धरान । धरानका बजार क्षेत्रमा पार्किङका लागि उचित स्थान नहँुदा मुख्य बजारका सडकमा जथाभावी सवारी साधान पार्किङ हुने गरेका छन । अस्त–व्यस्त पार्किङले बजार निकै कुरुप बन्दै गएको छ । भने दुर्घटनाका जोखिम पनि बढ्दै गएको छ । धरानका प्रमुख बजार पुतली लाइन , सब्जीमण्डी, कलेज रोड, देशीलाइन लगायतका ठाँउमा अझै पनि व्यवस्थित पार्किङ छैन । व्यवस्थित पार्किङ स्थल नभएकै कारण सवारी चालकले सडकमै जथाभावि सवारी साधन रोकेर सडकलाई पार्किङस्थलको रुपमा प्रयोग गर्ने गर्छन् । एकातिर सवारी चाप बढ्दै जानु र अर्कोतर्फ साघुरो सडकका कारण धरानमा ट्राफिक व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प
धरान । धरानका नगर प्रमुख हर्क साम्पाङ्ले सर्दुबाट ७ सय ५० वाटको विजुली क्षमता भएको टर्वाइनबाट विहीबार ३ सय वाटको विजुली उत्पादन गरी उदघाटन गरेका छन् । साम्पाङ्गले केही समय अगाडि मिनी हाइड्रो पावरको अवधारणा अगाडि ल्याएर सर्दुमा काम समेत शुरु गरेका थिए । उनले सुरुवात गरेको १० दिनमानै मिनि हाईट्रो पावरबाट विजुली उत्पादन गरेर उद्घाटन समेत गरेका हुन् । उनले भने–‘हाइड्रो पावरका विषयमा धेरैले प्रत्याएनन्, तर म अडिग भएर यसमा लागिपरे, १० दिनमा सफल भइयो ।’ उनले विजुली उत्पादनमा तर्कबहादुर मगरको अगुवामा गरिएको बताए । उनले सर्दुको टर्वाइनबाट विजुली निकाल्न ३ लाख खर्च भएको बताउदै
धरान । धनकुटाको पाख्रीबास नगरपालिकाका ७ का थाक्लेका लालबहादुर तामाङलाई बुधबार ठूलो बज्रपात प¥यो । उनले पालेका चौपाया क्षणभरमा मरेपछि उनको परिवारमा ठूलो बज्रपात परेको हो । बुधबार दिउँसो अचानक उनले पालेका ३ वटा बाख्रा, १ बोका १ पाडी र १ गोरु शंकास्पद तरिकाले थलामै मरेका थिए । तामाङ भन्छन्–‘केही समय अगाडि राम्रै रहेका वस्तुहरु भटाभट मरे, मेरो त सर्वनाश नै भयो ।’ उनले शंकास्पद ढंगबाट मरेको बताउदै कसैको षड्यन्त्रले चौपया मरेको भन्दै सत्यतथ्य बाहिर ल्याउन प्रहरीलाई आग्रह गरेका छन् । उनले भने–‘एकै पटक ६ वटा वस्तु मर्नु शंकास्पद छ, एउटा वा दुईवटासम्म मर्न सक्छन्, ६&
धरान । इलामको पर्यटन सुचना केन्द्रलाई व्यवस्थापन नगर्दा सुरक्षामा चुनौति देखिएको छ । तीन जिल्लाको प्रवेशद्वार रहेको जोर कलस स्थित सूचना केन्द्रलाई व्यवस्थित नबनाए पर्यटन विकासमा चुनौति देखिने भएको हो । इलाम, पाँचथर र ताप्लेजुङसम्म जोड्ने प्रवेशद्वारलाई व्यवस्थापन गर्न नसक्दा पर्यटकको तथ्याङ्क राख्न चुनौति देखिएको सरोकारवाला बताउँछन । सूचना केन्द्रले अहिले ठूला सवारीमा आएका पर्यटकको मात्र तथ्याङ्क राख्न सकेको भन्दै सबैखाले सवारी साधनको तथ्याङ्क नराखे कुनै दिन समस्या आउन सक्ने रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले बताए । तीन जिल्लाकै यात्रुको सुरक्षाका लागि जक्सनमा रहेको केन्द्रलाई मर्म
धरान/ एम्स एकेडेमीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई बिहीबार अभिमुखीकरण गरेको छ । त्यस क्रममा व्यवस्थापन सङ्कायका संयोजक दुर्गा सुवेदीले विद्यार्थीहरूलाई कलेजका नीति–नियमबारे जानकारी गराएका थिए । उनले अध्ययनमा ध्यान केन्द्रित गरे सबैले उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे । त्यस क्रममा कलेजका प्राचार्य मित्र तामाङले पनि विद्यार्थीहरूलाई कलेजबारे बताएका थिए । उनले कलेजले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिने गरेको बताएका थिए । कार्यक्रममा कलेजका प्रशासक नवीन राई, आर्थिक संयोजक हेमन्त भण्डारी, विजयपुर अस्पतालका प्रबन्धक इन्दु योञ्जन, एम्सका पूर्वविद्यार्थी नव
धरान । इलाम चोक बजार नजिकैको टेयाक्सी स्टेण्डमा रहेको शाह माछ पसलमा मरेर सड्न लागेको माछा बेच्न राखेको पाइएको छ । फ्रिजमा राखिएको माछा सड्न लागेको अवस्थामा फेला पारेपछि बरामद गरिएको छ । बरामद गरिएको माछा नष्ट गरिएको छ । अनुगमनकै क्रममा एक किराना पसलमा म्याद गुज्रिएका केही सामान फेला पारेपछि सो सामाग्री समेत नष्ट गरिएको अनुगमनमा संलग्न निरिक्षण अधिकृत यादव राउतले जानकारी दिए । त्यस्तै चोकबजारको ताम्राकार स्वीट्स कर्नरमा अखाद्य वस्तु फेला परेको छ । बुधबार गरिएको अनुगमनका क्रममा चोक बजारमा सञ्चालित स्वीट्स कर्नरमा सडेगलेको तथा अखाद्य वस्तु फेला पारिएका हो । उक्त फेला पारिएको अखाद्य वस्तु अनुगमन ट
धरान । धरान १३ फुस्रे स्थित सिद्धेश्वर शिव मन्दिर व्यवस्थापनका लागि लगाइएको श्रीमद्भाग्वत पुराण सप्ताह ज्ञान महायज्ञबाट ६ लाख ५० हजार रुपैयाँ बढी सङ्कलन भएको छ । सिद्धेश्वर शिव भजन किर्तन समूहको आयोजनामा साउन १८ गतेदेखि २५ गतेसम्म लगाइएको महायज्ञबाट सङ्कलित रकमले भवन निर्माण, ट्रस्ट, र मन्दिर परिसरमा ट्वाइलेट बाथरुम निर्माण गर्ने उद्देश्य रहेको सिद्धेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सचिव गौतम श्रेष्ठले जानकारी दिए । श्रीमद्भाग्वत पुराण सप्ताह ज्ञान महायज्ञको वाचन युवा पण्डित प्रदीप खतिवडा र उपवाचक पण्डित कौशल दाहालले गरेका थिए । पुजारी भवन निर्माण र मन्दिर व्यवस्थापनका लागि स्वतस्फूर्त
धरान । विराटनगर – ३ कंन्चनबारीमा रहेको आर्या न्युरो हस्पिटलमा ६ वर्षीय बालिकाको मेरुदण्ड (स्पाइनल कर्ड) मा भएको ट्युमरको सफल शल्यक्रिया भएको छ । धनुषाको जनकपुर घर भएकी ६ वर्षीय बालिका प्रतिज्ञा कुमारी मण्डलको स्पाइनल कर्डमा भएको ट्युमरको सफल शल्यक्रिया भएपछि बुधवार डिस्चार्ज भएको हो । स्पाइनल कर्डमा ट्युमर भएको कारणले प्रतिज्ञा हिँडडुल गर्न नसक्ने भएर थला परेकी मात्र नभएर उनको पिसाब नियन्त्रण बाहिर गएको थियो । प्रतिज्ञाका आमा राम दुलारी मण्डलले छोरीको उपचारको लागि जनकपुरसहित प्रदेश १ का विभिन्न अस्पतालहरूमा लिएर जादा पनि उपचार हुन नसकेको बताइन् । उनले अन्तिर्मा आर्या न्युरो हस्पिटलमा ल
धरान । धरानमा बुधबारदेखि बजार अनुगमन सुरु गरिएको छ । इलाका प्रशासन कार्यालय धरानको अगुवाईमा धरान उपमहानगरपालिकाका राजश्व शाखा, कृषि शाखा, ईलाका प्रहरी र नगर प्रहरीसहितको टोलीले संयुक्त रुपमा वडा नं. ३ स्थित माछाभौडी क्षेत्रमा अनुगमन गरेको हो । उनीहरुले माछाभौडी बजार क्षेत्रमा रहेका भेटनेरी, किराना पसल, सुन पसल, माछा, मासु पसलको अनुगमन गरेका थिए । इलाका प्रशासन कार्यालयका प्रमुख चुडाराज भट्टराईले अनुगमनका क्रममा म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरेको पाइएको बताए । उनले भने ‘हामीले अनुगमनका क्रममा व्यवसायीहरुले धेरै फल्ड गरेको भेट्यौ,
धरान । पर्यटकीय जिल्लाको रुपमा रहेको इलाममा एक आर्थिक वर्षमा एकलाख २९ हजार पाँचसय ८१ पर्यटक भित्रिएका छन । इलाम र झापाको सिमाना जोरकलसमा रहेको पर्यटक सुचना केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८÷०७९ एकलाख २९ हजार पाँचसय ८१ पर्यटक इलाम आएका हुन । इलाम आउने पर्यटक मध्ये सबैभन्दा बढी कन्याम र श्री अन्तु आएको तथ्याङ्कमा उल्लेख छ । कन्याममा ५६ हजार ८० पर्यटक आएका छन भने श्री अन्तुमा १८ हजार छ सय ५७ आएका हुन । त्यस्तै इलाममा १७ हजार ४ सय ६६,पशुपतिनगरमा १० हजार ८४, कुटिडाँडा १० हजार एक सय ७८ र फिक्कलमा आठ हजार दुईसय पर्यटक आएका हुन । त्यस्तै गरी ताप्लेजुङ जाने पर्यटक आठ हजार नौ सय १६