धरान / सांस्कृतिक पर्यटन प्रवर्धन गर्न धनकुटाको नाम्जे गाउँमा निर्माणाधीन जनजाति पार्क पर्याप्त बजेट अभावका कारण निर्माण सम्पन्न नहुँदा अलपत्र परेको छ ।निर्माण सुरु भएको दश वर्ष बितिसक्दा समेत काम पूरा नहुँदा निर्माणाधीन उक्त पार्क अलपत्र परेको छ । सागुँरीगढी गाउँपालिका वडा नं. ६ थुम्कीस्थित नाम्जे गाउँमा निर्माणाधीन यस पार्कमा अहिलेसम्म प्रदेश सरकारको १ करोड ४४ लाख खर्च भइसकेको छ । २०४८ सालमा साविकको गाविस तथा स्थानीय नगर स्तरीय जनजाति महासंघको समन्वयमा निर्माण कार्य सुरु भएको थियो । तर आर्थिक बर्ष ०७५÷०७६ बाट भने स्थानीय पालिका तथा प्रदेश सरकारले लगानी सुरु गरेका थिए । स्
धरान / नेपाली कांग्रेस धरान नगर समितिले धरानका चारवटै आंगिक क्याम्पसबाट स्ववियुृको निर्वाचनमा निर्वाचित भएका विद्यार्थी नेताहरुलाई बधाई एवम् सम्मान कार्यक्रमको आयोजना गरेको छ । बुधबार धरान २ निकेतन गल्लीमा रहेको पार्टी कार्यालयमा आयोजित बधाई एवम् शुभकमना कार्यक्रममा नेविसंघबाट निर्वाचित विद्यार्थी नेतालाई खदासाहित प्रशंसापत्रले सम्मान गरिएको थियो । निर्वाचित विद्यार्थीहरुलाई नेपाली काँग्रेसकी नेतृ एवम् पूर्व सांसद मिना सुब्बा, धरान नगर सभापति श्याम पोखरेलले स्ववियु निर्वाचनमा विजय बनेका विद्यार्थीहरुलाई खादा एवम् प्रशंसापत्रले सम्मान गरेका थिए । सम्माननित हुनेहरुमा केन्द्रीय प्रविधि क्
सुनसरी / साविक विजेता सगरमाथा युथ क्लब इटहरी गोल्डकपको फाइनल प्रवेश गरेको छ । इटहरी रंगशालामा भएको प्रतियोगिताको पहिलो सेमीफाइनलमा सगरमाथाले उपाधि दाबेदार मछिन्द्र क्लबलाई ३—१ गोल अन्तरले हराएको हो । सगरमाथाको जितमा राजिव लोप्चन, स्टेफेन र मेसुकेले गोल गरे । खेलको सुरुवातबाटै दबाब बनाएको सगरमाथाले चौथो मिनेटमा अग्रता बनायो । मेसुकेको असिस्टमा राजिव लोप्चनले सुरुवात अग्रता दिलाए । १२ औ मिनेटमा स्टेफेनले अग्रता दोब्बर बनाए । ५१ औ मिनेटमा मेसुकेले बायाँ भागबाट गोल अघि बढाउँदै अग्रता ३—० बनाए । ४३ औ मिनेटमा मछिन्द्रका कप्तान अफिज ओलावालेले अग्रता कम पारे । डिबक्सभित्र अविश
धरान / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र वडाध्यक्षसहित २८ जना कार्यपालिका सदस्यबीच विवाद बढ्दै जाँदा धरानका सात राजनीतिक दलले भने एक प्रेस विज्ञप्ती नै प्रकाशित गरेर मेयरले दम्भ, अहंकार र अपरिपक्वता प्रदेश गरेको ठहर गर्दै सार्वजनिक वक्तव्य प्रकाशित गरेका छन् । मेयरकै स्वेच्छाकारी प्रवृत्तिका कारण विगतदेखि नै वडाध्यक्ष र कार्यपालिका सदस्यबीच असमझदारी बढ्दै गएको ठहर गर्दै सात दलले अहिले पनि त्यस्तै प्रवृत्ति दोहोरिएको बताएका छन् । उनीहरुले सार्वजनिक गरेको वक्तव्यमा धरानमा नगर प्रमुख हर्कराज राई एकातिर र वडाध्यक्षसहित २८ जना कार्यपालिका सदस्य अर्कातिर हुँदा आपसी असमझदारी बढ
धरान / मुलुक आर्थिक सङ्क्रमणकालीन अवस्थामा गुज्रिरहेको अवस्थामा व्यवसायीहरु भने लगानीको खोजीमा रहेका छन् ।कोरोना सङ्क्रमणकालीन अवस्थापछि उद्योगी व्यवसायीहरु लगानी प्रवर्धन गर्ने कुरामा निरन्तर छलफलमा जुटेका छन् । सङ्क्रमणकालीन अवस्थामा राज्यबाट कुनै सहयोग प्राप्त नभए पनि लगानी गर्न उत्सुक छन् । अहिलेको विषम परिस्थितिमा चुनौति धेरै भएपनि सम्भावना भने अझै रहेको उनीहरुले छलफलका क्रममा बताएका छन् । सुनसरी उद्योग वाणिज्य संघमा आयोजित ‘पर्यटनको सम्भावना, चुनौति एवम् धरानमा आउँदै गरेको लगानीलाई स्वागत’ विषयक कार्यशाला गोष्ठीमा सहभागी उद्योगी एवम् व्यवसायीहरुले सुरक्षा, सरकारको व्यव
