२ हजार ६ सय ९३ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन आयोग सुनसरीले दुई चरणमा सम्पन्न गरेको मतदाता नामावली संकलन मंसिर १७ गतेदेखी पुष १९ गते सम्म संचालन भएको थियो । आयोगले सञ्चालन गरेको पहिलो चरणको मंसिर १७ गतेदेखी पुष २ गते सम्मको विशेष कार्यक्रम अन्तर्गत १० हजार ३ सय २४ जना मतदाता थपिएका हुन् । आयोगका अनुसार इटहरीमा ३ हजार ६ सय ६२, रामधुनीमा १ हजार ६ सय ६५, देवानगन्जमा ६ सय ६५, बर्जमा ७ सय ८१ र भोक्राहानरसिंहमा १ हजार १ सय ५० गरी कुल ७ हजार ९ सय २३ मतदाता थपिएका हुन् ।

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 1,199 पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"
  • धरानभरि सरसफाइ अभियान सम्पन्न

    धरान/ एक सय २१ औँ धरान स्थापना दिवसको अवसरमा बुधबार धरानमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । वडा समितिहरूको समन्वयमा धरानका २० वटै वडामा सरसफाइ अभियान सञ्चालन गरिएको हो । यसै क्रममा धरान–१५ मा पनि अभियान सञ्चालन गरिएको थियो । उनीहरू फोहोर टिप्दै झोलामा हालिरहेका थिए । आफ्नो ठाउँ आफैँ सफा गर्नुपर्छ भन्ने जनचेतना पैmल्याउन कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष नरेश इवारम लिम्बूले बताए । ‘धरान स्थापना दिवसको अवसरमा कार्यक्रम गरेका हौँ ।’ उनले भने । वडाध्यक्ष लिम्बूको नेतृत्वमा भएको कार्यक्रममा विभिन्न टोल विकास संस्थाका पदाधिकारी र सदस्यहरू सहभागी भएको तुलसी, भीष्म, चण्डेश्वरी

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 690 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खेलकुद महासंघ इटहरीमा गुरागाईँ

    सुनसरी/ नेपाल खेलकुद महासंघ इटहरीको नगर कमिटीमा ढुण्डीराज गुरागाई चयन भएका छन् । गत सोमबार भएको एक भेलाले इटहरी ६ का व्यवसायी तथा भलिबल खेलाडी गुरागाईको अध्यक्षतामा समिति गठन गरेको हो । भेलाले गुरागाईको अध्यक्षमा ६१ सदस्यीय कार्य समिति बनाएको छ । समितिको उपाध्यक्षमा सुजन चौधरी र सचिवमा रोहित कोइराला चयन भएका छन् । नेपाल खेलकुद महासंघको प्रथम नगर भेलामा प्रमुख आतिथ्य नेकपा एमालेका नगर अध्यक्ष यामकुमार सुब्बाको रहेको थियो । इटहरीका विभिन्न वार्ड अध्यक्षहरूको सहभागितामा भएको कार्यक्रममा नेपाल खेलकुद महासंघका स्थायी कमिटी सदस्यले शपथ ग्रहण गराएका थिए । सबै वार्डबाट प्रतिनिधित्व हुने गरी काम

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 975 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नोबेल मेडिकल कलेजमा तालाबन्दी

    धरान । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको भन्दै आन्दोलनरत विद्यार्थीहरुले विराटनगर स्थित नोबेल मेडिकल कलेजमा तालाबन्दी गरेका छन् । आयोगले तोकेको शुल्क भन्दा बढी रुपैया मागेको भन्दै अनेरास्ववियु मोरङको नेतृत्वमा एमबीबीएस अध्ययनरत विद्यार्थी तथा अन्य विद्यार्थी संगठनहरुले मंगलबार कलेजमा तालाबन्दी गरेका हुन् । विगत केही दिन देखी निरन्तर आन्दोलनमा रहेका विद्यार्थीहरुले मंगलबार कलेजका प्रिन्सीपल रामहरी घिमिरेलाई अल्टीमेटम सहितको ज्ञापन पत्र बुझाएका थिए । विद्यार्थी नेता तुलसी घिमिरेले भने, ‘हिजो हामीले अल्टिमेटम सहीतको ज्ञापन पत्र कलेजलाई बुझाएको थियौ वार्ताको लागी अहिल

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 822 पटक पढिएको
    • "सन्जोग बाबु दाहाल"
  • धरान आदर्शको म्याराथुनमा रिजन र आयुशा प्रथम

    धरान । धरान डे को अवसरमा धरान आदर्श माध्यमिक विद्यालयले मंगलबार १० औँ मिनि म्याराथुन प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयको सप्ताहब्यापी खेलकुद पुष २५ गतेबाट सुरू हुँने भए पनि धरान डेको अवसरमा मिनि म्याराथुन प्रतियोगिता मंगलबार नै आयोजना गरिएको विद्यालयले जनाएको छ । म्याराथनमा छात्र तर्फ कक्षा १२ मा अध्ययनरत बिजनेस संकायका रिजन श्रेष्ठ र छात्रा तर्फ कक्षा ११ की मेनेजमेन्ट संकायमा अध्ययनरत आयुशा लिम्बू पहिलो भएका छन् । त्यस्तैगरी छात्र तर्फ कक्षा ११ मा अध्ययनरत एच.एमका सुदिप राई दोस्रो, कक्षा १२ मा अध्ययनरत साइन्स संकायका सन्तोस राई तेस्रो र कक्षा १२ का बिजनेस संकायमा अध्यय

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 759 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • माछा पोखरीमा डुबेर बिराटनगरमा १ जनाको मृत्यु

    मोरङ/ माछा पोखरीमा डुबेर मोरङमा एकजनाको मृत्यु भएको छ । मोरङ बिराटनगर महानगरपालीका ११ मा रहेको माछा पोखरीमा डुबेर सोही स्थानका २८ वर्षीय सुजन कामतको मृत्यु भएको हो । गत पौष १५ गते देखी हराइरहेका कामतको खोजतलासी गर्ने क्रममा हिजो (मंगलबार) पोखरीमा मृत्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 1,285 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी ए डिभिजन लिग:जागृति र धरान सेमिफाइनलमा

    सुनसरी/ राष्ट्रिय जागृती क्लब र धरान फुटबल क्लब जारी सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । लिग अन्तर्गत मंगलबार भएको तेस्रो चरणका अन्तिम खेलहरुमा जित निकाल्दै समुह ख बाट समुह बिजेता र उपबिजेता बन्दै दुबै क्लब सेमिफाइनल प्रवेश गरेका हुन् । यो सँगै जिल्ला लिगको सेमिफाइनल समिकरण समेत पुरा भएको छ । अब सेमिफाइनलमा धरान फुटबल क्लबले न्यू स्टार क्लब बराहक्षेत्रसंग बिहिबार पहिलो खेल खेल्दा सोही दिन राष्ट्रिय जागृती क्लबले धरानको गोधुली फुटबल क्लबसंग दोस्रो खेलमा प्रतिष्पर्धा गर्नेछ । इटहरी रंगशालामा मंगलबार भएको पहिलो खेलमा जागृती क्लबले लगातार तेस्रो जीत निका

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 706 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved