इलाम २ मा पहिचानवादीका तर्फबाट साझा उम्मेदवार

  • पुस २९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ प्रदेशको नाम कोशी राखेपछि आन्दोलनरत प्रदेश नम्बर १ पुन नामकरण समितिले इलाम क्षेत्र नम्बर २ मा हुने उप निर्वाचनमा पहिचानको पक्षधरका तर्फबाट साझा उम्मेदवार उठाउने निर्णय गरेको छ ।

सुनसरीको धरानमा भएको बैठकले इलाममा हुने उप निर्वाचनमा पहिचान पक्षधरहरूका तर्फबाट साझा उम्मेदवार उठाउने निर्णय गरेको हो । इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित एमाले उपाध्यक्ष सुभाष नेम्वाङको मृत्यु भएपछि सो क्षेत्र रिक्त रहेको छ ।

धरानमा सम्पन्न २ दिने बैठकले १० वटा निर्णय गर्दै ‘कोशी’ नाम राखिएको फागुन १७ गतेलाई कालो दिन मनाउन आउँदो फागुन १७ गते प्रदेश १ मा आम हडताल गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेशका मुख्यमन्त्री, मन्त्री र सभा सदस्यहरूलाई कालो झन्डा प्रदर्शन लगायतका पूर्व घोषित विरोध कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरिएको छ ।

यस्तै सरकारी तथा गैरसरकारी कार्यालयहरूमा ‘कोशी’ नाम लेखिएको बोर्ड, लेटर प्याड, स्ट्याम्प राखिएको चलाइएको भए सम्बन्धित कार्यालय प्रमुखलाई हटाउन अनुरोध गर्ने, नहटाए पहिचानको लागि युवाको केन्द्रीय, जिल्ला, स्थानीय समिति र सङ्घर्ष समितिको स्थानीय तहले हटाउने र मेटाउने कार्य माघ १३ देखि फागुन १० गते गरिसक्ने निर्णय गरिएको छ ।
पहिचानवादी जातीय सङ्घ, सङ्गठनहरूमा रहेर पहिचान विरोधी काममा संलग्न हुनेलाई सम्बन्धित सङ्घ सङ्गठनहरूले कारबाही गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधानप्रति प्रतिबद्धता जनाउँदै वर्तमान संविधानको रक्षा, सङ्घीय गणतन्त्रलाई कार्यान्वयन गर्न वर्तमान पार्टीहरूका नेताहरूले नसक्ने परिस्थितिमा वा रक्षा गर्न नचाहेमा निकट भविष्यमै तेस्रो जनआन्दोलनको नेतृत्व गर्दै, देशैभर माहौल सिर्जना गर्न तयारी गर्ने निर्णय पनि गरेको छ ।

आन्दोलनका क्रममा इलाम जेलमा पुर्पक्षका लागि थुनामा रहेका आशिष् साम्बा लिम्बू रिहाइको पहल र घट्नाको अध्ययन गर्न नेपाल जनमुक्ति पार्टीको महासचिव पदम जवेगुको संयोजकत्वमा ३ सदस्यीय टोली गठन गरेको छ ।

टोलीमा जसपाका टुपेन्द्र येक्तेन र किरात राई यायोख्खा इलाम जिल्ला अध्यक्ष पुष्पा राई सदस्य रहेका छन् ।

भुक्तानी रोकेको भन्द ...

धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रो ...

इन्द्रप्रस्थ जेष्ठ न ...

धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई ...

रक्तदान जीवनदान : वर ...

वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी ...

भ्रष्टाचार, अतिक्रमण ...

धरान/ शनिबार धरानमा भ्रष्टचार र अतिक्रमण विरुद्धको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved