समाचार

    Showing 5,021-5,030 of 10,030 items.
  • बहिरा संघलाई सहयोग गर्ने प्रतिबद्धता

    मोरङ /  बहिरा तथा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको कोशी बहिरा संघलाई स्थानीय तहका जनप्रतिनिधिहरुले सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संघले बहिरा तथा अपाङ्गताको क्षेत्रमा सयौ काम गर्दै आएको छ । संघले गरेका कार्यक्रम अत्यन्तै प्रभावकारी भएको र रिजल्ट दिन सफल भएको भन्दै स्थानीय तहका प्रमुखहरुले यसखाले प्रतिबद्धता जनाएका हुन् । विराटनगर महानगर उपमेयर शिल्पा निराला कार्कीले बहिरा संघले गरेका कामबाट आफूहरु पनि प्रभावित भएको र संस्थालाई सहयोग निरन्तर रहीरहने प्रतिबद्धता जनाइन् । महानगरले अपाङ्गताका क्षेत्रमा सक्दो सहयोग गरिरहेको र यसमा कुनै पनि कन्जुस्याई नगरिने उनको धारणा

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 641 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

    विजयपुर /  भारतको जिल्लास्तरीय एडिभिजन खेल मान्यता प्राप्त युनाइटेड कस्र्याङ फुटबल क्लब (युकेएफसी) लाई हराउँदै झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) धरानमा जारी २३ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि नजिक पुगेको छ । बुढासुब्बा गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको युकेएफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै केएफटिसीले फाइनलमा स्थान सुरक्षित गरेको हो । जारी सिजनमा सर्लाही गोल्डकपमा आयोजकसँग पराजित भएको युकेएफसी दार्जिलिङको जिल्लास्तरीय एडिभिजन खेल मान्यता प्राप्त टिम हो । जितका लागि केएफटिसी झापाका तर्फबाट खेलको २२ औं मिनेटमा जर्सी नम्बर २३ का खेलाडी

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 969 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • घना बस्तीकै छेउमा मापदण्ड विपरीत उद्योग

    दुहबी /  सुनसरीको दुहबी ८ स्थित सोनापुरको घना बस्तिकै छेउमा मापदण्ड विपरीत उद्योग निर्माण कार्य भएको भन्दै स्थानीय आक्रोशित भएका छन् । सोनापुर, छाताबेली र बीरगाउँ स्थित पुरानो वस्तीको छेउमा उद्योग स्थापना गर्न खोजेको भन्दै स्थानीयहरुले बिरोध गरेका छन । बस्तीलाई छोएर उद्योग स्थापना गर्दा भोलिको दिनमा उद्योगबाट अत्यधिक धुलो धुवाँ ध्वनि प्रदूषण हुने मात्र हैन, उद्योगबाट निस्कने बिषादी रासायनिक पानी , धुवाँ, धुलोले बालबालिका तथा वृद्धहरुको स्वास्थ्यमा धेरै असर पर्न सक्ने भन्दै वातावरणीय प्रभाव मूल्यांकन(आइइइ) र स्थानीयहरुको मुचुल्का सार्वजनिक गर्न माग राख्दै तत्काल उद्योग निर्माणकार्य र

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 790 पटक पढिएको
    • "चन्दन रौनियार"
  • प्रदेश १ को नाम कोशी बहुमतले पारित : प्रदेश सरकारले दियो सार्वजनिक बिदा

    मोरङ/प्रदेश नंं १ को नाम ‘कोशी’ बहुमतले पारित भएको छ । पहिलो कार्यकालमा प्रदेशको राजधानीको टुंगो लगाए पनि नामकरण भने गर्न सकेको थिएन । प्रदेश नं. १ मा पहिलो कार्यकालमा शेरधन राई, भिम आचार्य र राजेन्द्र राई मुख्यमन्त्री हुँदा समेत प्रदेशको नाम टुंगो लाग्न सकेको थिएन । अन्य ६ वटा प्रदेशको नामकरण भइसक्दा पनि प्रदेश नंं १ को नामकरणको टुंगोे नलाग्दा प्रदेश १ सरकारको आलोचना भएको थियो । तर बुधबार बेलुका भने प्रदेश १ को नाम बहुमतले पारित भएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकले प्रदेशको नाम कोशी प्रदेश राख्ने प्रस्तावलाई पारित गरेको हो ।कोशी प्रदेशको पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरे

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 812 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एकीकृत पाठ्यक्रमका लागि सुनसरीको बराहक्षेत्र र रामधुनीमा अभियान

    सरकारले लागू गरेको एकीकृत पाठ्यक्रमबारे कार्यान्वयन गर्न सवै शिक्षकसामु धारण बसाउन सकेको छैन् । सरकारले शैक्षिक वर्ष २०७६ मा कक्षा एक र शैक्षिक वर्ष २०७७ मा कक्षा दुई र तीनमा परीक्षण गरी शैक्षिक वर्ष २०७७ देखि कक्षा एकमा र शैक्षिक वर्ष २०७८ मा कक्षा दुई र तीनमा एकीकृत पाठ्यक्रम लागू गरेको थियो । आधारभूत तहको कक्षा १–३ मा कुनै एउटा विषयलाई भाषा, गणित, सामाजिक अध्ययन, सिर्जनात्मक कला र स्थानीय आवश्यकतामा आधारित भएर ज्ञान दिनका लागि एकीकृत पाठ्यक्रम लागू गरिएको हो । तर, पूर्ण रुपमा कार्यान्वयनमा नआएपछि सुनसरीको बराहक्षेत्र र रामधुनी नगरपालिका क्षेत्रका सामूदायिक विद्यालयमा एकीकृत पाठ्यक्रम

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 697 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नवार एकता समाजको अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित

    धरान/ धरानमा सिंगो नेवार समुदायको नेतृत्व गर्न सफल नेवारहरुको संस्था नेवार एकता समाजको केन्द्रीय अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित भएका छन् । शनिवार भएको निर्वाचनमा श्रेष्ठ निर्विरोध निर्वाचित वनेका हुन् । अध्यक्षमा श्रेष्ठको मात्र उमेद्वारी परेको थियो । यस अघि उपाध्यक्ष र संस्थापक उपाध्यक्ष समेत रहेका श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयनका लागि पूर्व अध्यक्ष विशाल श्रेष्ठ र निवर्तमान अध्यक्ष राजेशमान श्रेष्ठले समेत पहल गरेका थिए ।त्यसैगरी १० जना सदस्य पदका लागि १८ जनाको उम्मेद्वारी परेको थियो । ७ जनाले उम्मेद्वारी फिर्ता लिएपछि १० जना सर्वसम्मत निर्वाचित भएका थिए । निर्वाचित सदस्यहरुमा सुमन श्र

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 785 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा नेट र केवलको तार व्यवस्थापन तीव्र

    मोरङ / विराटनगरको सौन्दर्यकरणमा ह्रास आउने गरी जथाभावी लत्रिएका केवल र नेटको तार व्यवस्थापनलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियानअन्तर्गत लत्रिएका तारको व्यवस्थापनलाई तीव्रता दिइएको हो । महानगरपालिकाको निर्देशनपछि केवल तथा नेट प्रदायक कम्पनीहरु आफै तारको व्यवस्थापनमा जुटेका छन् । गत पुस २८ गते विराटनगरस्थित हिमालय रोडबाट औपचारिक रुपमा तार व्यवस्थापन सुरु गरिएको थियो । तार व्यवस्थापनका लागि मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर महानगरले पटक&nda

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 795 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एसइईमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार निजीलाई पचास हजार, सामुदायिकलाई पाँच हजार

    इलाम / इलामको माङसेबुङ गाउँपालिकाले बुधबार प्रतिभा पहिचान कार्यक्रम गरी गत वर्ष एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेको छ । आफ्नो पालिकाबाट जिल्ला प्रथम र पालिका प्रथम भएका विद्यार्थीलाई पुरस्कृत गरेको हो । माङसेबुङ गाउँपालिका छ स्थित इलाम नगर प्रतिभा एकेडेमी स्कुलबाट एसइईमा जिल्लामा उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका छन् । त्यसैगरि चिसापानी मावि र महेन्द्रोदय माविका एक एक जना विद्यार्थी पुरस्कृत भएका हुन् । कार्यक्रममा चित्रकला प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता र वक्तृत्वकला प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको गाउँपालिक

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 782 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • तेह्रथुममा जिल्ला बैठक सम्पन्न

    मोरङ / नेकपा (एमाले) को मिसन ग्रासरुट अन्तर्गत पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत मंगलबार प्रदेश १ का बिभिन्न जिल्लाहरुमा बैठक, भेला, लगायत अन्य विभिन्न गतिबिधी भएका छन् । तेह्रथुम जिल्लाको सदरमुकाममा नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका इन्चार्च राजेन्द कुमार गौतमको उपस्थितिमा मिशन ग्रासरुट अभियान अन्तर्गत पार्टी सुदृढीकरण तथा बिस्तार अभियान कार्यक्रम सम्पन्न भएको छ । इन्चार्ज गौतमले पार्टीमा देखिएको बिसंगति, बेतिथि, स्थानीय तहमा देखिएको गुटगत राजनैतिक राजनैतिक अन्त्य गर्दै दशौ राष्ट्र्रिय महाधिबेशनले तय गरेको नारालाई सार्थक तुल्याउन यो अभियान कोशे ढुंगा साबित हुने बताए । उनले

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 839 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आर्थिक अभावले उपचारमा कठिनाई

    धरान /  तेह्रथुम स्थायी घर भई हाल धरान ४ खैरेनी टारमा बस्दै आएकी ४९ बर्षीय विष्णुमाया लिम्बुको खर्च अभावका कारण उपचारमा कठिनाई भएको छ । निर्माण मजदुर गर्दै घर वहालमा बस्दै्र आएकी लिम्बुलाई उनका पति टंकबहादुर लिम्बूले सहयोग निर्माणको काम गरेर खर्च जुटाउने प्रयास गरे पनि विहान बेलुका छाक टार्न नै धौ धौ भएपछि उनको उपचारमा समस्या भएको हो । लिम्बुलाई पक्षघात भएको छ । अहिले यनी हिडडुल सम्म गर्न सक्ने अवस्था नभएको उनका पति टंकबहादुले बताए ।तीन बर्ष अगाडिदेखि पक्षघात भएकी लिम्बुको अहिले पति र छोरीले स्याहार सुसार गर्दे आएका छन् । पक्षघातसँगै उनको आँखामा समेत समस्या देखिएको छ । आँखामा जलविख

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 902 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved