समाचार

    Showing 4,891-4,900 of 10,030 items.
  • सुनसरीको दुहबीमा चैते छठ मनाइयो

    सुनसरी / चैते छठ शनिबारदेखि सुरु भएको छ । सोमबार तेस्रो दिन अर्थात् छठ पर्वको मुख्यको रुपमा लिइन्छ । सोमबार अस्ताउदो सूर्यलाई सन्ध्या अर्घ दिइन्छ भने आज मङलबार विहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्वको समापन हुन्छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाईन्छ । खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसी साँझपख खष्ठी देवीलाई प्रसाद चढाएर खाने गर्दछन् । प्रसादमा खीर , केरा, दुध एवम् विभिन्न प्रकारको फलफूल चढाइने गरिन्छ । पर्वको तस्रो दिन ब्रतालुहरुले अस्ताउदो सूर्यलाई अर्घ दिने गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्व देखिनै ब

    • प्रकाशित मितिः चैत १४, २०७९
    • 968 पटक पढिएको
    • "चन्दन रौनियार"
  • विराट गोल्डकप : विराटनगर सिटी फाइनलमा

    विराटनगर/घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा सोमबार राती भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २–१ गोलले निराश बनाउँदै विराटनगर सिटी उपाधि नजिक पुगेको हो । जितको लागि विराटनगरका स्टेफन ब्याङगनल र अभिषेक गुरूङले गोल गरी टिमको जित सुनिश्चत गरेका छन् । जावलाखेलको तर्फबाट हिसुब थपलियाले सान्तवना गोल फर्काए । विराटनगरले संघर्षपूर्ण जीत हासिल गरेको छ । प्रतिस्पर्धात्मक खेलमा घरेलु दर्शकको साथ पाएको विराटनगरले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो । जावलाखेलको फिनिसिङ पक्ष कमजोर रहदा बारम्ब

    • प्रकाशित मितिः चैत १३, २०७९
    • 755 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सिम्रन र दिवस भए मिस एन्ड मिस्टर सगरमाथा

    धरान/ मिस र मिस्टर सगरमाथाको उपाधि क्रमश सिम्रन लिम्बु र दिवस राईले जितेका छन् । धरान–३ स्थित सगरमाथा एसडी कलेज र डल्फिन पुर्वान्चल एकेडेमीले संयुक्तरूपमा आयोजना गरेको मिस र मिस्टर सगरमाथाको उपाधि लिम्बु र राईले हात पारेका हुन ्। शनिबार शिक्षा सदन स्कुलको सभा हलमा सम्पन्न प्रतियोगितामा छात्र तर्फ अभय श्रेष्ठ र छात्रा तर्फ स्मृती योन्जन फष्ट रनर अप घोषित भए । यसैगरी छात्र तर्फ बेष्ट डिसिप्लिन सुदिप भुजेल, मस्ट एक्टिभ जीवन तामाङ र मोस्ट ट्यालेन्टको उपाधि निबेदन राईले पाए भने छात्रातर्फ बेस्ट डिसिप्लिन डोल्मा तामाङ, मस्ट एक्टिभ मेघा बिश्वकर्मा र मस्ट ट्यालेन्टको उपाधि सिम्रन लिम्

    • प्रकाशित मितिः चैत १३, २०७९
    • 864 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाद्वारा प्रदर्शन

    काठमाडौं  /  संविधान र कानुनविपरीत सुकुम्बासीहरूलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर शाहविरूद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रदर्शन गरिएको हो। आफूहरूलाई उठिबास लगाउने काममा मेयर शाह लागेपछि त्यसको विरोधमा सुरू गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए। उनले संविधान, कानुनविपरीत भूमिहीनहरूलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर शाहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए। विरोध प्रर्दशनमा पक्रा

    • प्रकाशित मितिः चैत १३, २०७९
    • 745 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कार्यशाला चलाउँदै माओवादी

    मोरङ /  नेकपा माओवादी केन्द्रले दुई दिने कार्यशाला गोष्ठीकोको आयोजना गरेको छ ।कोशी प्रदेश अन्तरगत स्थानीय तह, प्रदेश र संघीय संसदमा निर्वाचित जनप्रतिनिधिहरुका लागि माओवादी केन्द्रले दुईदिने कार्यशाला आयोजनासँगै प्रशिक्षण दिएको छ । बजेट निर्माण र बजेट निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु, सुशासन र संघीय प्रणालीको प्रभावकारिताका विषयमा प्रशिक्षण दिइएको माओवादी केन्द्रका एक नेताले बताए । माओवादी केन्द्रले विगतदेखि नै राजनीतिक प्रशिक्षणमा जोड दिँदै आएको छ । भेलामा विशेष गरी माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि तथा पार्टीका कार्यकर्ताहरु सहभागी थिए । नेपाल सरकारका पूर्वमुख्य सचिव ल

    • प्रकाशित मितिः चैत १३, २०७९
    • 768 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडाद्वारा निःशुल्क आँखा शिविर सञ्चालन

