समाचार

    Showing 4,051-4,060 of 10,028 items.
  • धरानमा पोलेको मकैको व्यवसाय फस्टाउदै

    विजयपुर / पोलेको मकै बेचेर जिविकोपार्जन गर्ने महिलाहरुको संख्या धरानमा बढ्दै गएको छ । पोलेको मकै बेचेर घर परिवार चलाउन सहज बन्दै गएको छ । करबि २० बर्ष अघि देखि धरान २ रत्न रोडमा मकै पोलेर बेच्ने गर्दै आएकी निर्मला न्यौपाने सामान्य लगानीमा व्यापार गर्न सकिने भएकाले आम्दानी पनि राम्रै हुने गरेको बताउँछिन् । धरान १४ निवासी न्यौपाने बिहानै देखि सडकको किनारमा तगारीमा मकै पोलेर जिविकोपार्जन गर्दै आएको बताउँछिन् । उनि भन्छिन, ‘सायद धरानमा सबै भन्दा पहिले मकै पोलेर बेच्ने म नै होला, त्यो बेला अलि समस्याहरु हुन्थियो, अहिले सहज छ ।’ उनले आफ्नै बारीमा फलेको मकै पोलेर बेचेर व्यवसाय शुरु गरेकी

    • प्रकाशित मितिः भदौ २०, २०८०
    • 808 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश हक्की संघको अध्यक्षमा जीवनराज तिम्सिना निर्वाचित

    विराटनगर/  मंगलबार विराटनगरमा सम्पन्न प्रथम अधिवेशनबाट सर्वसम्मत निर्वाचित अध्यक्ष जीवनराज तिम्सिनाले कोशी प्रदेशको पहिचानका रुपमा हक्की खेलको विकास र प्रवद्र्धनमा सबैको सहयोग लिएर काम गर्ने प्रतिबद्धता जनाए । सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित तिम्सिनाको कार्यसमितिको उपाध्यक्षमा पारस थापा र प्रवेश तावा लिम्बू चयन भएका छन् । सचिवमा प्रमिला {एरिका} ढकाल र कोषाध्यक्षमा प्रह्लाद थापा मगर चयन भएका छन् । सदस्यहरुमा विद्याकुमार पोखरेल, सेधराज सिग्देल, देवेन्द्रराज पोखरेल, बुनु ढुंगेल, नेत्र तामाङ, विनोद संग्रौला र धिरज अधिकारी चयन भएका छन् सल्लाहकारहरुमा नेपाल उद्योग वाणिज्य महासंघ {एफएन

    • प्रकाशित मितिः भदौ २०, २०८०
    • 750 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रकोप व्यवस्थापन औजार हस्तान्तण

    धरान/ धरान उपमहानगरपालिका ५ नम्बर वडा कार्यालयले अस्थायी प्रहरी चौकी देउरालीलाई प्रकोप तथा विपदमा प्रयोग गर्न विभिन्न औजार सामग्री हस्तान्तरण गरेको छ । बाढी तथा पहिरोको सम्भावित जोखिम क्षेत्र समेत रहेको वडामा विभिन्न किसिमका प्राकृतिक प्रकोपको सामना गर्न र सम्भावित विपद्लाई न्यूनीकरणका लागि उक्त सामग्री हस्तान्तरण गरिएको हो । वडाध्यक्ष मन प्रसाद लिम्बूका अनुसार गैँती, बेल्चा, पन्जा, गम्बुठ, डोरी, बाल्टी, लगायतका सामग्री चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा चौकीका सह इन्चार्जलाई हस्तान्तरण गरिएको छ । वडाको विपद् तथा प्रकोप व्यवस्थापन समितिका संयोजक समेत रहेका वडाध्यक्ष लिम्बूले विशेष गरी

    • प्रकाशित मितिः भदौ २०, २०८०
    • 777 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धानबालीमा गबारो र फौजी कीराको समस्या

    रासस झापा/  झापाको अर्जुनधारा नगरपालिकाका तीनवटा वडामा धानबालीमा गबारो र फौजी कीराको समस्या देखापरेको छ । रोग फैलिन थालेपछि किसान चिन्तित भएका छन् । रोगका कारण वडा नं ३, ४ र ७ को ४० बिघा क्षेत्रफलमा लगाइएको धानबाली सखाप भएको र अन्यतिर पनि फैलिइरहेको अर्जुनधारा नगरपालिकाको कृषि शाखा प्रमुख एन्जिला बिडारीले जानकारी दिइन् । ‘गबारो, ढुसी र फौजी कीराको समस्या देखापरेको छ’, उनले समस्याबारे जानकारी दिँदै भनिन्, ‘केही किसानका खेतमा धानबाली सखाप भएको अनुगमनबाट देखिएको छ भने तत्काल नियन्त्रण गरिएन भने अन्यतिर फैलिने सम्भावना छ ।’ रोग नियन्त्रण गर्न किसानलाई कीटनाशक

    • प्रकाशित मितिः भदौ २०, २०८०
    • 670 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नवोदयका विद्यार्थीले गरे मेची क्राउनको अध्ययन

    धरान/ होटल मेनेजमेन्ट अध्ययनमा उत्कृष्ट रहेको धरानको युएन नवोदय कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई होटल मेची क्राउनमा अध्ययन अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई फाइभ स्टार तहका होटलहरुको अध्ययन तथा अवलोकन गराउने क्रममा झापाको धुलाबारीमा फाइभ स्टार होटल मेची क्राउनमा अध्ययन अभिमुखीकरण कार्यक्रम गरेको हो । कोसी प्रदेशकै एक मात्र फाईभ स्टार होटलको रुपमा परिचित मेची क्राउन होटलको सगरमाथा हलमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरुलाई होटल म्यानेजमेन्टको बारेमा जानकारी गराइएको छ । क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै होटल म्यान

    • प्रकाशित मितिः भदौ २०, २०८०
    • 1,207 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीको कर वृद्धिको विरोधमा नागरिक समाज

    इटहरी/  इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को कर वृद्धिको विरुद्धमा नागरिक समाज आन्दोलित भएका छन् । उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई भेटेर ध्यानाकर्षण गराउँदा समेत कर समायोजनमा बेवास्ता गरेको भन्दै नागरिक समाज इटहरीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै नागरिक समाज इटहरीले चरणबद्ध विरोध गर्ने जनाएको हो । भदौ १७ गते देखि कर घट्ने मेयरले प्रतिबद्धता जनाए पनि कुनै सुनुवाई नभएकाले आन्दोलनको कार्यक्रम घोषणा गरेको अध्यक्ष बालिका भट्टराईले बताइन् । आर्थिक मन्दिको कारण व्यवसायीहरू पलायन भइरहेको अवश्थामा सर्वसाधारणले हातमुख जोर्न समेत सम

    • प्रकाशित मितिः भदौ २०, २०८०
    • 654 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहवीमा आवास योजनाका ८० घरहरु बितरण

    दुहवी/ सुनसरीको दुहवी नगरपालिकाले सुकुम्बासी घरधुरीहरुलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी आवास योजनाका ८० घरहरु वितरण गरेको छ । नगर प्रमुख आवास योजना कार्यक्रम अन्तर्गत नगरपालिकाले नगरक्षेत्र भित्र बसोबास गर्ने भुमिहिन, दलित, सुकुम्बासी र अब्यवस्थित बसोबास गर्नेहरुलाइ ब्यवस्थित र सुरक्षित बसोबासका लागि अति विपन्न सुकुम्बासी परीवारहरुलाई नगर प्रमुख वेदनारायण गच्छदारले ८० घर वितरण गरेका हुन् । नगरपालिकाको बार्षिक बिनियोजित बजेट मार्फत वडा नम्बर ११ मा करिब दुई बिगाह क्षेत्रफलमा तिन बर्ष अगाडि देखी निर्माण सुरु गरेको आवास निर्माण कार्य सम्पन्न गरी नगर प्रमुख गच्छदारले प्रमाण पत्र सहित घरक

    • प्रकाशित मितिः भदौ २०, २०८०
    • 655 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु

    दुहबी / सुनसरीको दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु गरिएको छ । सोमबार दुहबीको कृष्ण मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरी दुहबीमा भदौं २० गते हुन लागेको कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु गरेको कृष्ण जन्माष्टमी पुजा तथा मेला महोत्सव समितिको संयोजक पंकज हलुवाईले जानकारी दिएका छन् । दुहबी ६ वडा नम्बरमा ऐतिहासिक श्री कृष्ण जन्माष्टमी पूजा एवम् रथ यात्रा महोत्सव यस बर्ष ४९ औ संस्करणमा प्रवेश गरेको छ । कृष्ण जन्माष्टमी महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी राधा कृष्ण मन्दिर दुहबीका मूल समिती र पुजामेला समितिले तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा पुजा समितिका सचिव चन्

    • प्रकाशित मितिः भदौ १९, २०८०
    • 631 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हाटखोलाको खुल्ला व्यायामशालाको सौन्दर्यकरण गरिँदै

    विराटनगर / विराटनगर–८ स्थित हाटखोला खेल मैदान पश्चिममा अवस्थित खुल्ला व्यायामशालाको सौन्दर्यकरण गरिएको छ । व्यायामशाला परिसरमा वृक्षारोपण र फूल रोपेर आकर्षक बनाउने गरी काम भइरहेको छ । जसअन्तर्गत आइतबार एक कार्यक्रमको आयोजना गरी व्यायामशाला परिसरमा मौसमी फूल, साना विरुवा रोपिएको ८ नम्बर वडाका अध्यक्ष राम पोखरेलले जानकारी दिए । नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोग स्थापना गरिएको खुल्ला व्यायामशालालाई आकर्षक र सुन्दर बनाउन फूल रोपिएको वडाध्यक्ष पोखरेलले बताए । कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की, ७ नम्बर वडाका अध्यक्ष मधुबाबु तिवारी,

    • प्रकाशित मितिः भदौ १९, २०८०
    • 813 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निराजन बस्ती हुँदै राजारानी जोड्ने सडक अलपत्र

    विजयपुर/ धरान वडा नम्बर १५ स्थित निराजन बस्ती हुँदै धनकुटाको राजारानी जोड्ने सडक अलपत्र बनेको छ  । धरानकै दुर्गम मानिएका धरान ४ को दानावारी, हर्दिया, तेलनपुर लगायतका गाउँलाई शहर सँग जोड्न २०७५ सालमा सडक उदघाटन गरिएको थियो  । दुई वर्ष भित्र १७ किलोमिटर सडक निर्माण सक्ने ठेक्का लागे पनि सडक निर्माण कार्य अहिले अलपत्र बनेको छ  । समयमै सडक सम्पन्न भए धरान ४ का स्थानीय उत्पादनलाई बजारीकरण गर्न शहरमा अध्ययन गर्न सहज हुने स्थानीयले विश्वास लिएका थिए  । ५ वर्ष सम्म पनि सडक निर्माण नहुँदा स्थानीयले समस्या भोग्नुपरेको छ  । तत्कालिन प्रदेश १ (क) तर्फका प्रदेश सांसद तथा

    • प्रकाशित मितिः भदौ १९, २०८०
    • 2,182 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved