समाचार

    Showing 4,961-4,970 of 8,581 items.
  • चट्याङले लागि महिलाको मृत्यु

    धरान । झापाको गौरादह नगरपालिका ५ स्थितमा चट्याङले लागि ‍एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका ५ कि ४० बर्षीया मन माया थापा रहेकि छीन् । आइतबार दिउँसो १ बजे घर नजिकै काम गरीरहेको अवस्थामा हावाहुरी र पानी संगै परेको अवस्थामा चट्याङले लागि घाईते भएकि थापालाई उपचारको लागि अस्पताल तर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 867 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीयतह निर्वाचनमा केन्द्रीत हुँदै अनेरास्ववियु मोरङ्ग

    मोरङ्ग/ नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मोरङ्ग आउँदै गरेको स्थानीयतह निर्वाचनमा केन्द्रीत भएको छ । गत चैत्र २५ गते शुक्रबार भर्चुल माध्यमबाट बसकेको जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले निर्वाचन लक्षित गतिविधिहरु गर्ने निर्णय गरेको हो । अध्यक्ष तुलसी घिमिरका अनुसार जिल्लमा रहेका प्रत्येक स्थानीयतहमा निर्वाचन परिचालन कमिटी गठन गरि चुनावी गतिविधिहरु अगाडी बढाइने जानकारी दिए । बैठकले पालिका स्तरीय निर्वाचन परिचालन कमिटिको संयोजक समेत तोकेको छ । बिराटनगर महानगरपालिकामा नविन पहाडी, उर्लाबारी नगरपालिका हेमन सुब्बा, रतुवामाई नगरपालिका विरेन्द्र घिमिरे, सुन्दरहरैचा नगरपालिका मनोज लामा कार

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 1,002 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीलाई ह्वीलचियर सहयोग

    धरान । धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षका लागि १० थान ह्वीलचियर सहयोग गरिएको छ । हाम्रो धरान सरोकार समाजको संयोजनमा चैत २५ गते शुक्रबार महेश श्रेष्ठको अगुवाइमा ह्वीलचेयर सहयोग गरिएको हो । आकस्मिक कक्षमा उपचारमा आउने बिरामीहरुले ह्वीलचियर नपाउँदा समस्या भोग्नुपरेकाले समाजको फेसबुक पेजबाट आव्हान गरिएको थियो । १ सय वटा ह्वीलचियर प्रदान गर्ने लक्ष्य रहे पनि पहिलो चरणमा १० वटा प्रदान गरिएको छ । ह्वीलचियर आकस्मिक कक्षका सहायक इन्चार्ज डा. मासुम पौडेललाई प्रदान गरिएको छ । उपचारका लागि आउने अशक्त, बिमारीहरुलाई उपचार कक्ष सम्म पु¥याउन र बिमारीको छिटो उपचारमा थप

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 788 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नवोदय स्कुलमा अभिभावक दिवस

    धरान । विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गर्न पछिल्लो समय विद्यालयहरुले बार्षिक रुपमा विभिन्न कार्यक्रमहरु गर्ने गरेका छन् । विद्यालयको बार्षिक उत्सव, अभिभावक दिवस लगायतका कार्यक्रममा विद्यार्थीहरुले देखाएको अतिरिक्त क्रियाकलापले अभिभावकहरु समेत मन्त्रमुग्ध हुने गरेका छन् । यसै क्रममा धरान १६ लेखनाथचौकमा रहेको नवोदय विद्या मन्दिर सेकेन्डरी स्कूलले अभिभावक दिवस मनाइरहँदा विद्यार्थीहरुले प्रर्दशन गरेको अतिरिक्त क्रियाकलापले त्यहाँ उपस्थिति सबै मन्त्रमुग्ध भएका थिए । विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा–१० सम्मका विद्यार्थीले नृत्यकला, गायनकला, विज्ञानकला लगायतको प्रतिभा देखाउँदा अभिभ

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 1,293 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तालतलैयामा फोहोर व्यवस्थापन चुनौति

    धरान । पछिल्लो समय सिमसार क्षेत्रहरु पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । सीमसार क्षेत्रमा पुगेर प्रकृतिको मनोरम दृश्य अवलोकनसँगै त्यहाँ रहेका पार्क, चिडिया घर लगायतले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लोभ्याउने गरेको छ । सिमसार क्षेत्रहरु जति पर्यटकीय स्थल बन्दै गएको छ, त्यतिनै दूषित पनि बन्दै गएको छ । सिमसार क्षेत्रको संरक्षण तथा फोहोर व्यवस्थापनमा चासो नदिदाँ प्रदुषित बन्दै गएको छ । सिमसार क्षेत्रमा आउने पानीको मुहान पनि सुक्दै गएका छन् । एकातिर वनभोज खान आउनेहरुले जथाभावि फोहोरले प्रदुषित बन्दै गएको छ भने तालतलैयामा रहेका जलकुम्भीका कारण आकर्षक तालतलैयाको सौन्दर्य नै हराउन थालेको छ । फोह

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 1,138 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘आयस्रोत खोज्दा पदबाट निलम्बन’

    धरान । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले ४० करोडको आयस्रोत मिलाउने आदेश नमान्दा गभर्नर निलम्बित गरेको बताए । सरकारले आयस्रोत नै नखुली विदेशबाट आएको ४० करोड रकम वैधानिक बनाउनुपर्ने सरकारको आदेश नमान्दा पदबाट निलम्बित गरेको बताएका हुन । गृह जिल्लामा जनवर्गिय सङ्गठन संयन्त्र इलामको विस्तारित भेलालाई संवोधन गर्दे सरकारले राम्रो काम भन्दा पनि नकारात्मक काम गर्नमा अघि बढेको बताए । ८८ दिनमा पूर्णता पाएको गठबन्धन सरकारका एक सय दिनका काम राम्रो गर्ने तर्फभन्दा पनि कसरी नराम्रो गर्ने तर्फ केन्द्रित भएको आरोप लगाए । गठबन्धनको सरकार पश्चात पास भएको आर्थिक विधेयकमा जति रकम भित्र्याए पनि आयस्रोत

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 833 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • मोडर्न प्रिपेरेटोरीमा शुक्रबार साँस्कृतिक पोशाक

    इटहरी/ ईटहरी स्थित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा विद्यार्थीका लागि सातामा एकदिन साँस्कृतिक पोसाक लागू गरेको छ ।इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको विद्यालयले आफ्ना विद्यार्थीलाई आफ्नो समुदायको भेष–भूषा र संस्कृति प्रति अभ्यस्त बनाउँदै आफ्नो मौलिकपन प्रति गौरब गर्न सिकाउने उद्देश्यले आफ्नै समुदायको संस्कृतिक पोसाक लागू गरेको जनाएको छ । विद्यार्थीहरुलाई ऐच्छिक रुपमा आ–आफ्नो सांस्कृतिक पोसाकमा विद्यालय आउन सूचना जारी गरे पछि शुक्रवार विद्यार्थीहरु साँस्कृतिक पोशाकमा उत्साहजनक रुपमा सहभागी भएको विद्यालयले जनाएको छ । साताको शुक्रबार विद्यार्थीका लागि आफ्नो संस्कृति

    • प्रकाशित मितिः चैत २६, २०७८
    • 1,389 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान मोडल कलेजका बिद्यार्थी र झीगु समाजका पदाधिकारी बीज अन्तरक्रिया सम्पन्न

    धरान । धरान मोडल कलेजका वी एस डब्लु का बिधार्थीहरु तथा झीगु समाजका पदाधिकारीको वीच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। शुक्रवार धरान ३ स्थिति समाजको सचिवालयमा सम्पन्न कार्यक्रममा अध्यक्ष मोहनकाजी शाक्यले संस्थाको कार्यकम र योजना बारे जानकारी गराए ।  धरान मोडल कलेजका वि.एस्.डब्लु. डिपार्टमेन्ट प्रमुख विष्णु खनालले बिद्यार्थीहरुको फिल्डकार्य अन्तरगत अन्तरक्रिया गरिएको जानकारी गराए । कौशिकी क्याम्पसका प्रशा मोहन श्रेष्ठले संस्थाको प्रोफाइल बनाउन सहकार्य गर्न सकिने बताए । कार्यक्रममा बिद्यार्थीहरूले सामाज सेवा र सामाजिक कार्यको विषयमा अन्तरवर्ता लिई व्यक्तिगत विवरण समेत तयार पारेक थिए। झीग

    • प्रकाशित मितिः चैत २६, २०७८
    • 874 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्वास्थ्य सेवा व्यवस्थापक सङ्घमा नयाँ नेतृत्व

    धरान÷ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक सङ्घका केन्द्रीय समिति अध्यक्षमा महेन्द्र भुसाल निर्वाचित भएका छन् । हालै सम्पन्न सङ्घको पहिलो केन्द्रीय साधारणसभाबाट वरिस्ठ उपाध्यक्षमा मनिष दवाडी निर्वाचित भएका छन् । २१ सदस्यीय नवगठित समितिका उपाध्यक्षमा इन्दु नेपाल योञ्जन, अभिषेक रोशन, विक्रम अधिकारी, हेमन्त श्रेष्ठ, छमबहादुर अधिकारी, कान्तप्रसाद सुवेदी र कृष्णराज ढुङ्गाना छानिएका छन् । उपाध्यक्षहरूलाई क्रमशः प्रदेश नं.१, मधेश प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा संयोजकको जिम्मेवारी पनि दिइएको छ । यसैगरी, समितिका महासचिवमा होमप्रसाद अधिक

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 732 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

    धरान । मोरङको उर्लाबारी नगरपालिका ४ आईतबारेमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका ३ का २८ बर्षीय राजन धिमाल रहेका छन् । बिहीबार राति पौने ९ बजे पुर्व बाट पश्चिम तर्फ जादै गरेको को १ च ६३९९ नम्बरको पिकअप भेनले बिपरित दिशाबाट आउदै गरेको को ३२ प ६९३१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक धिमालको अरनिको अस्पताल उर्लाबारी लगीएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने पिकअप र चालक उर्लाबारी ४ का २१ बर्षीय दिपेन्द्र बोहोरालाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 1,029 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved