समाचार

    Showing 5,141-5,150 of 10,030 items.
  • सीएनआई कोसी एक्स्पोमा अवलोकनकर्ताको भीड

    मोरङ / नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा विराटनगरमा जारी सीएनआई कोसी एक्स्पो २०७९ मा अवलोकनकर्ताहरुको भीड बढेको छ । एक्स्पोको साझेदार संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको समन्वयमा शुरु भएको एक्सोमा लघु, घरेलु, साना र कृषि उद्यमीहरुका लागि मात्रै ७२ वटा स्टल रहेका छन् । ताप्लेजुङको राडी, तेह्रथुमको ढाका, भोजपुरको खुकुरी, विभिन्न जिल्लामा निर्मित हस्तकलाका सामानहरु, घरेलु सामग्रीबाट निर्मित जुत्ताचप्पल, ढाकाका कपडा, विभिन्न जातका फलफुल र अचारका स्टलहरु रहेका छन् । त्यसैगरी हिमाली जिल्लाका जडिबुटी औषधी, छुर्पी, मह, चिज, अकबरे खोर्सानी लगायतका अर्गानिक कृषि उत्

    • प्रकाशित मितिः माघ २५, २०७९
    • 811 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वक्तृत्वकलामा एभरेष्टका भट्टराई प्रथम

    मोरङ / अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा एभरेष्ट सेकेण्डरी स्कुलका इशल भट्टराई प्रथम भएका छन् । विराटनगर महानगर पालिकाको सभा हलमा आयोजित प्रतियोगितामा १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै एभरेष्ट बोर्डिङ स्कुलका भट्टराई प्रथम भएका हुन् ।   विराटनगरस्थित विकल्प–एन अल्टरनेटिभले आयोजना गरेको प्रतियोगितामा बूढानिलकण्ठ स्कुलका छात्रा शिरिन भट्टराई द्वितीय, सेन्टजोसेफका जयश कर्ण तृतीय र आदर्श माविका युनिश नेपालले सान्त्वना पुरस्कार प्राप्त गरे । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । विजेताहरुलाई विराटन

    • प्रकाशित मितिः माघ २५, २०७९
    • 929 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पुष्प प्रदर्शनी व्यापार मेलाको तयारी पूरा मन्त्री सिटौलाले उद्घाटन गर्ने

    धरान /  धरानमा आजबाट आयोजना हुन लागेको प्रदेश १ स्तरीय पाँचौं पुष्प व्यापार प्रदर्शनी मेलाको उद्घाटन प्रदेश १ का कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले गर्ने भएका छन् । आयोजक फ्लोरीकल्चर एसोसिएसन सुनसरीले मंगलबार दिएको जानकारी अनुसार मेलाको तयारी पूरा भएको र उद्घाटन मन्त्री सिटौलाले गर्ने जानकारी गराएका हुन् । आयोजक फ्लोरिकल्चर एसोसिएसन सुनसरीका सचिव राजेश राईका अनुसार सबै तयारी पुरा भएको बताए । उनले भने–‘तयारी पूरा भएको छ, दुई वर्ष कोरोना कहरका कारण गर्न नसकिएको मेला यस वर्ष भव्य तरिकाले गर्ने योजनामा हामी छौं ।’ महोत्सव पव्लिक हाईस्कुल धरान–१२ को खे

    • प्रकाशित मितिः माघ २५, २०७९
    • 738 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिर्तामोड चौकमा किशानले कुखुरा फाले

    बिर्तामोड / झापाका किसानले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका छन् । आफ्ना उत्पादनले उचित मुल्य र बजार पाउनु पर्ने माग गर्दै आफूहरुले अण्डा र कुखुरा सडकमा फालेर सरकारको ध्यानाकर्षण गराएको प्रदर्शनमा सहभागी किसानले बताए । कृषिमा आत्मनिर्भर होउ भनेर सरकारले गरेको आग्रह अनुसार आफूहरु कृषि कर्ममा लागेर र उत्पादन पनि गरेको तर सरकारले त्यसको बजारीकरण नगरेकाले सडकमा उत्रिनु परेको बताए । महँगीका कारणले देशभरका किसानहरु मारमा परेको भन्दै प्रदर्शनमा सहभागी किसानहरुले यो प्रतिनिधिमुलक आन्दोलन भएको र यसमा झापाका सबै किसानको समर्थन रहेको बताएका छन् 

    • प्रकाशित मितिः माघ २४, २०७९
    • 1,037 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलित उत्थानको समिति सुन्दरहरैचाको अध्यक्षमा कुमार मिजार

    मोरङ/ दलित उत्थान समन्वय समिति सुन्दरहरैचाको अध्यक्षमा कुमार मिजार चयन भएका छन । आइतवार सम्पन्न साधारण सभाबाट मोरङको सुन्दरहरैचा नगरपालिका दलित उत्थान समन्वय समितिको अध्यक्षमा कुमार मिजार चयन भएका हुन । समितिको उपाध्यक्षमा धनराज रसाईली र मदन परियार अनि सचिवमा माधव शिवा र सहसचिवमा कुमार बयलकोटी र कोषाध्यक्षमा दिपा विश्वकर्मा चयन भएका छन् । सुन्दरहरैचा नगरपालिका भित्र रहेका सबै थरका दलित समुदायको हक अधिकारका लागि निर्माण भएको दलित उत्थान समन्वय समितिको पदाधिकारीहरु सहित जम्मा १७ जनाको कार्यसमिति चयन भएको अध्यक्ष कुमार मिजारले बताए । साधारण सभाको क्रममा दलित उत्थान समितिको श्रमदान र नगरप

    • प्रकाशित मितिः माघ २४, २०७९
    • 702 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ को प्रदेशसभा बैठक

     प्रदेश १ को प्रदेशसभा बैठक छुट्टाछुट्टै दुईवटा समिति गठन गरेको छ । प्रदेशसभा नियमावली २०७४ को नियम १३ बमोजिम ११ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन भएको छ । समितिको सदस्यमा अम्बरबहादुर विष्ट, नारायण मगर, रेवती रमण भण्डारी, सिर्जना राई, भुपेन्द्र राई, विद्या विद्या चाम्लिङ, भीम पराजुली र ज्ञानेन्द्र सुवेदी रहेका छन् ।  प्रदेशसभा नियमावली २०७४ को नियम १३ बमोजिम सभामुख अध्यक्ष, उपसभामुख र आन्तरिक मामिला तथा कानुनमन्त्री पदेन सदस्य रहने व्यवस्था छ । यसैगरी पदेश सदस्य नियमावली मस्यौदा समिति समेत गठन भएको छ । समितिमा गीता तिम्सिना, कमलप्रसाद जवेगु, शोभा चेम्जोङ, केदार कार्की,

    • प्रकाशित मितिः माघ २४, २०७९
    • 751 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘अलैची निर्यातमा सरकारको सहयोग आवश्यक’

    संखुवासभा / अलैची निर्यातमा तीनै सकारको सहयोग रहनु पर्ने अलैची व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । अलैची व्यवसायीहरुको छाता संगठन अलैची व्यवसायी महासंघले सरकारसँग यस्तो माग गरेको हो । म्हासंघका अध्यक्ष निर्मल भट्टराईले अलैची निर्यातमा तीनै सरकारको सहयोग आवश्यक रहेको बताएका हुन् । उनले भने–‘अलैची निर्यातमा सरकारको आवश्यकताको खाँचो छ, अलैँचीलाई आफ्नै ब्राण्ड र प्याकेजिङमा अन्तरराष्ट्रिय बजारमा लैजान तीनै तहका सरकारको सहयोग आवश्यक छ ।’ प्रदेश १ को कृषि मन्त्रालयको सहयोगमा तथा नेपाल अलैँची व्यवसायी महासंघको केन्द्रीय कार्यालय बिर्तामोडको आयोजनामा अलैँचीको समस्याबारे कृषक र स

    • प्रकाशित मितिः माघ २४, २०७९
    • 683 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पाँच दिने स्वास्थ्य शिविर

    विजयपुर/  नागरिक हेल्थ प्रोग्राम र बगरकोट यातायात प्रा.लि को सर्कायमा धरान १५ बगरको नमुना मार्गमा सोमबार देखि ५ दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नागरकि हेल्थ प्रोग्राम एक सामाजिक संस्था हो । यो सरकारी तबरबाट चलेको संस्था भएकाले बेला बेला यस संस्थाले सहुलियत शुल्कमा स्वास्थ्य जाँच गर्ने गरेको बताएको छ । २०७२ साल देखि धरान उपमहानगरपालिका वडा नम्बर ५ मा नागरिक हेल्थ प्रोग्रामको कार्यालय रहेको छ । यस संस्थाले अहिले सम्म ३५ हजारको स्वास्थ्य परीक्षण गरिसकेको संस्थाका प्रतिनिधि खगेन्द्र भण्डारीले बताएका छन् । पहिलो दिन शिविरमा स्वास्थ्य जाँच गर्ने २५ जनाको सहभागिता रहेको थियो ।

    • प्रकाशित मितिः माघ २४, २०७९
    • 718 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • सरस्वतीको ६६ औ वार्षिकोत्सव सम्पन्न

    दुहबी /  दुहबी नगरपालिका ५ मा रहेको सरस्वती माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा पुरस्कार तथा छात्रवृत्ति वितरण तथा नव निर्मित भवनको समुद्घाटन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ब्रहमप्रकाश रौनियारको सभापतित्वमा सोमबार भएको कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले विद्यालयले समाजमा गरेको योगदानको विषयमा चर्चा गर्दै दुहबीको सम्पूर्ण विद्यालयहरुमा नैतिक शिक्षा लागू गर्ने जानकारी दिएका थिए । उनले यो काम स्थानीय सरकार एक्लैले गर्न नसक्ने बताउँदै अभिभावक, शिक्षक र विद्यार्थीहरुको साझा प्रयासबाट मात्र सम्भव हुने बताए

    • प्रकाशित मितिः माघ २४, २०७९
    • 706 पटक पढिएको
    • "चन्दन रौनियार"
  • घरमै सामाजिक सुरक्षा भत्ता

    धरान /  स्थानीय सरकारले जेष्ठ नागरिकलाई सम्मान हुने खालका कार्यक्रमहरु अगाडि बढाउँदै आएका छन् । वडाहरुले स्थानीय सरकारको अनुभूति हुने खालका कामलाई अगाडि बढाउँदै ज्येष्ठ नागरिकको घर घरमा पुगेर सामाजिक सुरक्षा वितरण गर्ने कामलाई निरन्तरता दिएका छन् । धरानका २० वटै वडाले यस्ता कामलाई अगाडि बढाएका छन् । सामाजिक सुरक्षा भत्ता घर घरमा पुगेर दिने कामको सुरुवात धरान उपमहानगरपालिका वडा नं. १४ ले गरेको थियो । वडाले ज्येष्ठ नागरिकलाई मात्र हैन अपाङ्ग तथा असहायहरुको सहजताका लागि घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो । पछिल्लो समय धरान उपमहानगरपालिका ८ नं. वडा कार्यालयले समेत यो क

    • प्रकाशित मितिः माघ २४, २०७९
    • 783 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved