‘गुण र दोषको आधारमा प्रदेश सरकारको आलोचना हुन्छ’

  • पुस २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सरकारले गुण र दोषको आधारमा आलोचना हुने बताएका छन् ।

कोशी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै कार्कीले अहिले नै सरकारको कामको आलोचना गरिहाल्नु पर्ने अवस्था आई नसकेको बताए ।

‘सरकारको आलोचना गरिरहनु पर्ने अवस्था आई सकेको छैन, उनले भने, एक सय दिन पुरा गरेपछि मात्र सरकारको गुण र दोषको आधारमा सरकारको आलोचना हुनेछ ।’

उनले दोस्रो प्रदेश सभाको एक वर्ष पुरा भएको स्मरण गराउँदै यो एक वर्षमा प्रदेश सभाले ५ मुख्यमन्त्री र २ सभामुख पाएको समेत स्पष्ट पार्दै यस्तो अवस्थामा पनि धेरै कामहरू सभाले गर्न नसकेको बताए ।

गत वर्ष पुस २८ गते सर्वसम्मत सभामुख पाएको प्रदेश सभाले ५ महिना पुग्दा नपुग्दै सभामुख गुमाएको पनि सुनाए ।

सभामुखको राजीनामा जसले दिन बाध्य बनायो त्यही दलले फेरी सभामुख चाहियो भन्दै माग्नु पर्ने अवस्था आएको भन्दै माओवादी प्रति कार्कीको कटाक्ष थियो । नव निर्वाचित सभामुखले बाँकी ४ बर्षकोलागि जिम्मेवारी पूर्वक काम गर्नेमा नेकपा एमाले विश्वस्त रहेको बताए ।

‘एक वर्षमा कोशी प्रदेश सभा सफल रहेको छ, उनले भने, समस्यै समस्याको बिचमा पनि कोशी प्रदेश सभाले संघीय प्रतिनिधि सभाले गरेको भन्दा धेरै काम गर्न सफल भएको छ ।’

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved