मोरङ / कोशी प्रदेशको नाम खारेजीको माग गर्दै आएका पहिचानवादी शक्तिहरुले कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको निवासमा तोडफोड गरेका छन् । बुधबार विहान काठमाण्डौको पेप्सिकोलास्थित निवासमा केही व्यक्तिरु प््रवेश गरेर तोडफोड गरेको जनाइएको छ । तोडफोडका विषयमा नेकपा एमाले सोलुखुम्बुले प्रेस विज्ञप्ती प्रकाशित गर्दै जनप्रतिनिधिमाथिको आक्रमण भएको भन्दै खेद प्रकट गरेको छ । एमाले सोलुखुम्बुका नगर अध्यक्ष डुफकुमार बास्तोलाद्वारा हस्ताक्षरित विज्ञप्तीमा यस्ता कार्य रोकी समाधानको बाटो खोज्न आग्रह गरेका छन् । राजभण्डारी एमालेकातर्फबाट सोलुबाट निर्वाचित सांसद हुन् ।
सुनसरी / इटहरीमा अत्याधुनिक सुविधा सम्पन्न भेटेरिनरी अस्पताल बन्ने भएको छ । पशुपन्छीको उपचारका लागि इटहरीमा भेटेरिनरी अस्पतालको भवन शिलान्यास गरिएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरि इटहरीका मेयर हेमकर्ण पौडेलले अत्याधुनिक भवनको शिलान्यास गरेका हुन । इटहरी उपमहानगरपालिकाका कृषकहरुलाई सहजता प्रदान गर्न भेटनगरी अस्पताल सञ्चालनमा ल्याउन लागेको मेयर पौडेलले बताए । उनले भने कृषकहरुले पालेका चौपाया विरामी हुँदा सहज रुपमा उपचार गर्न सकून भन्ने उद्देश्यले हामीले भेटनरी अस्पताल सञ्चालन गर्न लागेका हौं । २ करोड ६ लाख ८२ हजार १ सय ६५ रुपैयाँ लागतमा तीन तले अस्पतालको भवन निर्माण हुने भएको छ । यो अस
मोरङ / विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा कार्यसमितिले ज्येष्ठ नागरिकहरुलाई धार्मिक यात्रा गराएको छ । विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा बुधबार धार्मिक यात्रा गराएको हो । सामूहिक रुपमा धार्मिक भ्रमण गराउँदा ज्येष्ठ नागरिकहरुमा हौसला प्राप्त हुने भएकाले कार्यक्रम राखिएको समितिका अध्यक्ष ललित श्रेष्ठले बताए । ]उनका अनुसार ज्येष्ठ नागरिकहरु बिहान ५ बजेदेखि नै ज्येष्ठ नागरिक भवनमा आएर बसेको सुनाए ।समितिको वडा नम्बर ११ मा आफ्नै भवन छ । धार्मिक भ्रमणमा ज्येष्ठ नागरिकलाई हौसला प्रदान गर्न वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, वडा सदस्य गायत्री थापा, गेनादेवी पासवान, वडासचिव सरस्वती ढकालका साथ
धरान । धरान ११ कल्याणचौकमा रहेको भिक्टोरी रेसिडेन्सियल स्कुलले बार्षिकोत्सवको अवसर पारेर प्रोत्साहन स्वरुप विभिन्न विधामा उत्कृष्ट पुरस्कृत विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।स्कुलले बुधबार ३४ औं बार्षिकोत्सवको अवसर पारेर जुनियर र सिनियर कक्षाका कक्षामा टप ल्याउने विद्यार्थी, आउट स्टेन्डिङ, हेड राइटिङ, सफा सुग्घरमा उत्कृष्ट हुने विद्यार्थीलाई प्रोत्साह स्वरुप पुरस्कृत गरेको हो । धरान उपमहानगरपालिका वडा नं ११ का वडाध्यक्ष लोकेन्द्र फागोको प्रमुख आतिथ्यमा सम्पन्न ३४ औं बार्षिकोत्सवको अवसरमा विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको स्कुलका अध्यक्ष विनोदकुमार राईले बताए । उ
धरान । साना व्यवसायीहरुलाई राज्यबाट हेर्ने दृष्टिकोणमा फरक रहेको व्यवसायीहरुले बताएका छन् । नेपाल साना उद्योग व्यवसायी संघ प्रधान कार्यालय धरानको २२ औ साधारणसभा तथा १० औ अधिवेशन कार्यक्रमका अवसरमा व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन् । धरान २० माछामारामा रहेका गोर्खा स्मृति पार्कमा आयोजित कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष झलकमान श्रेष्ठले साना व्यवसायिक अहिले पीडामा रहेको बताएका छन् । उनले कोरोना सक्रमणको असर अहिलेसम्म रहेको बताए । उनले भने–‘कोरोना संक्रमणको असर अहिलेसम्म छँदैछ, फेरि आर्थिक संक्रमण भएको छ, साना व्यवसायीहरुको रोजीरोटी गुम्ने अवस्थामा छ, सरकारले यस्ता व्यवसायीका लाग
विजयपुर । धरान उपमहानगरपालिकाभित्र सैयौ मठमन्दिर रहेका छन् । यसमध्ये पनि सबैभन्दा बढी मठमन्दिर धरान १४ विजयपुरमा रहेका छन् । यसबाहेक अन्य वडामा समेत पुराना ऐतिहासिक मठ मन्दिरहरु छन् । तर ती मन्दिरको संरक्षण हुन नसक्दा दिनप्रतिदिन जीर्ण बन्दै गएका छन् । यसको प्रत्यक्ष उदाहरण बनेको धरान उपमाहानगरपालिका वडा नम्बर ५ निशान डाँडामा रहेको निसानदेवी माताको मन्दिर । यो मन्दिर संरक्षणको अभावमा दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । अहिले यो मन्दिरको भित्ता उप्किएको अवस्थामा रहेको छ भने टिनका छाना चुहिने अवस्थामा पुगेका छन् भने पर्खाल समेत भत्किन थालेको छ । स्थानीय चन्द्रमान श्रेष्ठका अनुसार यो २०५५ सालमा स्थ
धरान /विश्वकर्मा कल्याण सेवा समिति धरानको अध्यक्षमा खड्गबहादुर विश्वकर्मा निर्वाचित भएका छन् । सोमबार धरानमा सम्पन्न ११ औँ अधिवेशनमा भएको निर्वाचनमा जुद्धबहादुर लोहनीलाई १२ मतले पराजित गर्दै विश्वकर्मा निर्वाचित भएका हुन् । कुल खसेको ८६ मतमा विश्वकर्माले ४९ मत प्राप्त गरे भने लोहनीले ३७ मत प्राप्त गरेका थिए । यस्तै समितिको महासचिवमा घमानसिंह विश्वकर्मा निर्वाचित भए । उनी हिरालाल बराइली र बलिन्द्र बराइलीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । कुल ८४ मतमा विश्वकर्माको ३९ मत, हिराललले २६ मत र बलिन्द्रले १९ मत प्राप्त गरेका छन् । समितिको अन्य पदाधिकारीमा भने सर्वसहमत चयन भएका छन् । समितिकोे उपाध
विराटनगर / विराटनगर–८ स्थित समृद्धि नेपालको आयोजनामा घरेलु जुत्ता–चप्पल बनाउने सीपमूलक तालिम सम्पन्न भएको छ ।विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित १५ दिने तालिम आज सम्पन्न भएको हो । स्थानीय महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले जुत्ता–चप्पल बनाउने तालिम सञ्चालन गरिएको समृद्धि नेपालकी अध्यक्ष माया ओझाले बताउनुभयो । तालिममा सहभागीहरुलाई विराटनगर वडा नम्बर ८ का अध्यक्ष राम पोखरेल, महानगरकी सामुदायिक शाखाकी प्रमुख अनिता कोइराला, महानगरका प्रेस सल्लाहकार मीनकुमार नवोदित, गैरसरकारी संस्था मोरङका अध्यक्ष विष्णु शर्मा, समाजसेवी गणेशप्रसाद पोखरेल, आयोजक संस्थाका सल्लाहका
विराटनगर / विभागीय टिम नेपाल आर्मी र एपीएफले विराटनगरमा जारी प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ । आर्मीले पहिलो जित निकाल्दा एपीएफले दोस्रो पटक जित हासिल गरेको हो । लिगकम नकआउट नियममा सञ्चालीत प्रतियोगितमा मंगलबार भएको पहिलो खेलमा वाइआरसिसी क्रिकेट क्लब विराटनगरलाई ७ विकेटले निराश बनाउँदै आर्मी विजयी भएको हो । विराटनगर जुटमिलको खेल मैदानमा जारी प्रतियोगितामा १५६ रनको विजय लक्ष्य पछ्याएको आर्मीले १५ दशमलव १ बलमा ३ विकेट गुमाई पुरा गर्यो । आर्मीका बसीरले बिस्फोट ब्याटिङ गर्दै टिमको जितको आधार तय गरेको छ । उने ३३ बलमा ४४ रन बनाउँदै अविजित रहे । उनले ६ चौ
मोरङ / विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङ’ को सफल शल्यक्रिया भएको छ । मुटुमा आरएचडि रियूम्याटिक हर्ट डिजिटको कारणले मस्तिष्कभित्र हुने पाईका एन्युरीज्म क्लिपिङको आर्या न्यूरो हस्पिटलमा पहिलो पटक सफल शल्यक्रिया भएको हो । झापाको हल्दीबारी गाउँपालिका –१ गोलधापस्थित ३३ वर्षीया मन्जु कटुवालको मस्तिष्कको पछाडी भागमा रहेको पाईका एन्युरीज्म क्लिपिङको सफल शल्यक्रिया भएको अस्पतालका डाइरेक्टर दिनेश ठाकुरलले जानकारी दिए । तीन हप्ता अगाडी टाउँको दुखेर पिडा भएपछि कटुवाल झापाको मेची र पाथीभारा हस्पिटल गएकी थिइन् । सो हस्पिटलमा उपचार