धरान/धरान १४ विजयपुरको एक घरमा राखेको परालमा आगलागी भएको छ । धरान १४ विजयपुरस्थित नयाँ टोलमा रहेको लक्ष्मी श्रेष्ठ र गोपी तिम्सिनाले राखेको परालको थुप्रोमा आगलागी हुँदा ४० हजार बराबरको क्षति भएको धरान उपमहानगरपालका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । यता परालधनीहरुले भने आगलागीको कारण खुल्न नसके पनि केटाकेटीले सलाइ वा लाइटर खेलाउने क्रममा आगो लगाएको हुनसक्ने अनुमान गरेका छन् । पराल धनी विजय तिम्सिनाले आगो चाडो नियन्त्रण नभएको भए घरमा समेत ठूलो क्षति पुग्ने अवस्था रहेको बताए । उनले धरान उपमहानगरपालिकाको दुई वटा दमकलले आगो नियन्त्रणमा लिएको बताए । लामो समयेखि पश
धनकुटा /धनकुटा बजार क्षेत्रमा रहेको विद्युतको नाङ्गो तार हटाउन सुरु गरिएको छ । विद्युत लाइन विस्तारका गर्नक्रमा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउँन थालिएको छ । नाङ्गो तारका कारण बजार क्षेत्रमा जोखिम हुने सम्भावना भएकाले मंगलबार देखि पहलिो चरणको काम सुरु गरिएको विधुत प्राधिकरण धनकुटाका प्रखमु प्रलाद पोखरेले बताएका छन । मदनचोकदेखि परिचयमोड सम्मको तार फेर्ने काम भइरहेको छ । पोखरेललेका अनुसार एबीसी केवलमा एउटै लठ्ठा भित्र धेरै वटा तारहरु राखिएर बाहिरी कभर लगाउको हुने भएकाल छुँदा करेन्ट नलागने भएपनि तार पुरानो हुँदै जाँदा कुनै कारणले बाहिरी कभर उक्किएको
धरान : नेपाली टु विलर मार्केटको टेक्नोलोजी चयाम्पियनस्का रुपमा स्थापित TVS ले नयाँ बर्षमा आकर्षक अफरहरु लिएर आएको छ । गुणस्तर र टेक्नोलोजी फ्रेन्डली मोटरसाइल उत्पादनमा सधैँ अगाडि रहेको यस ब्राण्डले पछिल्लो समय आफना बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरु राख्दै प्रयोगकर्ताहरु माँझ निकै ठूलो प्रभाव पार्न सफल बनेको छ । स्मार्ट कनेक्ट , रेस ट्युन्ड फ्युल इन्जेक्सन , भिभिन्न राइड मोडस् र भोइस कमान्ड जस्ता फिचरलाई राखेर आफ्ना साधनलाई थप आकर्षक, उपयोगी र युजर फ्रेन्डली बनाउँदै सबैको मन जित्न सफल त्ख्क्, बजारको लिडिङ् टेक्नोलोजी फोकस्ड ब्राण्ड हो । यस नयाँ बर्षको अवसरमा TVS ले आफ्ना ह
मोरङ / विराटनगर महानगरपालिकाले लागु गरेको पार्किङ निषेधित क्षेत्रलाई थप प्रभावकारी रुपमा रुपमा रुपमा कार्यान्वयन गर्ने भएको छ । महानगरपालिकामा सोमबार महानगरका मेयर नागेश कोइरालाको अध्यक्षता बसेको बैठकले स्थानीय प्रशासन, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायसँगको समन्वयमा यसअघि कार्यान्वयनमा ल्याएका सबै सडकलाई पार्किङ निषेधित क्षेत्र (नो पार्किङ) प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो । बैठकले पार्किङलाई व्यवस्थित गर्दै संयुक्त बजार अनुगमनलाई सुक्ष्म रुपमा अघि बढाउने, राजस्व अभिवृद्धि अभियानलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्नेलगायतका निर्णय गरेको छ । प्रदेश
धरान / केही सहकारी संस्थाका कारणले पछिल्लो समय सहकारी संस्था बद्नाम हुँदै गएको ६६ औं सहकारी दिवसका अवसरमा बोल्ने वक्ताहरुले बताएका छन् । धरान १५ स्थित किरात याक्थुङ चुम्लुङको भवनमा आयोजित कार्यक्रममा सहभागीहरुले सहकारी खोलेर रातारात धनी हुने, निक्षेपकर्ताको रकम समयमै फिर्ता नदिने लगायतका कारणरले सहकारी संस्था बद्नाम भएको बताउदै अब यसलाई चिर्न आवश्यक भएको बताएका थिए । उनीहरुले पछिल्लो समयमा सहकारी सस्था धरासय बन्दै गएको बताउदै थोरै सहकारी संस्थाका कारण बचतकर्ताहरु त्रसित हुँदै गएको बताएका थिए । उनीहरुले निक्षेपकर्ताहरुको रकम समयमै फिर्ता नगरेसम्म पुन विश्वास जमाउन नसक्ने बताउँदै यसमा जिम्मेवा
धरान / कोशी प्रदेश नामाकरण विरुद्ध आन्दोलनरत सयुक्त संघर्ष समितीले आन्दोलनको स्वरुप परिवर्तन गरेको छ । सोमबार प्रेश विज्ञप्ति जारी गर्दै समितीले आन्दोलनको स्वरुप परिवर्तन गरेको जानकारी दिएको हो । अहिले चलिरहेको एसइई परीक्षार्लाइ ध्यानमा राखी परीक्षामा असर पर्ने खालका सार्वजनिक विरोधका कार्यक्रम नराखिएको विज्ञप्तिमा उल्लेख छ । ‘नेपालभर जारी रहेको एसइई परीक्षालाई ध्यानमा राखेर २०७९ चैत १७ देखि २७ गतेसम्म सङ्घर्ष समितिको वृहत् जनप्रदर्शन, सभा, जुलुस, हडताल, तालाबन्दीका आन्दोलनका कार्यक्रमहरू नरहेको सबैमा जानकारी गराउँदछौँ ।’ विज्ञप्तिमा भनिएको छ । सङ्घर्ष सम
मोरङ / दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा दिल्ली युनाईटेड क्रिकेट क्लब र ओसिस काठमाण्डौ क्रिकेट क्लबले विजय सुरूवात गरेको छ । विराटनगर जुट मिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा विरगन्ज युथ क्रिकेट क्लबलाई १ सय २३ रनको फराकिलो अन्तरले पराजित गर्दै दिल्ली विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको हो । दिल्लीले दिएको २ सय १८ रनको विशाल लक्ष्य पछ्याएको विरगन्जले १२.५ ओभरमा अलआउट भइ ९४ रनमात्रै बनायो । विरगन्जका लागि असिम अन्सारीले २९ रन बनाए । शंकर साहले १३ रन र सुमन सुनवारले १२ रनको योगदान दिए । दिल्लीका मोहित पाण्डेले सर्वाधिक ५ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच घ
धरान / घरेलु तथा महिला हिंसा समाजको लागि पछिल्लो समय विकराल बन्दै गएको छ ।पुरुषले गर्ने महिला हिंसा होस् या महिलाबाट हुने महिला हिंसा होस् बढ्दो अवस्थामा देखिएको छ । यसलाई न्यूनीकरण गर्न सम्बन्धित पक्ष लागि परेका छन् । न्यूनीकरणका लागि अहिले सम्बन्धित पक्षले सचेतना फैल्याउने, अन्तरक्रियाको कार्यक्रम गर्ने लगायतका कार्यक्रम अगाडि सार्दै आएका छन् । तर पनि न्यूनीकरण हुन सकेको छैन । न्यूनीकरण नहुनुमा स्वयम् महिला नै जिम्मेवारी भएको महिलाहरुले नै बताउने गरेका छन् ।धरान उपमहानगरपालिका १२ नं वडा समितिले महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्ले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा महिला हिंसा बढ्न्
धरान । मेयर हर्क साम्पाङको नेतृत्वमा योजना तथा बजेट माग गर्न सिंहदरबार गएको टोलिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेको छ । धरानका दिर्घकालिन विकाशका योजनाहरुमा केन्द्रिय सरकारको बजेट आवश्यक भएको भन्दै मेयर साम्पाङ नेतृत्वको प्रतिनिधि टोलिले सिंहदरबारमै गएर प्रधानमन्त्रीलाई योजनाहरुपनि बुझाएको छ । मेयर साम्पाङ सहित उपमेयर अइन्द्रविक्रम बेघा,बरिष्ट इन्जिनियर सुरज श्रेष्ठ सहितको टोलि योजना तथा बजेट माग गर्न सिंहदारबार गएको थियो । प्रतिनिधि टोलिलाई भेट्दै प्रधानमन्त्री पुष्पकमल दाहालले धरानका समग्र विकाशका योजनामा आफ्नो पुर्ण सहयोग रहने बताएको प्रतिनिधि टोलिका एक सदस्यले जानकारी दिए ।
धरान / मेयर साम्पाङ र अइन्द्र विक्रम बेघा धरानको विकाश निर्माणका योजना लिाएर काठमाण्डौ गएका हुन् । आगामी बजेटमा धरानको खानेपानी लगायतका योजनामा बजेट माग गर्न धरानका मेयर तथा उपमेयर काठमाण्डौ पुुगेका छन् । आगामी आर्थिक बर्षको बजेट निर्माणको कार्य भईरहेकाले धरानको खानेपानी सहित,शिक्षा,स्वास्थ्य तथा पर्यटनका योजनाहरुमा बजेट विनियोजन गर्न माग गर्दै नगर प्रमुख र उपप्रमुख काठमाण्डौ गएको उप प्रमुख अइन्द्र विक्रम बेघाको सचिवालयले जनाएको छ । मेयर हर्कराज राईले धरानको खानेपानी समस्या समाधान गर्न कोशीको पानी ल्याउनुु पर्ने र त्यसका लागि केन्द्रिय सरकारले बजेट दिनुु पर्ने बताउदै आएका छन