धरान । धरान १ सिद्धिचरणमार्गमा रहेको युरेका स्कूल स्थापनाको २९ औ बर्ष पुगेको छ । स्थापना २०५० पुष २१ गतेबाट नर्सरीदेखि कक्षा ४ सम्म २ सय ५० विद्यार्थी सभावेश गरेर सञ्चालनमा आएको युरेकाले शुरुवाति दिनदेखि नै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदानमा जोड दिँदै आएको थियो । त्यसैैको फलस्वरुप अहिले प्रदेश नं। १ मा संस्थागत विद्यालयमध्ये उत्कृष्ट विद्यालयको रुपमा औँलामा गनिन सकिने विद्यालयमध्ये युरेका उत्कृष्टमा पर्ने गर्छ । पहिलो पटक २०५५ सालमा एसएलसी शुरु गरको युरेकाले पहिलो बर्ष नै शतप्रतिशत राम्रो श्रेणीमा विद्यार्थी उतीर्ण गर्न सफल भएको छ । प्राइमरी लेबलबाट शुरु गरिएको विद्यालय अहिले प्लस टु सम्म
धरान । त्रिभुवन विश्वविद्यालयद्वारा सन्चालित बिएचएम तेस्रो सेमेस्टरमा धरान प्रथम हुने जानुका राई (३.६४ जिपिए ) र बिएचएम पाचौ सेमेस्टरमा धरान टपर रितु साम्पाङ राई (३.४५ जिपिए) लाई दश हजारसहित सम्मानपत्रले सम्मानित ग गरेको छ । कलेजका निर्देशक ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो र बिएचएम कोर्डिनेटर गगन श्रेष्ठ, प्राध्यापक सिर्जना लिम्बुले उनीहरुलाई सम्मान गरेका थिए ।
धरान । धरानको प्राइमभिजन धरानको शैक्षिक गतिविधिमा उत्कृष्ट बन्दै गएको छ । उत्कृष्ट भएकै कारण धरानका मात्र हैन धरान बाहिरबाट समेत प्राइभिजनमा अध्ययन गर्न विद्यार्थीहरु आउन थालेका छन् । धरानको एक मात्र स्मार्ट कलेज, प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण विद्यार्थीहरु आकर्षित बनेका हुन् । कलेजमा गुणस्तरीय शिक्षा भएकै कारण उर्लाबारीका डिइ इ कम कलेज उर्लाबारीका विद्यार्थी रोमा आले मगर र सुरेखा आचार्य धरानको प्राइमभिजन आएका थिए । विद्यार्थीहरुको परिचय गराउँदै कलेजका कार्यक्रम संयोजक संगीत सिग्देलले डिइ इ कम उर्लाबारी र प्राइम भिजन कलेज धरान बीच
धरान । होलिल्याण्ड स्कुल, चिल्ड्रेन एकेडेमी, कार्मेल र टावर टेम्पल स्कुल बिर्तामोड स्कुल प्रदेश १ स्तरिय अन्तर स्कुल मेजर श्रवणकुमार लिम्वु मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपको सेमिफाइनलमा प्रवेश गरेका छन । धरान १६ को कर्भडहलमा भएको क्वाटर फाइनल खेलमा होलिल्याण्ड स्कुलले सगरमाथा स्कुललाइ ५२–२१, चिल्ड्रेन एकेडेमीले के के स्कुललाई ४५–१८, कार्मेल स्कुलले लोटस स्कुललाइ २१–१४ र टावर टेम्पलले सियोन स्कुललाइ २५–१६ अंकले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन । पहिलो क्वाटर फाइनल खेलमा चिल्ड्रेन र सगरमाथा स्कुलले प्रत्यक क्वाटरमा ९–५, २०–६, ६–४ र १७–६
धरान । इलाम नगरपालिकाले तारा एयरसंग सम्झौता गरेर विमानस्थलबाट नियमित उडान गर्ने भएपछि प्रधानमन्त्री झलनाथ खनाल र पर्यटनमन्त्री प्रेम आले हतार हतारमा नेपाल बायुसेवा निगमको जहाज लिएर धावनमार्ग उद्धघाटन गर्न इलाम आएका थिए । लामो समय सम्मको पर्खाइमा रहेको इलामको विमानस्थल उद्घाटन हुदै गर्दा इलामबाटै जाहाज चढ्ने सपना देखेका जिल्ला वासीको सपना सपनामै सिमित बन्यो । अहिले विमानस्थलमा विमान आउन छाडेको तिन महिना वित्यो । गत फागुन ८ देखि इलामको फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट इलाम काठमाडौं उडान गर्न इलाम नगरपालिकाले सम्झौता गरेको थियो । हप्तामा दुईपटक काठमाण्डौं–इलाम–काठमाण्डौं उडानको लागि
धरान । प्रदेश १ स्तरिय अन्तर स्कुल मेजर श्रवणकुमार लिम्वु मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपको दोस्रो दिनको खेलमा होलिल्याण्ड स्कुल, लोटस स्कुल, केके इन्टरनेसनल स्कुल र सियोन स्कुल विजयी भएका छन । वर्षाको कारण धरान १६ स्थित कर्भडहलमा खेलाइएको दोस्रो दिनको खेलमा होलिल्याण्ड स्कुलले आयोजक डिपो स्कुललाई ३१–१८, लोटस स्कुलले समिट स्कुललाई २८–० र सियोन स्कुलले विश्व आर्दश स्कुल इटहरीलाई ३८–८ अंकले पराजित गरेको थियो । तेस्रो खेल सयपत्री स्कुल तरहराले केके इन्टरनेसनललाई वाकओभर दिएपछि केके स्वत ः विजयी घोषित भएको हो । प्रतियोगितामा होलिल्याण्ड स्कुल र डिपो स्कुलले १०–५, ६&ndash
धरान । सुनसरीं ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १० ए स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । सस्तो मूल्यमा रेड्मी १० सिरिजको पछिल्लो नवीनतम उपकरण भएको हुदा रेड्मी १०ए प्रयोगकर्ताहरूलाई फाइदा हुने कम्पनीको दाबी छ । स्मार्ट फोन लञ्च गर्देै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले टेक्नोलोजीको भरपुर प्रयोग गर्दै शाओमीले आफ्नो सिमा फराकिलो पार्दै स्मार्ट बजारमा ल्याएको बताए । एनले अन्य ईन्ट्री–लेभल स्मार्टफोनको तुलनामा यसमा भएको थ्रिडी कर्भड ब्याकले प्रयोगकर्ताहरूलाई सहज बनाउने उनको दाबी छ । यो क्यामरामो पछाडि रहेको फिंगरप्रिन्ट सेन्सरले क्यामरालाई अझ सुरक्षित बना
धरान । लगातारको् झरी र कोरोनाको प्रवाह भक्तजनहरुले् नगरेको पाइएको छ । धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा चतराको कौशिकी नदीबाट जल ल्याएर चढाउने भक्तजनहरुको घुइँचोले यही कुराको पुष्टि गरेको छ । दुई बर्ष कोरोना संक्रमणले सबै क्षेत्र ठप्प हुदा मन्दिर समेत बन्द थिए । जसले गर्दा प्रत्येक बर्ष लाग्ने बोलबम मेला दुईबर्ष लागेन । सरकारले मन्दिरलाई समेत निषेधित क्षेत्र घोषणा गर्दै भीडभाड हुन नदिएपछि बोलबम मेला नलागेको हो । बीचमा कोरोना संक्रमण कम हुदै गएपनि अहिले फेरि कोरोना संक्रमण बढ्दै गएको अवस्था छ । तर पनि सर्वसाधारणलाई यसको प्रवाह छैन । झरीको वेवास्ता गरी उनीहरुले धरानदेखि १७ किमी टाढा रहेको् सुनसर
धरान । धरान उपमहानगरपालिका धरान ८ मा निर्माण भइरहेको बसपार्कको संघीय बजेट विनियोजन नभएपछि आफ्नै बजेटले निर्माण कार्यलाई सुचारु गर्दा धरान उपमहानगरपालिकालाई समस्या भएको छ । संघीय सरकारसँगको संयुक्त लगानीमा धरान उपमहानगरपालिमा निर्माण शुरु गरेको स्मार्ट बसपार्कका लागि संघीय सरकारले यस वर्ष बजेट विनियोजन नगर्दा उपमहानगरपालिकाले आफ्नै बजेटबाट निर्माणलाई निरन्तरता दिँदा समस्या भएको हो । संघको ५० प्रतिशत लगानी र स्थानीय सरकारको ५० प्रतिशत लगानीमा धरान उपमहानगरपालिकाको वडा नम्बर ८ मा निर्माण भइरहेको स्मार्ट बसपार्कका लागि यस वर्ष कुनै पनि बजेट विनियोजन नगरिदिए पछि स्थानीय सरकारले आफ्नो स्रोतब
धरान/ धरान–१२ को मेघा हिमालयन कलेजले कक्षा ११ मा भर्नाका लागि सोमबार प्रवेश परीक्षा लिएको छ । २०७८ मा एसईई दिएर उत्तीर्ण भएका विद्यार्थीहरू परीक्षामा सहभागी भएका हुन् ।प्रवेश परीक्षामा ५ सय ७८ विद्यार्थी सहभागी भएको व्यवस्थापन सङ्काय संयोजक चन्द्र वनेमले जनाए । विद्यार्थीहरूको उत्साहजनक सहभागिताले आपूmहरूलाई उत्साही बनाएको उनको भनाइ छ । आफूहरूले प्रदान गरिरहेको गुणस्तरीय शिक्षाकै कारण मेघाप्रति विद्यार्थीहरूको यो आकर्षण देखिएको कलेजका प्रिन्सिपिल भाष्कर पौड्यालले बताए । ‘गुणस्तरीय शिक्षा नै हाम्रो मुख्य लक्ष्य हो’, प्रिन्सिपिल पौड्यालले भने, ‘यसमा कुनै सम्झौता हुँदैन ।&