धरान / स्थानीय सरकारले जेष्ठ नागरिकलाई सम्मान हुने खालका कार्यक्रमहरु अगाडि बढाउँदै आएका छन् । वडाहरुले स्थानीय सरकारको अनुभूति हुने खालका कामलाई अगाडि बढाउँदै ज्येष्ठ नागरिकको घर घरमा पुगेर सामाजिक सुरक्षा वितरण गर्ने कामलाई निरन्तरता दिएका छन् । धरानका २० वटै वडाले यस्ता कामलाई अगाडि बढाएका छन् । सामाजिक सुरक्षा भत्ता घर घरमा पुगेर दिने कामको सुरुवात धरान उपमहानगरपालिका वडा नं. १४ ले गरेको थियो । वडाले ज्येष्ठ नागरिकलाई मात्र हैन अपाङ्ग तथा असहायहरुको सहजताका लागि घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो । पछिल्लो समय धरान उपमहानगरपालिका ८ नं. वडा कार्यालयले समेत यो क
धरान/एक नम्बर प्रदेशस्तरीय रेजिना रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि ओखलढुंगा भलिबल टिमले जितेको छ । संखुवासभाको सदरमुकाम खाँदबारी शनिवार भएको फाइनलमा भोजपुर भलिबल टिमलाई ३–१ सेटमा हराउँदै ओखलढुंगाले उपाधि जितेको हो । प्रतियोगितामा झापा भलिबल टिम तेश्रो र पाँचथर भलिबल टिम चौथो भएको छ । प्रतियोगितामा सर्वोकृष्ट खेलाडी ओखलढुंगाका समिप श्रेष्ठ घोषित भए । बेष्ट स्पाइकर ओखलढुंगाका हरि अधिकारी, लिफ्टर मनोज घिमिरे, व्लकर द्वारिका थापा, लिब्रो भोजपुरका सन्तोष राई र सर्भर बालकुमार रायमाझी घोषित भए । विजयी ओखलढुंगाले नगद १ लाख ११ हजार शिल्ड प्रदान गरिएको थियो भने उपविजेता चित्त बुझाएकोे भोजपुर
मोरङ / नेकपा एमाले सम्बद्ध पत्रकारहरुको संगठन प्रेस चौतारीको २५ औं स्थापना दिवसको अवसर पारेर विराटनगरमा दुई जना पत्रकारलाई सम्मान गरिएको छ । आइतबार स्थापना दिवसको अवसरमा प्रेस चौतारी मोरङ जिल्ला कार्यसमितिले शुभकामना आदानप्रदानसँगै जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार र कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कारबाट दुईजना पत्रकारलाई सम्मान गरेको हो । जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट तेजेन्द्र भण्डारी र कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार २०७९ बाट दिनेश सुब्बालाई सम्मान गरिएको हो । पत्रकारद्वय भण्डारी र सुब्बालाई प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुम
धनकुटा / प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर आइतबार धनकुटा जिल्ला अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिएको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले अस्पतालमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गरेको हो । सो अवसरमा प्रदेश सभा सदस्य एवं एमाले अध्यक्ष इन्द्रमणी पराजुली, जिल्ला समन्वय समितिका उपप्रमुख एवं एमाले प्रचार विभाग प्रमुख सावित्रा राई, प्रेस चौतारीका केन्द्रीय सदस्य सन्तोष रुचाल, सल्लाहकार भेषराज कटेल, जिल्ला अस्पतालका प्रमुख डा.अमिताव ठाकुर लगायतले विरामीलाई फलफुल वितरण गरे । त्यस्तै, पत्रकार महासंघका निवर्तमान अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, प्रेस चौतारीका
धरान / स्थानीय सरकारले आफ्ना नागरिकलाई सुरक्षा प्रदान गर्ने विषयमा गम्भीर बनेका छन् । शिक्षा, स्वास्थ्यसँगै सुरक्षा चुनौतिलाई समेत मध्यनजर गरेर धरान उपमहानगरपालिकाका वडाहरुले सुरक्षाको प्रत्याभूति दिने खालका काम गर्न थालेका हुन् । यस काममा सबैभन्दा अगाडि धरान १४ विजयपुर रहेको थियो । धरान १४ विजयपुरमा अस्थायी प्रहरी चौकी निर्माणको प्रक्रिया अगाडि बढेको छ भने चौक चौकमा सिसी क्यामेरा जडान गरिएको छ । धार्मिक पर्यटकीय क्षेत्र भएकै कारण सिसी क्यामरा जडान गरिएको धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताएका छन् । पछिल्लो समय धरान १६ ले समेत आफ्नो वडाबासीलाई शान्ति स
दुहबी \ सुनसरीको दुहबीमा जारी दोस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटर फाइनल खेलमा इटहरी फुटबल क्लब सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा इटहरी फुटबल क्लब सुनसरीले बसाहा ११ फुटबल क्लब उदयपुरलाइ १–० गोल अन्तरले पछि पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको ९ औं मिनेटमा इटहरी फुटबल क्लब सुनसरीका खेलाडी राजेश लुंगेलिले एक गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित गराएका हुन् । दुवै तर्फबाट आक्रमक खेल भएपनि निर्धारित समय सम्म बसाहा फुटबल क्लब उदयपुरले गोल फर्काउन सकेको थिएन । खेलको म्यान अफ द म्याच इटहरी फुटबल क्लब सुनसरीका खेलाडी
धरान / नोवेल एकेडेमी धरान–११ को हिज्जे प्रतियोगितामा निलो सदन प्रथम हुन सफल बनेको छ ।निलो सदनका तर्फबाट प्रिसिका दास, हाङ्मा लिम्बु, राजु श्रेष्ठ, आसुसेन तामाङ, र रिजन कट्वाल रहेका थिए । प्रतियोगितामा पहेलो सदन दोस्रो भएको छ । पहेलो सदनका तर्फबाट सामना लिम्वु, खुशी मगर,समिर तामाङ, संस्कार राई र सागर सुनार रहेका थिए । त्यसैगरी प्रतियोगितामा हरीयो सदनको टिम तेस्रो वन्न सफल भएको थियो । तेस्रो सदनका तर्फबाट मनिका श्रेष्ठ,प्रतिज्ञा राई, सामिङ्मा राई, दिपेन्द्र श्रेष्ठ र आरुसि गनगाई रहेका थिए ।प्रतियोगिताका विजेताहरुलाई ट्रफि र प्रमाण–पत्र प्रदान गरिने विद्यालयका सहायक प्रिन
सुनसरी / प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा सुनसरी शाखाले तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ । विगत दुई दशकदेखि सुनसरीमा रहेर पत्रकारिता गरिरहेका नवराज विष्टलाई चौतारीले कृयाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । यस्तै उदयीमान पत्रकारका रुपमा इटहरीका प्रकाश तिम्सिनालाई पुरस्कृत गरेको छ । साथै कौशिला खतिवडा स्मृति पत्रकारिता पुरस्कारबाट रोजी खतिवडालाई पुरस्कृत गरेको पुरस्कार छनोट समितिका संयोजक तथा चौतारीका केन्द्रीय सदस्य देवेन्द्र कार्कीले जानकारी दिए । यसैबीच गत प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा चौतारीका तर्फबाट उत्कृष्ट रिपोर्टिङ गर्ने सन्चारकर्मी
विजयपुर / संविधानतः निर्माण भएका तीन तहका सरकारमध्ये प्रदेश सरकार निम्छरो भएको प्रदेश १ का सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले बताएका छन् । ‘संविधानतः तीन वटा सरकार छ, स्थानीय सरकार जति बलियो छ, संघीय सरकार जति बलियो छ, हामी त्यति निम्छरो छौं,’ मन्त्री राजभण्डारीले भने, ‘अधिकार पनि छैन, काम पनि धेरै गर्नु पर्ने ।’ प्रदेशसरकार खारेजगर्ने आवाजहरुलाई सङ्घीय सरकारले मलजल गर्दै गइरहेको मन्त्री राजभण्डारीले आरोप लगाएका छन् । उनले यस्ता आवाजहरुलाई न्युनीकरण गर्दै जाने काममा आफ्नो प्रयत्न रहने दृढता व्यक्त गरे । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा इट
धरान/धरानको बसपार्क अस्तव्यस्त भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले भानुचौक एरियामा जथाभावि रोक्ने अटो टेम्पो तथा सिटी सफारी नियन्त्रण गर्न थालेको छ । सिटी सफारीले बसपार्क अस्तव्यस्त बनाएको र दुर्घटनाको जोखिम बढाएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले सरोकारवालापक्षसँग छलफल गरेर निर्णय गरी नियन्त्रणको प्रयास थालेको हो । प्रयास स्वरुप कार्यालयले सरोकारवालासँग माघ १२ गते छलफल समेत गरेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतको उपस्थितिमा सिटिसफारीका प्रतिनिधिहरुसमक्ष छलफल भएको थियो । छलफलमा सिटी सफारीलाई ट्राफिक नियमसम्बन्धी जा