समाचार

    Showing 5,081-5,090 of 8,589 items.
  • बैंकले नक्कली सुन दिएको ग्राहकको आरोप

    धरान । राष्ट्रिय बाणिज्य वैंक इलाम शाखालाई सक्कली सुन धितो राखेर ऋण लिए पनि निकाल्दा नक्कली सुन फिर्ता गरिदिएको आरोप लागेकोे छ । इलाम नगरपालिका ८ कि विना चेम्जोङले बैंकबाट धितो फिर्ता लिदा आफुले राखेको सुन नपाएर जलप लगाएको सिक्रि दिएको आरोप लगाएकी छिन । उनले भनिन्, ‘मैले १० असारमा पाँच थान सुन धितोमा राखेर एक लाख ४७ हजार ऋण लिएको थिए, तीन किस्तामा ब्याज सावा तिरेर १ फागुनमा सुन फिर्ता लिन खोज्दा एक तोलाको सिक्रि दिएको थियो, यो मेरो होइन भन्दा ‘बैंकलाई विश्वास नगर्ने’ भनेर कर्मचारीले हप्काएर पठायो ।’ चेम्जोङले ३ थान सिक्रि, एउटा पञ्चरत्ने चुरा र एउटा औठी बैंकमा धितो राख

    • प्रकाशित मितिः चैत ३, २०७८
    • 1,207 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • सप्तकोशीमा पानी बोट : सञ्चालकले तिरेनन् कर

    धरान । सुनसरीको बराहक्षेत्रको पर्यटक तान्ने अर्को माध्यम चतरादेखि भोजपुरसम्म चल्ने पानी बोट नै हो । बोट सञ्चालन हुदा यस क्षेत्रमको बराहक्षेत्र खण्डमा मात्र ८० भन्दा बढी टेम्पो, २० भन्दा बढी होटल व्यसायीको रोजीरोटी चलेको छ भने भोजपुर खण्डमा झण्डै ४० भन्दा बढी ल्याण्डरोवरको जीविकोपार्जन भएको छ । अरुलाई रोजगारी प्रदान गर्ने बोट सञ्चालक कमाई नभएको भन्दै स्थानीय सरकारको कर नै तिर्दैनन् । जलक्षेत्रको पर्यटन प्रवद्र्धन गर्न कोशीमा चलाइएको बोटबाट अहिलेसम्म बोट सञ्चालकले कर नतिरेको नगरपालिकाले बताउने गरेको छ । यस विषयमा कार्यपालिका बैठकमा समेत छलफल भयो तर समस्या कहिल्यै सुल्झेन । बोटका सम्बन्धमा कार

    • प्रकाशित मितिः चैत ३, २०७८
    • 928 पटक पढिएको
    • "गोबिन्द बस्नेत"
  • नमूना कलेजको ‘नमुना स्मारीका’ विमोचन

    धरान । नमूना कलेज इटहरीले प्राध्यापक तथा विद्यार्थीको लेख समेटिएको ‘नमुना स्मारीका’ विमोचन गरेको छ । मंगलबार एक कार्यक्रमका बिच त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डाक्टर डिल्लीराज शर्माको प्रमुख आतिथ्यमा नमुना कलेजको स्मारिका विमोचन गरिएको हो । विमोचन सँगै व्यवस्थापन संकायका विद्यार्थीलाई अभिभुखिकरण पनि प्रदान गरेको छ । कलेजको स्मारीकामा विभिन्न संकायका बारेमा चर्चा गर्दै वर्तमान वजारमा यसको महत्व र सम्भाव्यताका बारेमा लेख प्रकाशन भएका छन् । यसका साथै विद्यार्थीका कथा, कविता पनि यो स्मारीकामा समावेश गरिएको छ । स्मारीका माथि समिक्षा गर्दै प्राध्यापक दिवस राईल

    • प्रकाशित मितिः चैत २, २०७८
    • 1,292 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आसराको चौथो वार्षिक उत्सव सम्पन्न

    धरान । प्रदेश एकका दुव्र्यसनीमा फसेका युवाहरुलाई सुधार गरि समाजमा पुनस्र्थापना गर्ने उदेश्यले धरानमा स्थापना भएको आसरा सुधार केन्द्रको चौथो वार्षिक उत्सव सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष सिर्जना थापाले दुव्र्यसनीमा फसेका युवा पीढीलाई उपचार, परामर्श गरि समाजमा पुनस्र्थापना गर्नु मुख्य उदेश्य रहेको बताईन् । उनले केन्द्र मार्फत पुनर्जीवन प्रदान गरी समाजको एक प्रतिष्ठित नागरिकको रुपमा पुनस्र्थापना गर्न प्रमुख भुमिका खेल्दै आएको बताईन् । उनले आगामी दिनमा थप ब्यवस्थित तरिकाले प्रभावकारी रुपमा अगाडी बढ्नु पर्ने बताइन् । चौथो वार्षिक उत्सवको अवसरमा केन्द्रका कर्मचारी त

    • प्रकाशित मितिः चैत २, २०७८
    • 845 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पुस्तकालयलाई २२ थान पुस्तक प्रदान

    धरान । धरान ३ स्थित युवा संजाल पुस्तकालयलाई दुई युवाले २२ वटा पुस्तक प्रदान गरेका छन् । धरान १६ निवासी गगन नेपाली र कवि विजय घिमिरेले पुस्तक प्रदान गरेका हुन् । नेपालीले आफ्नो छोरा १२ औं महिना पुगेको अवसरमा १२ वटा नै पुस्तक प्रदान गरेका थिए भने कवि घिमिरेले १० वटा पुस्तक प्रदान गरेका थिए । अध्ययनबाट युवाहरुलाई परिवर्तन गर्न सकिने भएकाले पुस्तकालयलाई पुस्तक प्रदान गरिएको घिमिरेले बताए । पुस्तकालयका सदस्यहरुले निःशुल्क रुपमा पुस्तक पढने गरेका छन् । विभिन्न अवसरहरुमा पुस्तक प्रदान गर्न सकिने संजालका शान्तिराम राईले बताए । 

    • प्रकाशित मितिः चैत २, २०७८
    • 987 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • मोटरसाईकलको ठक्करबाट बृद्धाको मृत्यु

      उदयपुरको बेलका नगरपालिका ६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाईकलले ठक्कर दिँदा एकजना बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका ३ कि ७६ बर्षीय रामा माया आले रहेकी छिन् । बुधबार बिहान पौने ११ बजे स ७ प ८६९२ नम्बरको मोटरसाईकलको ठक्करबाट घाईते भएकि पैदल यात्री आलेको उपचारको क्रममा बेलका नगर अस्पतालमा मृत्यु भएको हो । त्रियुगा नगरपालिका ७ का २० बर्षीय बिण्णु भट्टराई र मोटरसाइकल लाई ईलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २, २०७८
    • 658 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हराइजनको छैठौं राष्ट्रिय बास्केटबल कप हुने

    धरान । विगत ६ वर्ष देखि धरान १७ स्थित हराईजन क्लबले आयोजना गर्दै आएको राष्ट्रिय बास्केटबल कपको छैठौं संस्करण चैत ५ गते देखि हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरि प्रतियोगिता चैत ५ गतेदेखि ११ गतेसम्म हुने जानकारी दिएको हो । श्री घोपा माध्यमिक विद्यालयको बास्केटवल कोर्टमा हुने प्रतियोगितामा देशभरका ८ वटा टिम सहभागि हुने क्लबका अध्यक्ष बसन्त राईले बताए । उनका अनुसार प्रतियोगितामा प्रदेश १ बाट आयोजक हराईजन क्लब र ब्रर्दश क्लब सहित विर्तामोड बास्केटवल क्लब झापा र विराटनगर बास्केटवल एकेडेमी मोरङ, त्रिभुवन आर्मी क्लब, जिल्ला बास्केटवल संघ रुपन्देही, रोयल बास्केटवल एकेडेमी काठमाण्डौं र टाइम्स

    • प्रकाशित मितिः चैत २, २०७८
    • 760 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिराटनगरमा २१ वर्षीय युवाको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री

    विराटनगर/ विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । भोजपुर नगरपालिका–१२ टक्सारका २१ बर्षीय युवाको पेटबाट कम्मरमा बाध्ने पेटीको बक्कल र घाँटीमा लगाउँने फलामको सिक्री निकालिएको हो । परिवार स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए । घटनापछि उपचारका लागि नोबेल ल्याइएका ती युवाको पेटबाट दुवै सामान निकालिएको हो । विना चिरफार इण्डोस्कोपिक विधिमार्फत पेटमा भएको बक्कल मुखबाट निकालिएको नोबेलका बिशेषज्ञ शल्यचिकित्सक डा.ध्रुव नारायण शाहले जानकारी दिए ।

    • प्रकाशित मितिः चैत २, २०७८
    • 1,923 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • होलि मिलन तथा पदस्थापन सम्पन्न

    धरान । सुनसरीको दुहबी नगरपालिकाका रौनियार सेवा समितीका नव निर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ५ स्थित साह सेवा समितीको सभाकक्षमा होलि मिलन तथा पस्थापन सम्पन्न भएको हो । जय प्रकाश रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि दुहबी नगरपालिकाका नगर प्रमुख बेद गच्छदार रहेका थिए । प्रमुख अतिथि गच्छदारले नव निर्वाचित पदाधिकारीहरु सहयोगिदाताहरुलाई सम्मान गरेका थिए । रौनियारले समितीको सामुदायिक भवन बनाउन ५ कठ्ठा जग्गा दान दिएका थिए भने गणेश प्रसाद रौनियार र सियाराम रौनियार १ लाख ११ हजार १ सय ११ रुपैयाका दरले सहयोग गरेका थिए । अन्य ५ जना दाताहरुले ५१ हजा

    • प्रकाशित मितिः चैत २, २०७८
    • 653 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुवास राई स्मृति सुपर ८ लिग : पहिलो चरणको खेल सम्पन्न

    धरान । स्व. सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगिताको पहिलो चरणको खेल सम्पन्न भएको छ । मंगलबार धरान रंगशालामा ८ नं. वडा र १९ नं. वडाको खेल सकिएसँगै पहिलो चरणको खेलहरु सम्पन्न भएको हो । ८ नं. वडाले १९ नं. वडालाई २–० ले पराजित गरेको छ । ८ नं. वडाका लागी मनोज राई र आमोद माझीले गोल गरेका थिए । राईले खेलको दोस्रो हाफको ३८ र माझीले दोस्रो हाफको ४१ औ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच धरान–८ का आमोद माझी घोषित भए उनलाई नगद २५ सय रुपैया पुरस्कार प्रदान गरिएको थियो । बुधबार धरान रंगशालामा हुने पहिलो खेलमा वडा नं. ११ र १८ बिच हुने भएको छ । खेल दिनको ४ बजे सुरु हुने आयोजकले

    • प्रकाशित मितिः चैत २, २०७८
    • 1,107 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved