धरान । लामो समयदेखि कोरोना संक्रमणका कारण थलिएका होटल व्यवसायीहरु तंग्रिने प्रयासमा छन् । कोरोना कहरका समयमा व्यवसाय नै थिलथिलो भई विस्थापित हुने अवस्था आएपनि त्यसलाई निरन्तता दिँदै पहिलाकै अवस्थामा पु¥याउन प्रयास थालेका छन् । शनिवार होटल व्यवसायी संघ क्षेत्रीय माइ पश्चिम दमकको ११ औं साधारण सभामा होटल व्यवसायीहरुले कोरोना कहरका समयमा राज्यले सहयोग नगर्दा व्यवसायीहरुको बलबुतोले बल्लतल्ल टिकाउन सकेको भएको बताएका थिए । उनीहरुले यस्तो विषम् परिस्थितिमा राज्यले लिने करमा भने कुनै छुट नदिँदा कतिपय व्यवसायीहरु भने व्यवसायबाट विस्थापित भएको बताएका थिए । कार्यक्रममा बोल्दै इस्ट टुरिजम मार्टका संय
धरान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोशी राख्दा सबैको लागि उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले कोशी प्रदेश राख्दा कसैलाई असर नगर्ने बताए । उनले भने –‘मानव सभ्यताभन्दा अघिदेखि नै कोशी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुन्छ जस्तो मलाई लाग्छ ।’ उनले ‘कोशीले पुरानो सभ्यता र परम्परा बोकेको बताए । उनले भने–‘कोशी नदीमा यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा जोडिएको छ, जातजाति भन्दा अगाडि कोशीको उत्पति भएको हो, त
धरान । इलाम र पाँचथरका जलविद्युत् आयोजनाको उत्पादन आधाभन्दा धेरै घटेको छ । हिउँद याममा खोलामा पानीको मात्रा कम भएपछि विद्युत् उत्पादन घटेको हो । इलामको गोदकस्थित विद्युत् सब–स्टेसनमा अहिले इलामका १० जलविद्युत् आयोजनाबाट ३७ मेगावाट उत्पादन भइरहेको छ । आयोजनाहरूको कुल क्षमता ९७ मेगावाट रहेपनि विद्युत् उत्पादन आधाभन्दा थोरै भइरहेको छ । २५.८ मेगावाट क्षमताको पञ्चकन्या जलविद्युत् आयोजनाबाट ५ मेगावाट उत्पादन हुँदैछ । २९ मेगावाटको सानिमा माईबाट ७.८, १२ मेगावाटको सगरमाथाबाट २.९, ९.५ मेगावाटको माइबेनीबाट २.१ ÷ ६.२ मेगावाटको तल्लो जोगमाईबाट १.१ मेगावाट, ७.६ मेगावाटको जोगमाईबाट १.२ ÷
धरान । सामाजिक सुरक्षाभत्ता अनियमितता भएको विषयमा खोटाङको साकेला गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । एकै आर्थिक वर्ष ८७ लाखभन्दा बढी सामाजिक सुरक्षाभत्ता अनियमितता भएको प्रतिवेदन सार्वजनिक भएपछि साकेला गाउँपालिका आफैंले कारबाहीका लागि अख्तियारमा पत्राचार गरेको थियो । गत १२ पुस २०७७ मा सम्वन्धित कागजातको फायल अख्तियारको कार्यालय इटहरीलाई पठाएको थियो । आर्थिक वर्ष २०७६–०७७ भित्र मात्रै पाँच वडामा ८७ लाख ४१ हजार ६ सय रुपैयाँ रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक भएको थियो । मृत्यु भइसकेका, कतिपय बसाई सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिको नाममा गतल कागजपत
धरान । धरानमा पछिल्लो समय सिटी सफारी महिलाहरुको गतिलो आम्दानीको स्रोत बन्दै गएको छ । सिटी सफारी चलाएर महिलाहरु आत्मनिर्भर मात्र हैन घर परिवार चलाउन सक्षम भएका छन् । महिलाहरुको उपस्थितिले सवारीसाधन पुरुषहरुले नै चलाउनुपर्ने मान्यतालाई समेत तोडिदिएको छ । धरानकी सुमित्रा ल्वागुनले सिटी सफारी चलाएको एक बर्ष भयो, सिटी सफारी चलाएपछि उनको घरमा आर्थिक संकट समेत विस्तारै टर्दै गएको छ । घरको राजमिस्त्री गर्ने श्रीमानले कमाएको रकमले मात्र घर खर्च टार्ने गरेकोमा अहिले सुमित्राले समेत सिटीसफारी चलाएर आम्दानीको स्रोत बढाइदिएकी छन् । सुमित्रा भन्छिन्, ‘हाम्रा दुई सन्तान छन्, श्रीमानले मात्र कमाउँदा घर