    धरान / धरान उपमहानगरपालिका १६ नं. वडा समितिले आफ्ना वडाबासीलाई लक्षित गरी शनिबार निःशुल्क आँखा शिविरको आयोजना गरेको छ ।विगतमा वडाबासीलाई लक्षित गरी विभिन्न प्रकारका स्वास्थ्य शिविर राख्दै आएको वडाले यस पटक भने आँखामा समस्या भएकाहरुलाई लक्षित गरी स्वास्थ्य शिविरको आयोजना गरेको हो । इटहरी आँखा अस्पतालसँग समन्वय गरेर आयोजना गरेको शिविरमा २ सय जना पुरुष र १ सय २७ जना महिला गरी ३ सय २७ जना सर्वसाधारणले लाभ लिएका थिए । शिविरमा विभिन्न प्रकारका समस्या देखिएको इटहरी आँखा अस्पतालका चिकित्सक डा. प्रदिपकुमार सिंहले जानकारी दिएका थिए । उनीहरुलाई सहज रुपमा उपचार गराउन इटहरी आँखा अस्पतालको सहयोगमा १६

    • प्रकाशित मितिः चैत १३, २०७९
    • 754 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गुरुकुलमा छैन सरकारको दिवा खाजा

    झापा /  मुठ्ठीदान र दाताको भरमा सञ्चालित धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरकारको दिवा खाजा पाएका छैनन् ।मेचीनगर–१५ मा सञ्चालित ओमकारेश्वर संस्कृत गुरुकुलका विद्यार्थीले बिहान र बेलुका दाल, भात र रोटी खाने गरेका छन्। उनीहरूले गुरुकुल छेवैको मन्दिरमा भक्तजनले चढाउने फलफूल दिवा खाजा खाने गरेका छन् । गुरुकुलका प्राचार्य निरोज खनालले कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेका गुरुकुल विद्यालयमा दिवा खाजाको व्यवस्था नगरेकामा गुनासो गरे । ओमकारेश्वरमा १८ विद्यार्थी अध्ययनरत छन् । ‘हाम्रो गुरुकुल आर्थिकरूपमा सबल छैन। यहाँ पढ्ने विद्यार्थीसमेत विपन्न र असहाय परिवारबाट आएका छन्&

    • प्रकाशित मितिः चैत १३, २०७९
    • 716 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ड्रागन खेतीमा कृषक उत्साहित दरिलो आम्दानीको स्रोत बन्दै

    धरान /  ड्रागन फल स्वाथ्यको लागि लाभदायी मानिन्छ । यो सिउडी प्रजातिमा पर्दछ । विदेशबाट आउने गरेको ड्रागन पछिल्लो समय नेपालमै उत्पादन गर्न थालिएको छ । सुरुमा यसको खेती दक्षिण अमेरिकाको मेक्सिकोमा भएको मानिन्छ । अहिले यो फल दक्षिण एसियाका देशहरु भियतनाम, फिलिपिन्स, थाइल्याण्ड लगायतका देशहरुबाट नेपाल भित्रिने गरेको छ । तर पछिल्लो समय नेपालमै कृषकहरुले ड्रागनको खेति गर्न थालेपछि नेपालमा उत्पादन भएको यो फलको माग अत्यधिक रहेको छ । विदेशमा उत्पादन भएका ड्रागनभन्दा नेपालमा उत्पादन भएको ड्रागन गुणस्तरीय, स्वादिलो भएकै कारण कृषकहरु यसतर्फ आकर्षित हुँदै गएका छन् । धरान ५ ठिंगाबारीका दुई दाजुभ

    • प्रकाशित मितिः चैत १३, २०७९
    • 1,474 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ट्राफिक प्रहरीको पार्किङ हटाइयो

    मोरङ / मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानमा निरन्तर रुपमा लागेको विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीले गरेको पार्किङलाई समेत हटाएको छ । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका सवारी साधनहरु हटाएको हो । ट्राफिक प्रहरी कार्यालय अगाडि सवारी पार्किङ गर्दा आवतजावतमा समस्या भएको भन्दै महानगरमा अत्यधिक गुनासो आएपछि महानगरले पार्किङ हटाएको हो । सडकमा राखेका मोटरसाइकल नगर प्रहरीले हटाएको थियो भने चारचक्के सवारी साधन ट्राफिक प्रहरी आफैंले हटाएको थियो । कारबाहीमा परेका सवारी साधनलाई ट्र

    • प्रकाशित मितिः चैत १३, २०७९
    • 648 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयर र वडाध्यक्षको द्वन्द्व चर्किदो

    धरान / कार्यपालिकाको पहिलो बैठकबाट विवाद देखिएको मेयर र वडाध्यक्षसहित २८ जना कार्यपालिका सदस्यको विवाद केही समय साम्य भएपनि पुन: मेयर हर्क साम्पाङको दम्भका कारण पुन:बल्झिएको छ । फागुन २९ गते मेयरका स्वकीय सचिव सुदर्शन लिम्बुले नगरपालिकाको प्याड प्रयोग गरी वडामा सम्पन्न भएका योजना तथा सम्पन्न भएको सूची माग गरेपछि वडाध्यक्ष र कार्यपालिका सदस्य मेयर साम्पाङप्रति आक्रोसित बनेका थिए । यही विषयमा चैत्र १ गते बसेको कार्यपालिका बैठकमा मेयर साम्पाङले गल्ती नस्वीकारिसकेपछि वडाध्यक्षहरुले पत्रकार सम्मेलनको आयोजना गरेर आन्दोलन चर्काएका थिए । विवाद चर्किदै गएपछि सात राजनीतिक दलले समेत मेयर साम्पाङको

    • प्रकाशित मितिः चैत १३, २०७९
    • 1,171 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved