धरान । धरानमा जारी मेयर कप वडा स्तरीय बास्केटबल प्रतियोगिताको दोश्रो दिन २ वटा खेल सम्पन्न भएको छ । बुधबार भएको पहिलो खेलमा वडा नं १८ ले वडा नं ११ लाई ४६ का विरुद्ध ५२ अंक जोड्दै जित हासिल गरेको छ । वडा नं ११ ले प्रत्येक क्वाटर ८–२३–९–६ अंक जोड्दा वडा नं १८ ले १९–७–१२–१४ अंक जोडेको थियो । वडा १८ ले यो जित सँगै सेमिफाइनलमा प्रवेश गरेको छ । १८ ले विकेन चौधरीले व्यक्तिगत २१ अंक जोड्दै म्यान अफ द म्याच भए । उनले नगद एक हजार रुपैया सहित मेडल प्राप्त गरे । बुधबार नै भएको दोश्रो खेलमा वडा नं १७ ले २९–२२–१४–१७ गरि ८२ अंक जोड्दा वडा नं ५ ले ६&ndas
धरान । द भोइस किड्सबाट चर्चामा आएकी गायिका रुक्साना लिम्बुले सांगीतिक कार्यक्रम र स्टुडियोमा गीत रेकर्ड गर्नमा एकदमै व्यस्त भएकी छिन् । दुई दर्जन गीत रेकर्ड गरिसकेकी रुक्शनाको स्वरमा अर्को गीत आएको छ । स्व. खेमराज गुरुङ्गको संगीत तथा टिका चाम्लिंङको रचना रहेको गायक एपी शेर्पाको लोकप्रिय गीत ‘सम्झना नै आजभोलि’ लाई रुक्साना लिम्बुको स्वरमा किड्स भर्सनको रुपमा रेकर्ड गरि स्टुडियो भिडियो सार्वजनिक गरिएको छ । गीत गायक एपीलाई चिनाउने गीत हो । २०६६ सालमा सार्वजनिक एल्बम ‘मेहनत’मा समावेश यो गीतले त्यसबेला निक्कै चर्चा कमाएको थियो । त्यहि गीतलाई रुक्सानाले एकदमै भावमा डुबेर गा
धरान । मोरङको एभरेष्ट भेट्रान हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज बुधबार भएको खेलमा झापाको दुधे भेट्रानलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एभरेष्ट फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा एभरेष्टका नगेन्द्रमणि लिम्बू, सन्तोष बस्नेत, विष्णु सुनार, भेषराज लिम्बू र मदन राईले गोल गरे भने दुधेका मनोज लिम्बू, भिष्म प्रसाद खरेल, सन्तोष लिम्बू र भिम सुब्बाले गोल गर्दा हेमप्रसाद चेम्जोङको प्रहार बाहिरिदा दुधेले हार बेहोर्र्यो। खेलको दोस्रो मिनेटमा नै एभरेष्टका सति
धरान । २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा निर्वाचित द्वारिकलाल चौधरीको नाम प्रदेश कमिर्टीले काटि दिएको छ । एमाले प्रदेश १ कमिटीको बैठकले चौधरीको नाम कटाएर बाँकी उमेदवारको नाम केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो । प्रदेश कमिटीको बुधबार विराटनगरमा बसेको बैठकले इटहरी उपमहानगर कमिटीको सिफारिसमा परेका द्वारिकलालको नाम कटाएर मेयरमा लक्ष्मी गौतम, रामप्रसाद चौंलागाई, यामकुमार सुब्बा र एमाले नेता बन्नुलाल चौधरीको नाम केन्द्रीय कमिटीमा पठाएको हो । प्रदेश कमिटीले सिफारिसमा परेका रेवती घिमिरेको नाम पनि हटाएको छ । प्रदेश सचिव चिन्तन पाठकका अनुसार उपमेय
धरान । तराईमा अत्याधिक बढेको गर्मी छल्न स्थानीयहरु पहाडको चिसोमा रमाउन जान थालेका छन् । अहिले धनकुटाको सागुँरीगढी गाउँपालिकामा रहेको नमस्ते झरनामा घुइचो लाग्न थालेको छ । सागुरीगढी गाउँपालिकाको भेडेटारको चीसो हावा लिएपछिको गन्तव्य नै नमस्ते झरना हुने गरेको छ । विगतमा झरनामा अत्याधिक भीड भएकै कारण दुर्घटना भएपछि त्यस ठाउँमा जान सर्वसाधारणलाई प्रतिबन्धित गरिएको थियो । भेडेटार पुगेपछि नमस्ते झरना पुग्ने चाहना गर्नेहरुका लागि सुरक्षालाई मध्यनजर गर्दै बन्द गरिएपछि बन्दका कारण निराश बनेका थिए । अहिले नमस्ते झरना प्रवेशमा खुल्ला गरेसंगै सर्वसाधारणको घुइचो लाग्ने गरेको छ । झापामा अत्याधिक गर्मी भएपछ
धरान । धरानमा टाइफाइड खोप अभियान बैशाख ८ देखि १७ गते सम्म हुने भएको छ । स्वास्थ्य महाशाखा धरान उपमहानगरपालिकाको आयाोजनामा १५ महिना देखि १५ बर्ष उमेर सम्मका बालबालिकाहरुलाई लक्षित गरि अभियान शुरु भएको हो । मंगलबार पत्रकार सम्मेलन गर्दै धरानका २० वटै वडामा टाइफाइड खोप संञ्चालन हुने स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए । नेपालमा प्रत्येक बर्ष १५ हजार विमारीले टाइफाइडबाट ज्यान गुमाउने गरेका छन । यसलाई फैलिन नदिन र यो रोगलाई नेपालमा शुन्य दरमा ल्याउन बालबालिकाहरुलाई अनिवार्य खोप लगाउनु पर्ने मेहेताले बताए । १५ बर्ष भन्दा माथिका उमेर समुहलाइ यस्ले त्यति असर नपार्ने भएकाले खोप १५ महिना द
धरान । सुनसरीको रामधुनि ५ झुम्काको भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । मृत्यु हुनेमा झुम्का ३ का २८ बर्षीय अर्जुन ऋषिदेब रहेका छन् । मंगलबार दिउँसो पौने १२ बजे पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको को २ त ८८१८ नम्बरको ट्याक्टरमा सवार ऋषिदेब र झुम्का ३ का २७ बर्षीय जितेन सरदार गुडिरहेको ट्याकटरबाट लडेर घाईते भएको र उपचारको लागि ऋषिदेवलाई बिराट टिचिङ अस्पताल बिराटनगर तथा सरदारलाई स्थानिय मेडिकलमा लगिएकोमा ऋषिदेवको उपचारको क्रममा मृत्यु भएको हो । चालक र ट्याक्टर दुवैलाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्ध
धरान । वैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धरानमा सत्ता गठबन्धन दलहरुबीच पटक पटक बसेको छलफलमा समेत भागबण्डा मिलाउन सकस देखिएको छ । केन्द्रकै सर्कुलर अनुसार गठबन्धन एक ठाउँमा उभिएर चुनाव लड्ने सहमति भएपनि धरान उपमहानगरपालिकामा पटक पटक छलफल हुँदा पनि मेयर, उपमेयर र २० वटै वडाका वडाध्यक्ष पदमा सहमति नजुट्दा गठबन्धनबीच भागबण्डामा समस्या भएको हो । नेकपा माओवादी केन्द्रका धरान इन्चार्ज चोत्लुङका अनुसार मंगलबार अबेरसम्म पनि गठबन्धन दलबीच छलफल चलेको थियो । छलफल निष्कर्ष विहिन भएको चोत्लुङको भनाई छ । उनले भने, ‘गठबन्धनलाई कसरी प्रभावकारी बनाएर लाने भन्ने विषयमा अहिले छलफल भइरहेको छ,
धरान । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि आंकाक्षीहरु धेरै भए पछि ठुला दलहरुलाई उम्मेदवार टुङ्ग्याउन सकस भइरहँदा गठबन्धन बाहेकका साना दलहरु भने सर्वसम्मत उम्मेदवार चयन गरेर चुनावी अभियानमा होमिन थालेका छन् । धरान उपमहानगरपालिकाको मेयर, उपमेयरका लागि साना दलहरुले उम्मेदवार सार्वजनिक गर्न थालेको हो । ठुला दलहरुबाट उम्मेदवारका आकांक्षी धेरै भए पछि उनीहरुलाई सकस परेको छ । साना दलमा पनि आकांक्षी धेरै देखिए पनि उम्मेदवार सर्वसम्मत गर्न चयन गरेका छन् । यस बिच राष्ट्रिय प्रजातन्त्र पार्टीले धरान उपमहानगरपालिकाको मेयरका लागि नरेश शाक्य र उपमेयरमा पुर्णिमाया राईलाई उम्मेदवार बनाउने सर्व
धरान । देश संघीयतामा गए पछिको स्थानीय तहको निर्वाचन पछिको विराटनगरलाई राजनितिक रुपमा हेर्ने हो भने कांग्रेस र एमाले पछि जनता समाजवादी प्रतिस्पर्धामा छ । अघिल्ला निर्वाचनमा माओवादी अन्य दल सँग गठबन्धन गरेर निर्वाचन लडेको थियो अहिले पनि गठबन्धनमै रहेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस उम्मेदवार भीम पराजुलीले चुनाव जित्दा एमाले दोस्रो र तत्कालीन संघीय समाजवादी तेस्रो दलका रूपमा विराटनगरमा देखिएका थिए । मेयरमा निर्वाचित पराजुलीले २३ हजार ३१ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत प्राप्त गरेका थिए । गत चुनावमा एमालेले विजयकुमार गच्छदार नेतृत्वको लो