धरान / मंसिर २२ गते देखि सुरु हुने हिसान बास्केटवलमा पुरुष तर्फ ११ र महिला तर्फ ६ टिमले सहभागिता जनाउने भएका छन् ।आयोजक हिसान सुनसरीले मंगलवार धरान मेघा हिमालयन कलेजको कार्यक्रम हलमा टाइसिट ड्र मार्फत खेल तालिका तयार गर्दै सहभागि टिम सार्वजनिक गरेका हुन । खेल तालिका प्रतियोगितामा प्राविधिक सहयोगको रुपमा रहेका धरान बास्केटवल संघका प्रतिनिधि तथा प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, प्रतियोगिता संयोजक अर्जुन घिमिरे, हिसान सुनसरी अध्यक्ष सागर भट्टराई, हिसान स्पोर्टस मिट खेलकुद संयोजक हेमन्त भण्डारी लगायतको उपस्थितिमा तयार पारिएको थियो । प्रतियोगितामा सुनसरीभरिका ०७८ र ०७९ सालका प
मोरङ / मंगलबार भारतको जोगबनी गएको मोरङ व्यापार संघको टोलीले भारतीय अधिकारीहरुसँग भेटवार्ता गरी भारतको बथनाहा–जोगबनी सडक खण्डमा निर्मित मीरगञ्ज पुललाई सञ्चालनमा ल्याउने सहमति गराएको छ ।संघका पदाधिकारीहरु र कार्यसमिति सदस्यहरुको टोलीले भारतको जोगबनीको आई.सी.पी.मा गई लेन्ड पोटर्स अथोरिटी अफ इण्डियाका प्रबन्धक रत्नाकर यादव, एस.डी.एम. एस. कुमार, नेशनल हाईवे अथोरिटी अफ इण्डियाका उमेश यादव र विजेपीका नेता दिलिप झालाई भेट गरी नवनिर्मित पुललाई तत्काल अस्थायी रुपमै भएपनि सञ्चालनमा ल्याउन सहमति भएको हो । पुलको निर्माण कार्य सम्पन्न भए पनि केही प्रक्रियागत कार्यहरु बाँकी रहेकाले पुलको आधिकारिक
विजयपुर / उषा राई प्रकरणमा संलग्न रहेको भन्दै धरान प्रहरीले चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । धनकुटा घर भई धरान १३ मा डेरा गरि बस्ने एकल महिला उषाकुमारी राईलाई कुटपिट गर्ने ४ जना महिलाहरुलाई धरान प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । घटनाका मुख्य आरोपी धरान १३ सुर्य मार्गकी ५५ बर्षीया उर्मिला राई, २६ बर्षीया सुमित्रा राई, धरान १७ की २९ बर्षीया सुसेली राई र ४० बर्षीय रत्न लिम्बु सुब्बालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेकी उर्मिला राईलाई मंसिर १५ गते प्रक्राउ गरिएको थियो । उनलाई जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थपि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय
धरान / प्रदेश तथा प्रतिनिधिसभाको सदस्यको निर्वाचन सकिए लगत्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग तालमेल सकिएको अभिव्यक्ति दिएका छन् । तर उनको अभिव्यक्ति व्यक्तिगत रहेको पार्टीका संघीय परिषद अध्यक्ष अशोककुमार राईले बताएका छन् । उनले भने–‘अध्यक्ष यादवको भनाई व्यक्तिगत हो, पार्टीगत होइन, एमालेसँग तालमेल सकिएको छैन, सहकार्य अझै हुन्छ ।’ एमालेसँग गठबन्धन गरेर सप्तरी २ को प्रतिनिधिसभाबाट उठेका यादवतलाई जनमत पार्टीका चन्द्रकान्त राउत (सिके) ले दोब्बर भन्दा बढी मत ल्याएर जित हात पारेको केही समय अगाडि अध्यक्ष यादवले नेकपा एमालेसँगको तालमेल सकिएको
विजयपुर/ कानुनी प्रक्रिया पुरा नगरी वन क्षेत्रमा साबुन उद्योग स्थापना गर्न थाले पछि जिल्ला वन कार्यालयले निर्माण कार्यको अवरोध गरेको छ । धरान वडा नम्बर २० मा निर्माण हुदै गरेको ‘माया धराने’ नामको साबुन उद्योग निर्माण गर्न गत सोमबार मेयर हर्क राज राईले शिलान्यास गरेका थिए । तिन महिना अघि कार्यपालिका बैठकले साबुन उद्योग स्थापना गर्ने निर्णय गरे पनि वन कार्यालय र वन उपभोक्ता समिती सँग समन्वय गरेर मात्रै अघि बढ्न आग्रह गर्दै आएको थियो । तर मेयर राईले धरान २० स्थित देवी गाउँ क्षेत्रमा साबुन उद्योग संचालन गर्ने भन्दै उद्योग निर्माण गर्न लागेका हुन् । सोमबार जिल्ला वन कार्यालय
बिराटनगर/उदयपुरको कटारी नगरपालिका २ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी २बस्ने ३० बर्षीय दिल कुमार थापा मगर रहेका छन् । हिजो साँझ ५ बजे आफ्नै घरको छतमा घरको तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका मगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटना बार इलाका प्रहरी कार्यालय कटारीले थप अनुसन्धान भईरहेको छ ।
इलाम/ आमचोक बजारको फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा वर्षौ देखिको फोहोर बोरामा हालेर पसलको छेउमा थुप्री रहेको थियो । सुगम मानिएकै जिल्लाको पश्चिमी क्षेत्रमा रहेको फाकफोकथुम गाउँपालिका केन्द्रको फोहोर व्यवस्थापनमा कसैको आँखा नपरेपछि बजारलाई गिज्याइरहेको थियो । स्थानीय तहको दोस्रो निर्वाचन पश्चात फाकफोकथुम गाउँपालिकाको केन्द्र आमचोकस्थित शुक्रबारे बजारमा वर्षाैंदेखि थुप्रिएको फोहोर व्यवस्थापन थालिएको छ । गाउँपालिकाले फोहोर विसर्जनका लागि जमिन व्यवस्थापन गरेपछि बजारको फोहोर व्यवस्थापन थालिएको हो । बजारका व्यवसायीले बोरा र ड्रमहरूमा लामो समयदेखि फोहोर फाल्ने ठाउँ नभएपछि थुपारेर राखेका थिए ।
धरान/ तत्कालीन माओवादी द्वन्द्व उत्कर्षमा थियो । माओवादीले गाउँमा समाजसुधारक काम गर्न थालेको थियो । सामाजिक विकृतिलाई निरुत्साहित गर्ने श्रमलाई प्रवद्र्धन गर्ने काम थालेको थियो । सुनसरीको बराहक्षेत्र १ मिलनचोकदेखि सूर्यकुण्डसम्म सडक निर्माण गर्न माओवादीले उर्दी जारी गर्यो । सबैले अनिवार्य श्रमदान गर्नुपर्ने नियम राख्यो । श्रमदान गर्न नभ्याउनेले आर्थिक सहयोग गर्नुपर्ने भयो । एक घर एक व्यक्ति वा १ सय ४१ रुपैयाँ नगद । बजारका अधिकांश व्यापारीले आर्थिक सहयोग गरे । सबैका घरबाट एक जन श्रमदानमा निस्किए । आज सूर्यकुण्ड पर्यटकीय स्थलका रुपमा प्रवद्र्धनको कार्यक्रम पर्खिरहेको छ । बराहक्षेत्रकै नडाह
धरान/ उद्योग सङ्गठन मोरङको आयोजनामा ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ को आयोजना गर्ने भएको छ । प्रदर्शनी विराटनगर महानगरपालिका वडा नं. १४ स्थित डिग्री क्याम्पसको प्राङ्गण पुरानो हवाई फिल्डमा यही मङ्सिर २९ देखि आगामी पुस ६ गतेसम्म हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गरि सातौं संस्करणको विराट एक्स्पो गर्न लागिएको जनाएको छ । विराट एक्स्पो एक औद्योगिक एक्स्पो हो । एक्स्पोमा उत्पादक र उपभोक्ताबिच व्यावसायिक अनुभवको आदान–प्रदान, उद्यमी–व्यवसायीलाई व्यावसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न पर्याप्त सघाउ पु¥याउने लक्ष्य लि
संखुवासभा/ संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य करिब २ वर्षदेखि अलपत्र परेको छ । भवन निर्माणको ठेक्का पाएको स्वामी नारायण बिनायक जे.भीले काम बिचैमा छाडेर हिंडेपछि नगरपालिकाको भवन निर्माण कार्य अलपत्र अवस्थामा पुगेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनालका अनुसार ठेकेदार कम्पनीले सम्झौता भएको मिति देखि काममा कुनै चासो देखाएको छैन । ‘पटकपटक सम्पर्क ग¥यौँ उहाँले त्यसमा कुनै चासो देखाउनु भएन खनालले भने, सम्झौता भएको मितिले २ वर्ष भित्रमा काम सम्पन्न गरि नगरपालिकालाई बुझाउनुपर्नेमा अहिलेसम्म दुई÷तीन प्रतिशत पनि काम भएको छैन ।&rs