समाचार

    Showing 3,691-3,700 of 8,509 items.
  • गरिमा डान्सद्वारा एकल नृत्य प्रयोगिता

    धरान / गरिमा डान्स सेन्टर धरानले सरस्वती पूजाको अवसरमा बिहीबार एकल प्रतियोगिताको आयोजना गरेको छ ।प्रतियोगितामा सिनियर तर्फ अंशु श्रेष्ठ प्रथम, कन्चन राई दोस्रो र सन्ध्या माझी तेस्रो भएका थिए । यसैगरी जुनियर तर्फ एलिना मास्के प्रथम, आस्था राई दोस्रा र माहिरा रेग्मी तेस्रो भएका थिए । धरान–९ आचार्य लाईन रहेको आफ्नै सेन्टरको हलमा आयोजित प्रतियोगितामा विजेताहरुलाई सेन्टरका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुको शिल्ड, प्रमाणपत्र तथा गिफ्टह्यापर प्रदान गरेका थिए । नृत्य निर्देशकद्वय सानुराजा थेगिम र रीमा थापा मगर निर्णायक रहेको उक्त प्रतियोगितामा १८ जनाले भाग लिएका थिए ।

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 570 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ज्वाइँ खानामा वाचिप्पा–याङ्बेनदेखि स्यफुम्हिचा र चटामरीसम्म

    धरान / ज्वाइँ साहेब, ज्वाइँ नारायण, ज्वाइँ राजा, ज्वाइँ महाराजा, ज्वाइँ महाराजा स्पेशल खाना र खाजा सेट पस्कँदै आएको धरानस्थित पुतली लाइनमा सन्चालित ’डिमाण्डु ज्वाइँ खाना’ ले किराँती र नेवारी सांस्कृतिक परिकार पस्कने भएको छ ।    धरानमा ज्वाइँ खानाका नामले परिचित खाना घरमा स्थानीय मौलिक र सांस्कृतिक परिकारलाई मेनुमा समावेश गरी सर्व गर्ने जानकारी गराएको छ । अब मेनुमा पारखीले ज्वाइँ खानामा वाचिप्पा– याङ्बेनदेखि स्यफुम्हिचा र चटामरीसम्मको स्वाद लिन सक्ने छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै डिमाण्डुले राई, लिम्बू र नेवार जातिका विभिन्न परिकार पस्कने जानकारी गराएको हो ।

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 636 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गणतन्त्र दिवसमा विविध कार्यक्रम

    धरान / नेपालको छिमेकी राष्ट्र भारतको ७४ स्वतन्त्रता दिवस भारतीय पेन्सन वितरण कार्यालयले समेत भव्यताका साथ मनाएको छ ।बिहीबार धरान १३ कोलेनीमा रहेको कार्यालयमा कार्यालयका प्रमुख मेजर भरत कनौजियाले भारतको झण्डा झण्डोत्तलन गरी कार्यक्रमको शुभारम्म गरेका थिए । भारतले सन् १९५० जनवरी २६ मा गणतान्त्रिक सविधान जारेको दिनलाई स्मरण गर्दै गणतन्त्र दिवस मनाउँदै आएको छ । सन् १९५० का दिन भारतले वृटिश साम्राज्यसँग सम्बन्ध भंग गरेको थियो भने भरतका प्रथम राष्ट्रपति राजेन्द्रप्रसादले राष्ट्रपतिको पदभार सम्हालेको दिनलाई भारतले स्वर्णिम दिनको रुपमा लिने गरेको छ । नेपालस्थित भारतीय राजदुतावाससँगै दुतावास मातह

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 1,387 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तालिममा उत्कृष्ट विद्यार्थीलाई सम्मान

    धरान / धरान १४ विजयपुरमा रहेको आइडियल बोर्डिङ स्कुलले नेपाली सेनाको राष्ट्रिय सेवा दल (एनसिसी)द्वारा आयोजित एनसीसी तालिममा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । एनसिसीको जुनियर डिभिजन ४८ औ ब्याचको तालिम सम्पन्न भएसँगै तालिममा उत्कृष्ट ल्याउने विद्यार्थीहरुलाई स्कूलले सम्मान गरेको हो । गत पुस–४ गते राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङशिला, मोरङमा तालिम सम्पन्न भएको थियो । तालिममा सहभागी विद्यार्थीहरुलाई प्रमाण–पत्र प्रदान गरिएका थियो भने तालिम अवधिभर विभिन्न विधामा उत्कृष्ट भएका छात्र–छात्राहरुलाई मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो । तालिममा अवसरमा

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 595 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशसभाको बैठक माघ २३ गते

    मोरङ / प्रदेश १ को बैठक माघको तेस्रो हप्तालाई बोलाइएको छ । प्रदेश १ का सभामुख बाबुराम गौताले प्रदेश १ को बैठक माघ २३ लाई बोलाएका हुन् । यो बैठक निर्वाचन सम्पन्न भएपछि पहिलो अधिवेशनको छैटौं बैठक हो । प्रदेशसभाका सचिव गोपाल पुराजुलीका अनुसार आगामी माघ २३ गतेका लागि वैठक बोलाइएको जानकारी दिए । उनले भने–‘उपसभामुखको निर्वाचन सम्पन्न भएपछि स्थगित भएको बैठक छैटाै बैठकको रुपमा बोलाइएको हो ।’ प्रदेश सरकारको पहिलो कार्यकालले टुंगो लगाउन नसकेको प्रदेशको नामकरणकै विषयमा छलफल हुने सचिव पराजुलीले जननकारी दिए । उनका अनुसार योसँगै बैठकमा प्रदेशसभाका विषयगत समितिको टुंगो लगाउने बारे छलफल हु

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 535 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खोलाकिनारामा बस्नेलाई नियन्त्रण गर्न कठिन

    धरान / खोलाकिनार अतिक्रमण गरी बसेका सर्वसाधारणलाई धरान उपमहानगरपालिकाले उठाउने क्रम जारी छ । प्रयास जारी रहे पनि पूर्ण नियन्त्रणमा भने उपमहानगरपालिकालाई मुस्किल परेको छ ।धरानका सर्दु, सेउती खोला किनारामा जोखिमको प्रवाह नै नगरी घर टहरा बनाउनेको संख्या बढ्दै गएपछि उपमहानगरपालिकाले जोखिम न्यूनीकरण गर्न त्यस्ता वस्तीहरु उठाउन थालेको छ । बुधबार पनि उपमहागरपालिकाले धरान ११ सर्दु खोला किनारको सुन्दर वस्ती क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरिएको नगरप्रहरीको सहयोगमा वस्तीहरु भत्काएको पाइएको छ । नगर प्रहरी प्रमुख विष्णु कोइरालाको नेतृत्वमा गएको टोलीले अनधिकृत ढंगबाट बनाइएका बासको घेराबारा गरी टहरा बन

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 562 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २३औं टुबोर्ग गोधुली फुटबल रनिङ कप उपाधिका लागि १५ र १७ नं. वडा भिड्ने

    धरान / धरानमा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको उपाधिका लागि वडा नं. १५ र १७ भिड्ने पक्कापक्की भएको छ । बिहीबार धरान रंगशालामा भएको खेलमा वडा नं. १६ लाई ३–० गोल अन्तरले पराजित गर्दै १७ नं. वडा फाइनलमा स्थान पक्का गरेको छ । यस अघि वडा नं. ५ लाई पराजित गर्दै १५ ले फाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ । बिहीबार भएको खेलमा वडा नं. १७ का लागि मिलन राईले दुई गोल गरे भने सुशिल राईले एक गोल गरे । प्रतिस्पर्धात्मक खेलको पूर्वाद्र्धको समय गोल रहित बराबरीमा सकिएको थियो । उतरार्धमा भने १७ नं. वडाले ३ गोल गरेको थियो । खेलको उत्तरार्धको ७ मिनेटमा नै १७ नं. वडाले पेनाल्टी मार्फत् अग्रता लिएको

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 678 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आचार्यको आत्मदाहले राज्यलाई लज्जित बनाएको छ

    मोरङ / इलामाका युवा प्रेमप्रसाद आचार्यको मृत्युप्रति धेरैले टिका टिप्पणी गरेका छन् । यसै क्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले यो घट्नाले राज्यलाई लज्जित बनाएको बताएका छन् । उनले भनेका छन्, ‘देश र समाजलाई नै लज्जित बनाउने गरी संसद भवन अगाडि देशभित्रै बसेर केही गरौं भनेर अगाडि बढिरहेको युवाले आगो लगाएर आत्महत्या गर्नु अत्यन्तै दुखदायी घटना हो । यो घटना शब्दमा वर्णन गरेर नसकिने हो भन्ने मलाई लाग्दछ ।’ उनले सो घटनालाई जनतामा राज्यप्रतिको निराशा र आक्रोशको संकेत भएको टिप्पणी समेत गरेका छन् । मेयर कोइरालाले निजी सचिवालयमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै आचार्यको आत्म

    • प्रकाशित मितिः माघ १२, २०७९
    • 584 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • क्रिकेटको उपाधि कस्तुरी कलेजलाई

      सुनसरी / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको स्पोर्ट्स मिट २०७९ अन्तर्गत हिसान क्रिकेटको उपाधी इटहरीको कस्तुरी कलेजले जितेको छ । इटहरी ९ स्थित जनता क्रिकेट पार्कमा बुधबार सम्पन्न फाइनलमा कोशी कलेज इटहरीलाई ७ बिकेटले पराजित गर्दै कस्तुरीले उपाधी जितेको हो । प्रतियोगितामा टस हारेर पहिले ब्याटिंग गरेको कोशी कलेजले निर्धारित १० ओभरको खेलमा ६ बिकेट गुमाउदै ७५ रन बनाएको थियो । कोशीका मनिष माझीले १६ रन बनाउदा एमडी आरिकले १५ र अदित्य श्रेष्ठले १३ रन जोडे । प्रदिप निरौलाले ४ र प्रकाश चौधरीले २ रन बनाए। सन्देश कार्कीले १ रन मात्र जोडे । जवाफमा ७६ रनको बिजयी लक्ष्य

    • प्रकाशित मितिः माघ १२, २०७९
    • 634 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाम नगरपालिकाको १२ औं नगरसभाबाट ३३ ‘विशेष प्रस्ताव’ पारित

    इलाम / इलाम नगरपालिकाको १२ औं नगरसभा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । १२ औं नगरसभाले विभिन्न क्षेत्रका ‘विशेष प्रस्ताव’ पारित गरेको पत्रकार सम्मेलन गरी नगरपालिकाले जानकारी दिएको छ । इलाम नगरपालिकाको १२ औं नगरसभाले इलामको कृषि तथा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका कार्यक्रम सञ्चालनका लागि प्रदेश तथा संघीय सरकारलाई अनुरोध गर्ने, पशुपालन क्षेत्रको व्यवसायीकरण, बजारीकरण र आधुनिकीकरणका लागि आधुनिक पशु बधशाला निर्माणमा सहयोग गर्न प्रदेश तथा संघीय सरकारलाई अनुरोध गर्ने प्रस्ताव पारित भएको छ । यस्तै, नेपाल सरकारबाट पूर्वी पहाडको पाँचथर र इलाममध्ये एक स्थानमा मेडिकल कलेज स्थापनाका

    • प्रकाशित मितिः माघ १२, २०७९
    • 511 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved