समाचार

    Showing 3,211-3,220 of 8,447 items.
  • सुत्केरी महिलालाई पौष्टिक आहार वितरण

    धरान /  धरान उपमहानगरपालिका वडा नं. १६ ले वडामा रहेका सुत्केरी महिलाहरुलाई पौष्टिक आहार प्रदान गरेको छ । वडामै रहेको आधारभूति स्वास्थ्य चौकीबाट महिलाहरुलाई अण्डा, गेडागुडी लगायतका पौष्टिक खाना वितरण गरेको हो । वडामा रहेका अति विपन्न परिवारका २८ जना सुत्केरी महिलालाई एक हप्ता पुग्ने पौष्टिक सामाग्री वितरण गरिएको धरान उपमहानगरपालिका वडा नं. १६ की वडादसस्य शुशिलाकुमारी श्रेष्ठले बताइन् । उनले वडामा सुकुम्बासी बस्ती ठूलो रहेको बताउदै सबै सुत्केरी महिलालाई पौष्टिक आधार दिन नसकेपनि अति विपन्न परिवारका सुत्केरी महिला छनौट गरेर वितरण गरिएको बताइन् ।पौष्टिक आधार प्राप्त गर्ने विपन्न परिवार

    • प्रकाशित मितिः वैशाख ४, २०८०
    • 487 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुख्खा मौसममा डढेलो र आगलागी घटनामा वृद्धि

    धनकुटा / सुख्खा मौसम लागेसँगै आगलागी र डढेलोको घट्नामा वृद्धि हुने गरेका छन् । यो मौसममा बढी आगलागी र डढेलोको घट्ना बृद्धि हुँदा पनि सम्बन्धित पक्षबाट न्यूनिकरणमा खासै ध्यान दिएको पाइदैन २०७९ सालको फागुन र चैत्र महिनामामात्र धनकुटाको महालक्ष्मी नगरपालिकामा १० वटा घरमा आगलागी भयो । आगलागीको कारण थियो वनजंगलमा लागेको डँढेलोलाई नियन्त्रण गर्न नसक्नु । वन जंगलमा लागेको डढेलो बस्तीसम्म पुग्दा महालक्ष्मी नगरपालिमामा मात्रै यतिका संख्यामा आगलागी हुन पुगेको हो । महालक्ष्मी नगरपालिकामा प्रमुख धु्रवराज रायले यो बर्षमा मात्रै डढेलोको कारणले १० वटा घर नष्ट भइसकेको बताए । महालक्ष्मी नगरपालिकाको २ नं

    • प्रकाशित मितिः वैशाख ४, २०८०
    • 521 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रा.डा. चौधरीलाई सुप्रबल जनसेवाश्री पदक

    धरान/धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाडजोर्नी विभागमा कार्यरत प्रा.डा.पशुपशुति चौधरीलाई सुप्रबल जनसेवाश्रीबाट विभूषित गरिएको छ ।प्रा.डा चौधरीलाई बैशाख १ गते एक कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले विभूषित गरेका हुन् । सुप्रबल जनसेवाश्री पदक नेपाल सरकारले राष्ट्रिय जीवनको कुनैपनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली र विदेशी नागरिकलाई प्रदान गर्ने पदक हो । सुप्रबल जनसेवाश्री तृतीय श्रेणीको पदक हो । विभुषण नियमावली २०६५ अनुसार यो मानपदवीको आदर्श वाक्य ‘सेवा नै परम धर्म हो’ भन्ने रहेको छ । सोही अनुरुप प्रा.डा. चौधरीलाई स्वास्थ्य सेवा क्षेत्रमा पु¥याएको

    • प्रकाशित मितिः वैशाख ३, २०८०
    • 503 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नयाँ वर्षमा धरानका मठमन्दिरमा भीड

    धरान /  नयाँ सालको आगमनसँगै धेरै सर्वसाधारण पूर्वका रमणीय स्थल घुम्न जाने, रमाइलो गर्ने, वनभोज जाने, साथीभाइसँग मिलेर पार्टीमा रमाउने गर्छन् । तर केही सर्वसाधारण भने नयाँ वर्षको पहिलो दिन राम्रो कामबाट सुरु गरे वर्षभरि नै राम्रो हुन्छ मान्यता राखेर मन्दिर दर्शन गर्न आएको पाइयो । नयाँ वर्ष लाग्ने वित्तिकै पूर्वको पहाडी जिल्ला धनकुटाको भेडेटार, लालीगुराँसको राजधानी टिएमजेमा जाने, घुम्ने, टिकटक बनाउने संख्या अत्याधिक रहेको थिो । यस दिन सवारी जामका कारण सवारी आवगमनमा समस्या रहेको थियो । तर केही यस्ता सर्वसाधारण थिए घुम्न, रमाइलो गर्नुभन्दा पनि मन्दिरको दर्शन गरेर नयाँ बर्षको शुरुवात गरे

    • प्रकाशित मितिः वैशाख ३, २०८०
    • 515 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुर्तीजन्य पदार्थको सेवन र बिक्रीमा कडाइ

    मोरङ / विराटनगर महानगरपालिकाले वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गरेसँगै कडाइ गर्न थालेको छ । गत पुस २७ गते सम्पन्न ११ औं नगरसभाको निर्णयले सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थलाई सार्वजनिक स्थलमा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो । सोही कार्यान्वयन गदै महानगरले सञ्चारमाध्यम सूचना प्रकाशित गर्नुका साथै माइकिङ गरेर निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै आएको थियो । महानगरको टोली पसल–पसल पुगेर बिक्री नगर्न आग्रह गर्दै स्टकमा राखेका सुर्तीजन्य पदार्थ जफथसमेत गर्न सुरु गरेको छ । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बन

    • प्रकाशित मितिः वैशाख ३, २०८०
    • 580 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल पुलिस र एनबीएससीको पहिलो जित

    विराटनगर । विभागीय टिम नेपाल पुलिस र एनबीएससी क्रिकेट क्लब विराटनगर प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । पहिलो खेलमा पाहुना टिम दिल्ली युनिाईटेड क्रिकेट क्लबलाई ७ विकेटले स्तब्ध बनाउँदै पुलिस विजय भइ २ अंक जोड्न सफल भएको हो । लिगको आधरमा विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको खेलमा ८८ रनको विजय लक्ष्य पछ्याएको पुलिसले ९ दशवलप ३ बलमा ३ विकेट गुमाई पुरा गर्यो । पुलिसका योगेन्द्र कार्कीले ११ बलमा ५ छक्का हिर्काउँदै अविजित ३२ रन बनाए । सुनिल धमलाले १९ बलमा २३ रन पारी खेल्दा अमित श्रेष्ठले २५ बलमा १९ रनको योगदान दिए । उनले १ छक्का र २ चौका हिर्काए ।

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 515 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘बैंकको ऋणका कारण व्यवसायी धरासायी’

    मोरङ । व्यवसायीहरु बैंकको चर्को व्याजदरको विरोधमा निरन्तर आन्दोलित हुँदै आएको अवस्थामा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुकमार कार्कीले बैंकको चर्को व्याजदरका कारण स्वदेशी उद्योग बन्द हुने अवस्थामा पुगेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको २४औँ वार्षिक साधारणसभा तथा महिला उद्यमी समिति मोरङको २० औँ वार्षिक साधारणसभाको उद्घाटन गर्ने क्रममा मुख्यमन्त्री कार्कीले वैंकले व्यवसायी तथा उद्योगीबाट लिएको चर्को व्याजदरकै कारण उद्योगहरु धरासायी बन्दै पलायन हुने अवस्थामा पुगेको बताए । मुख्यमन्त्री कार्कीले साना उद्योगीहरुले जग्गा उपलबध गराएमा उद्यमीको उत्पादनलाई बजारीकरण गर्न विराट

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 552 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अनधिकृत रुपमा निर्माण गरिएको टहरा भत्काइयो

    धरान । धरान उपमहानगरपालिका वडा नं. १७ को सदुखोला किनारमा अनाधिकृत रुपमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएको घर टहरा धरान उपमहानगरपालिकाले डोजर लगाएर खाली गरेको थियो । बुधबार विहान धरान नगर प्रहरी, सशस्त्र प्रहरी, जनपथ प्रहरी र वन कार्यालयको सक्रियतामा सर्दु खोला किनारमा अनाधिकृत रुपमा बनाइएका घर टहरा भत्काइएको धरान नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए । एक महिना अगाडिदेखि बनाइएको राजकुमार लिम्बु, प्रेम लिम्बु, विजय हाङ, धनबहादुर श्रेष्ठको टहरा सहित संगुरको खोर भत्काइएको हो । अतिक्रमित जग्गा खाली गराउन विष्णुपादुका सबडिभिजन वन कार्यालयका प्रमुख बिक्रम आमात्यको समेत उपस्थिति रहेको

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 558 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युएन नवोदयद्वारा विद्यार्थीलाई स्वागत तथा विदाई

    धरान /  युएन नबोदय कलेज धरानको ११ औ बार्षिकोत्सब तथा स्वागत र बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।कलेजले बिबिएस र बिएचएम पहिलो बर्षलाई स्वागत गरेको र बिविएस चौथो बर्ष र कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरिएको प्रिन्सिपल डम्बर कुमार तुम्वाफोले जानकारी दिए । स्वागत र बिदाई हुनेलाई क्याम्पस प्रमुख तुम्बापो, कलेजका म्यानेजिङ डाईरेक्टर ज्ञानेश्वर झा, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ, राम लिम्बू लगायतले अबिर खदा लगाएर विदाई गरेका थिए । नेपाल परीक्षा बोर्ड कोशी प्रदेशका निर्देशक युवराज पौडेलको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रम कलेजका म्यानजिङ डाइरेक्टर ज्ञानेश्वर झाले गरेक

    • प्रकाशित मितिः वैशाख १, २०८०
    • 773 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजेटका लागि महानगरद्वारा सुझाव संकलन

    मोरङ / आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट निर्माणका लागि विराटनगर महानगरपालिकाले सरोकारवालाहरुसित पूर्व बजेट छलफल तथा सुझाव संकलन सुरु गरेको छ । महानगरले बुधबार सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुलाई बोलाएर आगामी आर्थिक वर्षका लागि पूर्वबजेट छलफल आयोजना गरेको हो । पूर्वबजेट छलफलमा आएका सुझावअनुसार आगामी वर्षको बजेट निर्माणमा लाग्नका लागि समयमै सुझाव संकलन सुरु गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए । महानगरका आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल, राजस्व महाशाखा सरोज गौतम, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, लेखा प्रशासन महाशाखा प

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • 466 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved