धनकुटा / निर्माणाधीन तमोर करिडोरले धनकुटाका आमनागरिकको दैनिकी र जीवनयापनमा परिवर्तन आउन थालेको छ । अहिले तराईबाट कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड भएर आएका सवारीसाधन राजमार्गको मूलघाटमा जोडिएर गएको करिडोरबाट पाँचथर र ताप्लेजुङसम्म जाने गरेका छन् । तराईबाट उक्त दुई जिल्लासम्म जान करिडोरको बाटो छोटो पर्ने भएकाले यहाँ अहिले यात्रु तथा मालवाहक सवारीसाधनको चाप दैनिक बढ्ने क्रममा छ । यातायातको चाप बढेर चहलपहल बढेसँगै करिडोर आसपासका नागरिक होटल तथा व्यापारतर्फउन्मुख हुन थालेका छन् । विसं २०७० मा यस स्थानमा सडक पुगेसँगै आफू कृषिबाट होटल व्यवसायमा लागेको चौबिसे गाउँपालिका–५ हङ्समोर
धरान/ सेवाग्राहीको चहलपहल बढी हुने कार्यालयको रुपमा रहेको मालपोत र नापी कार्यालय आफ्नै भवन हुदाहुदै पनि सरकारको करोडौ रुपैया खर्च गरेर भाडा तिरेर धरान १६ मा सञ्चालन भइरहेको छ । धरान ६ पानबारीमा मालपोतको कार्यालय निर्माण सम्पन्न भइसकेको छ, तर नापी कार्यालयको भने निर्माणधीन अवस्थामा छ । धरान ६ पानबारीमा जग्गा खरिद गरेर एक बर्ष अगाडि नै भवन सञ्चालन गर्ने तयारी अवस्थामा भइसक्दा आफ्नै भवनमा कार्यालय सर्न नसकेको हो । २०७२ सालमा सुनसरीको सदरमुकाम इनरुवामा रहेको मालपोत र नापी कार्यालय धरानमा समेत भाडाबाट सञ्चालनमा ल्याइएको थियो । त्यही समयदेखि धरान १६ मा भाडामा सञ्चालन भइरहेको छ ।
इलाम / देशकै नमुना सुधारगृह मानिएको इलाम कारागारबाट एक थुनुवा फरार भएका छन् । इलाम कारागारमा थुनुवाका रुपमा रहेका झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई फरार भएका हुन् । विहीबार साँझ अन्दाजी ५ बजेर ४० मिनेटमा कारागारभित्रको कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेपछि फरार भएको खुलेको हो ।गणनाका क्रममा उनी फेला नपरेपछि साँझ पौने ७ बजे नै सम्बन्धित कार्यालयमा जानकारी गराएको थियो । फरार थुनुवाको खोजतलास भईरहेको समाचार श्रोतले जानकारी दिएको छ । डाँका मुद्धाका उनी २०७९ असोज ९ मा पक्राउ परी २०७९ कात्तिक १५ मा कारागार चलान भएका थिए । इलाम कारागारमा यसअघि
मोरङ / बिराटनगर जेसीजले आफ्नो सम्पदा संरक्षण तथा अवलोकन र प्रबर्द्धन अभियान अन्तर्गत बिराट राजाको दरबार क्षेत्रको भ्रमण गरेको छ । पर्यटनको माध्यमबाट आफ्नो तर्फबाट गर्न सकिने कार्यहरु बारे जानकारी प्राप्त गर्न अवलोकन भ्रमण गरिएको अध्यक्ष अभिनास थापाले जानकारी दिए । बिराटनगरमा अवस्थित बिराट राजाको दरबार संरक्षणका लागि आफ्नो जीवन ब्यतित गरेका संरक्षणकर्मी कमल किशोर यादबको घरमा रहेको प्राचीन सभ्यता बोकेको सामाग्रीहरुको अवलोकन गर्दै उनीबाट सो सम्बन्धी जानकारी लिएको थियो । भग्नावशेष रहेको भेडियारीमा केही समय अघि निर्मित सङ्ग्रालयको भवन निर्माण सम्पन्न भए पश्चात् नेपाली सेनाद्वारा महानगरलाई ह
धरान । धरान उपमहानगरपालिकाको कार्यालय र वडा कार्यालयमा गरिएको तालाबन्दी आज बाट खोलिएको छ । प्रदेशको नामाकरणमा असहमती जनाउदै पहिचान पक्षधर समुुहले विरोध जनाउदै धरानका २० वटै वडा कार्यालयमा गत विहिबार देखि तालाबन्दी गरिएको थियो । प्रदेशको नाम ‘कोशी’ नामाकरण भएपछि धरानका सबै वडाको ठेगनामा कोशी प्रदेश लेखिएको थियो । आन्दोलनरत पक्षले कोशी प्रदेश लेखिएका बोर्डहरु तोडफोड समेत गरेको थियो । ‘हामीले आम सर्वसाधरणको सुुविधालाई ध्यानमा राखेर आज आइतबारबाट तालाबन्दी खोलिदिएका छौ’ आन्दोलनरत पक्षका नेता अमर इजमले भने हाम्रो आन्दोलनमा गर्नुु भएको सहयोगका लागि सबैलाई धन्यबाद तथा आभारपन