सुनसरी / विभागीय टोली त्रिभुवन आर्मीको जितसंगै १३ औ इटहरी गोल्डकपको सेमीफाइनल समिकरण पुरा भएको छ । अन्तिम क्वाटरफाइनल खेलमा आर्मीले रोलिङ क्लब धुलाबारी झापालाई ४—१ गोल अन्तरले हराएको हो । आर्मीको जितसंगै सेमीफाइनल भिड्ने टिम पक्का भएको छ । आर्मीको जितमा दिपक गुरुङ, जिलेस्पीजंग कार्की, सुदिल राई र पदम तामाङले १/१ गोल गरे । रोलिङका डेडी वाम्बाले सान्तवाना गोल फर्काए । खेलको सुरुवातबाटै दबाब बनाएको आर्मीले तेश्रो मिनेटमा अग्रता बनायो । डिबक्स नजिकबाट उनले गरेको प्रहार सिधै जाली चुमेको थियो । पहिलो हाफको इन्जुरी समयमा कप्तान कार्कीले अग्रता दोब्बर बनाए । युद्ध शाहीको पासलाई कार्
धरान / ५८ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मार्च २१ को अवसरमा नेकपा एमालेको जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मूक्ति समाज धरानले दीप प्रज्ज्वलन गरेको छ । धरानको मुख्य बजार भानुचोकमा मंगलबार साँझ दीप प्रज्ज्वलन गर्दै मूक्ति समाजले विभेदका विरुद्ध कानुनलाई दृढतापूर्वक कार्यान्वयन गर्न सबै पक्षले अठोट गर्नु पर्नेमा जोड दिएको छ । शुभकामना मन्तव्य कार्यक्रम, एमालेका प्रदेश कमिटी सचिवालय सदस्य प्रमोद शेर्पाले जातीय विभेद सभ्य समाजको कलङ्क र समृद्धिका लागि प्रत्युत्पादक भएको धारणा राखे । दीप प्रज्ज्वलन कार्यक्रममा मूक्ति समाजका केन्द्रीय सदस्य खगेन्द्र नेपाली, नेकपा एमालेका केन्द्रीय सद
धरान / ओखलढुंगामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आक्रमण प्रयास भएको भोलिपल्ट अर्थात मंगलबार नेकपा माओवादी केन्द्रका कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि ताप्लेजुङमा आक्रमणको प्रयास भएको छ । पार्टी जिल स्तरीय बैठकमा सहभागी हुन ताप्लेजुङको सदरमुकाम फुङलिङ पुगेका नेता आङ्बोमाथि एक समूहले आक्रमणको प्रयास गरेको भिडियो समेत सार्वजनिक भएको छ ।सार्वजनिक भएको भिडियोमा भनिएको छ, ‘आङ्बोलाई प्रहरीले स्कटिङ गरेर लग्दै छ, यसलाई बाटो बाटो छेकेर यसको हत्या गर्ने लक्ष्य राखेर संघर्ष समिति अगाडि बढिरहेको छ, तपाईहरु जहाँ जहाँ रहनु भए पनि तैनाथ भएर आफ्नो चोक चेकमा बसिदिनु
धरान / धरानका मेयर हर्क साम्पाङलाई माफी माग्न दिएको २४ घण्टे अल्टिमेटम सकिएपछि वडाध्यक्षहरुले आन्दोलनका थप कार्यक्रम अघि बढाएका छन् । वडाध्यक्षहरुले हातमा कालोपट्टी बाँधेर नियमित कामकाज सुरु गरेका छन् । धरान उपमहानगरपालिकामा नियमित कार्यबाहेक नगरलाई दीर्घकालीन प्रभाव पार्ने निर्णयहरु कार्यपालिका सदस्यको सहमतिबिना नगर्न, नगराउन धरान कार्यपालिकामा नेतृत्व गर्ने दलका नेताले कर्मचारीको ध्यानाकर्षण गराएका छन् । मंगलबार धरान उपमहानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई र उपमहानगरका सबै शाखालाई ध्यानाकर्षण विज्ञप्ति बुझाउँदै दलका नेतृत्वले मेयर हर्क साम्पाङ गैरजिम्मेवार भएकाले आन्द
धरान / हरेक वर्ष मार्च २० का दिन विश्वभरी नै मनाइने विश्व मुख स्वास्थ्य दिवस मनाइने गरिन्छ । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत सोमबार विश्व मुख स्वास्थ्य दिवस मनाइएको छ । प्रतिष्ठानका कलेज अफ डेन्टल सर्जरीका विद्यार्थीहरुले वी प्रतिष्ठानमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरी मनाइएको हो । नेपाल डेन्टल एसोसिएसन सुनसरीको विद्यार्थी ईकाइले आयोजना गरेको उक्त कार्यक्रममा चिकित्सक तथा विद्यार्थीहरुले फोटो, पोष्टर, ई(पोष्टर, भिडियो, आर्टिकलहरु प्रदर्शन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले सचेतनात्मक नाटक, फेस पेन्ट तथा फ्ल्यास मुब समेत प्रस्तुत गरेका थिए । विश्व मुख