धरान । केपी शर्मा ओलि नेतृत्वको सरकारले बनाएका महत्वकांक्षी योजनाहरु वर्तमान सरकारले कटौटी गरे पछि नेपालको महत्वकांक्षी योजना अन्तर्गत झापामा बन्न लागेको औद्योगिक पार्कको कामले गति लिन सकेको छैन । महत्वकांक्षी आयोजना अन्तर्गत नेपाल चीन फ्रेन्डससीपमा निर्माण हुन लागेको औद्योगिक पार्कको काम अगाडि बढ्न नसकेको हो । चीनको वान रोड वान वेल्ट अन्तर्गत ६३ अर्ब रुपैयामा प्रदेश नं. १ को झापाको दमकमा बन्ने औद्योगिक पार्क जग्गाधनीहरु लाई दिने मुआब्जा, मुलुकको राजनीतिक परिस्थिति, कोरोना कहर लगायतका कारणले बन्न नसकेको बताइएको छ । औद्योगिक पार्क व्यवस्थापन समितिका अनुसार आयोजना प्रस्तावित २२ सय विघा जग्गामध
धरान/ नेपाल सरकारको स्वास्थ्य विमा बोर्डले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई वीमावापत दिइने रकम निकासा नहुदा वीमा सेवा नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ । लामो समयदेखि स्वास्थ्य बिमा बोर्डले प्रतिष्ठानलाई बिमावापतको करोडौँ रकम दिएको छैन । रकम निकासा नगरेपछि विमा सेवा बनै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै प्रतिष्ठानले बीमा बोर्डलाई वीमा वापतको रकम दिन बोर्डलाई पत्र समेत पठाइसकेको जनाएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले विमा रकमको विषयमा बोर्डमा आफै गएर भन्दा पनि अहिलेसम्म रकम नदिएको बताए । उनले भने–‘म आफैं काठमाडौँ पुगेर भने तर
धरान । धरानको अत्यन्तै आकर्षक स्थल शिवजट्टा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । ऐतिहासिक महत्व बोकेको यो स्थान रमणीय स्थल हुदा हुदै पनि ओझेलमा पर्नु सरकारी पक्षको आखा नपुगेको पर्यटन व्यवसायी बताउछन् । यस स्थानमा पुग्ने जोकोहीले शिवजट्टा रमणीय भएको तर भौतिक संरचना भने पर्याप्त नभएको बताउने गरेका छन् । धरान १५का सूर्य बस्नेतले शिवजट्टा अत्यन्तै रमरणीय भएको बताए । उनले भने–‘शिवजट्टा झर्नामा नुहाउन पाउदा रमाइलो लाग्यो ।’ उनले नजिकै रहेको शिवालयले शिवजट्टाको महत्व अझ प्रस्ट्याउने बताए । उपमहानगरपालिकाको वडा नं. ४ न रहेको शिवजट्टा पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना भएर
धरान । उच्च अदालतमा पुगेको धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसको जग्गा बचाउन बलियो कानुनी प्रतिरक्षा गर्न जनप्रतिनिधिहरुले पहल गर्ने प्रतिवद्धता जनाएका छन् । क्याम्पसको जग्गा बचाउन पुर्व क्याम्पस प्रमुख कुमार बहादुर कार्कीको संयोजकत्वमा समितीनै गठन गरेर अभियान संचालन गर्दै आएको छ । समितीको सल्लाहाकारका रुपमा रहेका प्रदेश संसद, संघीय संसद र धरान उपमहानगरपालिकाका मेयर र उपमेयर सँग बुधबार गरेको छलफलमा सबैले आ–आफ्नो ठाउँबाट जग्गा जोगाउन पहल गर्ने निर्णय गरेको क्याम्पसका प्रमुख दामोदर भण्डारीले बताए । उनका अनुसार धरान उपमहानगरपालिकामा बसेको बैठकमा जनप्रतिनिधिहरुले आ–आफ्नो ठाउँबाट
धरान/ आगलागी मानव सिर्जित घटना हो । मानिसकै असावधनिका कारण आगलागीबाट ठूलो क्षति ब्यहोर्नु परेको छ । सावधानी नपनाउदा पछिल्लो समय सुनसरीमा आगलागीका घटनाहरु बढ्दै गएको तथ्याङकले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बर्सेनि सुनसरीमा आगलागीको घटना बढ्दै गएको देखिएको छ । चालू वर्षमा ८ महिनामा १ सय वटा आगलागीको घटना भएको छ । अघिल्लो वर्ष कुल १ सय ३१ वटा आगलागीका घटना भएको थियो ।चालु अर्थिक वर्षको फागुन १८ गतेसम्मको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा ७६ दशमलब ३३ प्रतिशत आगलागीको घटना भएका छन । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आ व.को ८ मह