धरान / त्रिद्वेशीय व्यापारिक सडक जोगबनी किमाथांका सडकको निर्माण काम सुस्त गतिमा बढ्दा यातायात व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई सास्ती हुदै आएको छ । समयमै काम नसक्दा अहिले यो बाटो सम्पन्न गर्न सम्बन्धित पक्षसमेत गम्भीर बनेका छन् भने यातायात व्यवसायी, उद्योगी तथा सर्वसाधारणले सडक चाडो सम्पन्न गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दै आएका छन् । जोगबनीदेखि किमाथांकासम्म यो सडकको दूरी ३९० किमी हो । विराटनगरको रानीदेखि धरानसम्मको ४९ किलोमिटरमध्ये सुनसरी दुहवी, इटहरीको बजार एरियाबाहेक तराहरासम्म निर्माण भइसकेको छ । यस्तै सेउतीपुलदेखि धरान ८ तीन कुने सम्मको सडक निर्माण कार्य भइरहेको छ भने तराहरा
धरान / धरान ८ वरगाछी महिला समूहले निम्न आय भएका सर्वसाधारणलाई लक्षित गरी निःशुल्क आँखा चेकजाँच शिविरको आयोजना गरेको छ ।शनिबार धरान ८ नरसिंह मिनिी माकेर्टमा धरान सूर्य आइ केयरको प्राविधिक सहयोगमा निःशुल्क आँखाचेकजाँच, औषधि वितरण र चश्माको चेकजाँच समेत गरेको छ । सूर्य आइ केयरकी आँखा विशेषज्ञ डा. इच्छा जोशीसहितको ६ जनाको टिमले शिविरमा आएकाहरुलाई चेकजाँच गरेका थिए । शिविरबाट १ सय ४५ जनाले सेवा लिएको समूहकी अध्यक्ष चन्द्रकला प्रधानले बताइन् । उनका अनुसार चेक जाँच गराउन बाँकी रहेका ४५ जनालाई सूर्य आइकेयरले आफ्नै केन्द्रमा चेकजाँच गराउने भएको छ । निम्न आय भएकाहरुलाई लक्षित गरी शिविरको आय
धरान / धरान १६ मा रहको नवोदय विद्या मन्दिरको प्राङ्गणमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रशान्त शाहद्वारा निःशुल्क मुटुरोग परीक्षण सम्पन्न गरिएको छ । सो अवसरमा ६२ जनाले परीक्षण गराएका थिए । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रशान्त शाहले स्कुलका अभिभावक लगायतको मुटुरोग परिक्षण गरेका हुन् । परिवर्तनका लागि सामाजिक अभियान धरानको आयोजना र नवोदय विद्या मन्दिर बोर्डिङ स्कुल र यु.एन. कलेजको सहकार्यमा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गरेर निःशुल्क मुटु परीक्षण गरिएको थियो । सो अवसर।मा मुटुरोग परीक्षणका साथै सुगर परिक्षण गरिएको थियो । स
धरान / धनकुटा कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । ‘कोशी’ नाम खारेज गर्नुपर्ने मागसहित पहिचान पक्षधर आन्दोलनकारीले बिहीबार वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । ‘कोशी’ नाम खारेज गरी पहिचानका आधारमा नामकरण गर्न मागसहित आन्दोलन घोषणा गरेको पुन नामांकन संघर्ष समितिले यो प्रदेशमा चरणबद्ध आन्दोलन गर्दै आएको छ । पहिचान पक्षधरले लगाएको ताला प्रहरीचौकी जोरपाटीबाट गएको प्रहरी टोलीले ताला फोडेको थियो ।
धरान / नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत्रको अन्तिममा हुने निर्वाचनमा कार्यसमितिको सदस्यमा उमेद्वारी दिने भएका छन् । नेपालउद्योग बाणिज्य महासंघ कोशी प्रदेशको कार्यसमिति सदस्यमा समेत रही काम गरिसक्नु् भएको र सुनसरी उद्योग वाणिज्य संघका पूर्वु अध्यक्ष समेत रहेका साहले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला नगर सदस्यमा उमेद्वारी दिन लागेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको नि र्वाचन आ गामी २ ७ र २८ अधिवेशन हुँदैछ । सोही अधिवेशनमा पूर्वको प्रतिनिधित्व गर्दै साहले सदस्यको उमेद्वारी दिन लागेको जनाएका छन ।उनले देशकै ठुलो र महत्वपूर्ण औद्योगिक करिडोर र औद्यागिक क्षेत्र धरान उपमहानग