धरान/ उदयमान बास्केटबल खेलाडी स्वर्गीय रेवाहाङ राईको स्मृतिमा आयोजना गरिएको चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता को उपाधि धरान मेघा हिमालयन कलेज ले हात पारेको छ। आइतबार धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न फाइनल खेलमा धरान मेघाले हिमशिखर इङ्लिस बोर्डिङ स्कुललाई ८५–७५ अंकले पराजित गर्दै उपाधि जितेको प्रतियोगिताका बास्केटबल कोच युगल माबो लिम्बु ले जानकारी दिए। विजेता धरान मेघा हिमालयन कलेजले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता हिमशिखर इङ्लिस बोर्डिङ स्कुलले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ। प्रत
धरान/ प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सुनसरी क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सूर्यबहादुर भट्टराई ‘मनोज’ चुनावी अभियानलाई तीव्र बनाउँदै घरदैलोमा निस्किएका छन्। आइतबार बिहान धरान उपमहानगरपालिका–१४ करमडाँडाबाट सुरु गरिएको घरदैलो अभियानमा भट्टराईले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेन्डा र भावी योजनाबारे स्पष्ट पारे। घरदैलोका क्रममा मतदातालाई सम्बोधन गर्दै उनले आफू एकता, सद्भाव र विकासको स्पष्ट खाकासहित चुनावी मैदानमा उत्रिएको बताए। धरानको दीर्घकालीन खानेपानी समस्या समाधानलाई आफ्नो प्रमुख राजनीतिक एज
मोरङ/ प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा परेको छ । हिउँदका महिनामा प्रायः दैनिक पाँच सयको हाराहारीमा आउने आन्तरिक पर्यटकलाई सिमसारमा प्रत्यक्ष रूपमा देख्न पाइने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिङ्गर, साथै हरिणलगायत जीवजन्तुुले लोभ्याउने गरेको छ । सुुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पुर्वतर्फ गएपछि हरियो वनले ढपक्कै ढाक्छ, त्यससँगै केही मिटर पर पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा वेतना सिमसार रहेको छ । दुई प्रजातिका वेत वनस्पतिको जङ्गल रहेकाले यस क्षेत्रलाई वेतना सिमसार क्षेत्र भनिएको वेतना सिमसार सामुदायिक वन उपभोक्ता समू
भद्रपुर/ नवोदित कानुन व्यावसायीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले झापाको भद्रपुरमा मस्यौदा लेखन सम्बन्धी एकदिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। कानुनी ज्ञान केन्द्र झापाको आयोजनामा सम्पन्न तालिम कार्यक्रम जिल्ला सरकारी वकील कार्यालय झापाका जिल्ला न्यायाधिवक्ता दिपेश शाहको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेत तथा झापा बारका सहसचिव एवं झापा बार महिला समिति अध्यक्ष अधिवक्ता सानु कार्की बस्नेतको विशेष आतिथ्यता रहेको थियो। तालिम कार्यक्रमको अध्यक्षता कानुनी ज्ञान केन्द्र झापाका अध्यक्ष अधिवक्ता तारामणी सापकोटाले गर्नुभएको
वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका–२, जब्दीमा अवस्थित नगरकै कान्छो सामुदायिक विद्यालय जलदेवी आधारभूत विद्यालयले आफ्नो २७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ । शनिबार विद्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममार्फत वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरिएको हो । कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की प्रमुख अतिथिका रूपमा सहभागी थिए । त्यसैगरी शिक्षा विकास तथा समन्वय इकाइ, सुनसरीका प्रमुख देबेन्द्र मल्ल, आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद लिम्बू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव गौतम, आदर्श माविका पूर्व प्रधानाध्य
वराहक्षेत्र/ स्वर्णिम साहित्य समाज वराहक्षेत्र, सुनसरीद्वारा आयोजित विद्यार्थीलक्षित कविता वाचन रियालिटी शो ‘स्कुलमा कविता’ को तेस्रो संस्करण आजदेखि सुरु भएको छ। वराहक्षेत्र–५ भरौलस्थित मुनबिम एकेडेमीमा सुरु भएको कार्यक्रममा ८ वटा विद्यालयका १३ जना प्रतिनिधि बाल कविहरूले कविता वाचनमार्फत आफ्नो सिर्जनात्मक प्रतिभा प्रस्तुत गर्ने छन्। साविक वराहक्षेत्र क्षेत्रका ५ वटा गाविसका माविस्तरीय विद्यार्थीहरू यस रियालिटी शोमा सहभागी भएका छन्। प्रतियोगिताबाट उत्कृष्ट १ जना बाल कविले उपाधि जित्नेछन्। विजेताले नगद १० हजार रुपैयाँ, एक झोला पुस्तक, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्।
धरान/ सूर्यप्रसाद भट्टराई (मनोज)को जित सुनिश्चित गर्ने लक्ष्यसहित नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी क्षेत्र नं. १ मा व्यापक चुनावी महाअभियान सुरु गरेको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्दै तयारीलाई तीव्र बनाएको हो। शुक्रबार पार्टीका केन्द्रीय सदस्य किरण राईको संयोजकत्वमा गठित उक्त समितिमा नेकपाका केन्द्रिय सदस्य जीवन राई, मुक्साहाङ मेन्याङवो, टिका कन्दङवा, उमिता बराईली, राम मान्डुपा राईसहित प्रदेश, जिल्ला तथा नगर कमिटीका पदाधिकारी र सदस्यहरू समावेश छन्। परिचालन समितिअन्तर्गत आर्थिक, प्रचार–प्रसार, युवा, महिला, अनुग
धरान/ स्वर्गीय उदयमान बास्केटबल खेलाडी रेवाहाङ राईको स्मृतिमा आयोजना गरिएको चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न क्वाटरफाइनल खेलबाट मेघा ‘ए’, मेघा ‘बी’, हिमशिखर बोर्डिङ स्कुल र सुनाखरी एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन्। धरान–१२ स्थित धरान मेघा हिमालय कलेजको आयोजनामा कलेजकै बास्केटबल कोर्टमा सञ्चालन भइरहेको प्रतियोगितामा सुनसरी जिल्ला बास्केटबल संघ तथा धरान बास्केटबल संघको प्राविधिक सहयोग रहेको छ भने रेवाहाङ रुन्छेबुङ राई स्मृति प्रतिष्ठान सह–आयोजक संस्थाका रूपमा रहेको छ। बिहीबार सम्पन्न खेलमा मेघा ‘बी’
धरान/ पत्रकारहरूमाथि दुर्व्यवहार, गालीगलौज र धम्कीका कारण विवादमा परेको धरान उपमहानगरपालिकाको प्रेससँगको सम्बन्ध अब पुनः सामान्य बन्ने संकेत देखिएको छ। कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले पत्रकार महासङ्घसँग तोडिएको सहकार्य पुनः सुचारु गर्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्। प्रेस सेन्टर नेपाल, सुनसरीका अध्यक्ष तीर्थ कार्कीको नेतृत्वमा गएको टोलीले बिहीबार कावा नगर प्रमुख बेघालाई बधाईसहित बुझाएको चारबुँदे अनुरोधपत्रको जवाफ दिँदै उनले आफ्नो कार्यकालमा प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गरिने बताएका हुन्। ‘मेरो कार्यकालमा कुनै पनि पत्रकारमाथि दुर्व्यवहार, अपमान वा गालीगलौज हुन
धरान/ धरान उप–महानगरपालिकामा ट्राफिक चेकजाँचका क्रममा ठूलो परिमाणको लागू औषध गाँजा बरामद भएको छ। मिति २०८२ साल माघ ७ गते दिउँसो १ बजेर २० मिनेट जाँदा जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान, सुनसरीबाट खटिएको टोलीले धरान–२ स्थित चिनियाँचोकमा चेकजाँच गरिरहेको थियो। सोही क्रममा रत्नारोडबाट पुरानो बजारतर्फ आउँदै गरेको प्र.१–०२–०४६ प ८९९१ नम्बरको मोटरसाइकल रोक्न खोज्दा चालकले मोटरसाइकल छाडेर फरार भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि सवार धनकुटा जिल्लाको चौबिसे गाउँपालिका–७ निवासी ३३ वर्षीया मनमाया लिम्बुले बोकेको कालो झोलाबाट ९ किलो ३ सय ग्राम गाँजा लागू