धरान / शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको सम्यक शिक्षा समूह तिसौ वर्षमा प्रवेश गरेको छ ।शिक्षा क्षेत्रमा केन्द्रित रही विद्यालय समेत सञ्चालन आएको सामाजिक संस्था सम्यक शिक्षा समूह तिसौँ वर्षमा प्रवेश गरेको हो । धरान–१७ मा सम्यक आधारभूत विद्यालय स्थापना, सञ्चालन समेत गर्दै आएको सम्यकले असहाय, शारीरिक अपाङ्गता भएका नागरिकहरूलाई आधारभूत सहयोग पनि गर्दै आएको छ ।वार्षिकोत्सवको अवसरमा यसपालि पनि सम्यकले अपाङ्गता भएको दुई जना लाई व्हिल चियर प्रदान गरेको छ । पाँच जना दृष्टिविहिनहरुलाई सेतो छडी र १० जना ज्येष्ठ नागरिक वृद्ध, वृद्धालाई लौरो प्रदान गरेको छ । यसअघि पनि संस
मोरङ / प्रदेश १ प्रदेशसभाको सभामुख पदमा नेकपा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्विरोध चयन भएका छन् । गौतमलाई एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रस्ताव गरेका थिए । माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी)का कमल जबेगुले समर्थन गरेका थिए । गौतम ओखलढुंगाको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।
धनकुटा /धनकुटाको सिधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर कालोपत्रेको काम तिब्र रुपले हुँदै आएको छ । कालोपत्रेका लागि निर्माण कम्पनीले तिब्रता दिएको छ । निर्माण कार्यले तिब्रता पाएपछि जिल्लाको पश्चिमी क्षेत्रका नागरिकहरु हर्षित भएका छन् । सडक निर्माणका लागि ७२ प्रतिशत काम सम्पन्न भएपछि कालोपत्रेका लागि तयारी भएको हो । हिउदमा धुलाम्बे र बर्षाद्मा हिलाम्मे सडकको पीडाले ग्रसित बन्दै आएका यस क्षेत्रका नागरिकहरु सडक कालोपत्रे भएपछि हर्षित बनेका छन् । करिब तीन दशक अघि ट्रयाक खोलिएको सडक कालोपत्रे नहुँदा बर्षेनी नागरिकहरुले सास्ती भोग्दै आएका थिए । कोशी राजमार्गसँगै जोडिएको सिधुवा, शुक्रबार ओख्रे कालोपत्
धरान / त्रिदेशीय व्यापारिक सडक जोगबनी किमाथांका सडक बीच बीचमा विवादका कारण समयमै सम्पन्न हुन सकेको छैन । पछिल्लो समय यो विवाद धरानमा समेत देखिन थालिएको छ । धरानको बजार एरियामा ४ लेनको बनाउने हो या वाइपास गर्ने भन्ने बीच धरान उपमहानगरपालिकामा सडक छेउका घरवाला, स्थानीय बुद्धिजीवी र धरान उपमहानगरपालिकाबीच छलफल भएको छ ।छलफलका क्रममा धेरैले जोगबनी किमांथाका जोगबनी सडकलाई वाइपास गरेर लानुपर्ने तर्क राखेका थिए भने केहीले बजार एरियामा ६ लेनको बनाउँदा सर्वसाधारणले धेरै क्षति व्यहोर्नुपर्ने तर्क राख्दै सडक विस्तार गर्दा ४ लेनको बनाउनुपर्ने तर्क राखेका थिए । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (साम्
मोरङ / सहरका बीच भागमा अव्यवस्थित रुपमा छरिएर रहेका तारहरुलाई विराटनगर महानगरपालिकाले व्यवस्थापन गर्ने भएको छ । महानगरले पुस २८ गते बिहीबारदेखि विराटनगर महानगरले केवल तथा नेटको तार व्यवस्थापन गर्ने भएको हो । सोमबार विराटनगरमा केवल तथा नेट व्यवसायीका प्रतिनिधिलाई बोलाएर महानगरले तारको व्यवस्थापन गर्ने निर्णय गरेको हो । पहिलो चरणमा हिमालय रोडबाट तारको व्यवस्थापन गरिनेछ । अटेर गर्ने कम्पनीको तार काट्ने उपमहानगरपालिकाले जनाएको छ । विराटनगरको सौन्दयर्तामा ह्रास आएको भन्दै महानगरले यस्तो निर्णय गरेको हो । गत असोज १३ गते पनि बैठक राखेर केवल तथा नेट व्यवसायीलाई तार व्यवस्थापन गर्न निर्देशन दिइए
काठमाडौं / दि नेपाल डिस्टीलरिजको उत्कृष्ट उत्पादन ‘खुकुरी रम’ले खेल प्रवद्र्धनमा समेत ध्यान दिन थालेको छ । पछिल्लो समय खुकुरी रमले खेलहरुको प्रवद्र्धन र खेलाडीहरुको मनोवल वृद्धिका लागि विभिन्न लिग तथा इभेन्टहरुमा सहकार्यको अभ्यास सुरु गरेको हो । हालै खुकुरी रमले प्रदेश १ को एक मुख्य शहर धरानमा आयोजित गल्फ प्रतियोगितामा समेत सहकार्य गरेको थियो । गल्फ खेलको प्रवद्र्धन र खेलाडीहरुको मनोबल वृद्धिका लागि आफूहरुले धरान गल्फ क्लबसँग सहकार्य गरेको दि नेपाल डिस्टीलरिजकी इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीले जानकारी दिनुभयो । खुकुरी रमले खेलहरुको प्रवद्र्धनका लागि यस्ता इभेन्टहरुमा सहका
धरान / आगामी पौषको अन्तिम सातामा हुन लागेको खुकुरी एमेन्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न टाइटल प्रायोजकले ११ लाख दिने सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार खुकुरी एमेच्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न धरान गल्फ क्लब र द नेपाल डिस्टिलरी प्रालिबीच सो सम्झौता भएको हो । धरान गल्फ क्लबको कार्यालयमा प्रालिका एसिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधान र क्लबका सचिव भरत तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सो अवसरमा खुकुरी रम उत्पादक प्रालिर्ले क्लबलाई एक वर्षको लागि ११ लाख रुपैया दिने सम्झौता भएको खुकुरी रमको असिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधानले जानकारी दिए । यो सम्झौत
धरान / धरान उपमहानगरपालका वडा नं. १४ लाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा धरान उपमहानगरपालिकाले गुरुयोजना बनाएर अगाडि सारेको छ । यहाँ रहेका मठ मन्दिरको संरक्षण, सरसफाई, पर्यटक आउने वातावरण सिर्जना गर्ने लगायतका कुराहरु यसभित्र पर्छन् । पर्यटकलाई सहजताका लागि धरान १४ को वडा कार्यालय छेउमा सूचना केन्द्र समेत बनेको छ । तर मन्दिर आसपासमा रहेका फोहोर भने हत्तपत्त उठ्दैन ।जसले गर्दा धार्मिक पर्यटकीय क्षेत्रमा आएका धार्मिक पर्यटकहरु नाक थुनेर हिड्ने गरेका छन् । विजयपुरमा नेपाल लगायत भारतसम्मका धार्मिक पर्यटक आउने गर्छन् । उनीहरु यहाँ आउँदा विजयपुरमा रहेको पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा
मोरङ / प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार सपथ लिएका छन् । उनीसँगै तीन जना विना विभागीय मन्त्रीले सपथ लिएका हुन् । नेकपा एमाले संसदीय दलका नेता कार्कीले मुख्यमन्त्रीको शपथ लिएपछि तीन जना मन्त्री नियुक्त गरी मन्त्रीमण्डल विस्तार गरेका हुन् । नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, जसपाकी निर्मला लिम्बू र राप्रपाका भक्ति सिटौलाले मन्त्रीको शपथ लिएका हुन् । उनीहरू तीनैजनाको मन्त्रालय तोकिएको छैन । उनीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका थिए । मुख्यमन्त्रीमा नियुक्तिसँगै सपथ लिइसकेपछि कार्मीले प्रदेशप्रति जनताको टिप्पणी र आलोचनलाई सच्चाएर लाने बताएका छन । उनले प्रदेशप
धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिकालाई स्थानीय, प्रदेश र संघले समेत पर्यटकीय स्थलको रुपमा लिने गरेको छ । अँग्रेजी महिनालाई लक्षित गरी भर्खरै सम्पन्न भएको भेडेटार खाना महोत्सव बढी भन्दा बढी पर्यटक भित्र्याउने र साँगुरीगढीलाई पर्यटकीय स्थल बनाउने उद्देश्यका साथ सम्पन्न भएको छ । तर यस्ता उद्देश्यलाई सामान्य भन्दा सामान्य कुराले समेत प्रभाव पार्ने गर्छ । सुनसरीको धरानजस्तै साँगुरीगढीलाई पनि पर्यटन प्रवद्र्धनको विकासमा खानेपानी समस्याले बाधा पु¥याउने निश्चित देखिएको छ ।पानी अभावकै कारण साँगुरीगढी गाउँपालिकाको गोलखाडी, आस्कोटमा खानेपानीको चरम समस्या छ । खानेपानी समस्याकै कारण उनीहरुको दिनच