समाचार

    Showing 3,141-3,150 of 10,133 items.
  • काठमाण्डौ महानगर र मजदुरहरुबीच छलफल कार्यदलले तयार गरेको मापदण्ड कार्यान्वयन गर्ने सहति

    काठमाण्डौं/  काठमाण्डौं महानगरपालिका यातायात व्यवसायी महासंघ र तीनवटा यातायात मजदुर संगठनहरुबीच काठमाण्डौं चक्रपथ आसपासका टिकट काउन्टरहरु व्यवस्थान गर्ने बारे सहमति भएपछि विभिन्न स्थानमा देखिएको झडपको सम्भावना तत्काललाई टरेकोछ । साउन १ गतेदेखि बसपार्क बाहेकका टिकट काउन्टर हटाइने भन्दै महानगरले कोटेश्वर, कलंकी, गौशाला लगायतका चोकहरुमा माइकिङ्ग गरेर महानगर प्रहरीहरु काउन्टरमा पुगेपछि महानगर प्रहरी र यातायात मजदुरहरुबीच द्धन्द्धको अवस्था आएको थियो । झडपको अवस्था सृजना भएपछि तत्काल टिकट काउन्टर नहटाउन भन्दै सोमबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल

    • प्रकाशित मितिः साउन २, २०८१
    • 531 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • (साउने सङ्क्रान्ति) सिसेक्पा तङ्नाम पर्व मनाउँदै

    ताप्लेजुङ/  किराती समुदायले सिसेक्पा तङ्नाम पर्व आज मनाउँदै छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गर्छन् । ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा रहिआएको छ । पूर्वी नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने किराती सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वनजङ्गलतिर गई साउने सिसेक्पा तङ्नाम लागि आवश्यक अन्न, फलफूल र पात (च्योङ्हरू) सङ्कलन गरी ल्याउने गर्दछन् । दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुण्ड्याउने परम्परा रहिआएको याक्थुङ चु

    • प्रकाशित मितिः साउन १, २०८१
    • 443 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकी बरिष्ठ कवि कुन्ता शर्मा सम्मानित

    धरान/ वरिष्ठ कवि कुन्ता शर्मा सम्मानित हुनुभएको छ । इटहरी लेडी जेसीजको जेसीज सप्ताहको समापनको अवसर पारेर वरिष्ठ कवि शर्मालाई नगद सहित सम्मान गरेको छ । कार्यक्रममा शर्मालाई कोसी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकणर् राई र इटहरी लेडी जेसिजकी अध्यक्ष इन्दिरा काफ्लेले सम्मान गरेका हुन । नेपाली वाङ्मय क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको र महिलाहरूकी उत्प्रेरणाकी स्रोत रहेको भन्दै शर्मालाई नगद १० हजार सहित सम्मान गरिएको अध्यक्ष काफ्लेले जानकारी दिइन । कार्यक्रममा कविहरू मनु मञ्जिल, देवान किराती, टीका आत्रेय, हेमन यात्री, प्रज्वल पराजुली, शुभ लक्ष्मी लम्साल, रमेश सायन, युवराज काफ्ले,

    • प्रकाशित मितिः साउन १, २०८१
    • 477 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएनद्धारा मिस कोशी फष्ट र फोर्थ रनर अपलाई सम्मान

    धरान/ धरान–१६ स्थित यु.एन.नबोदय कलेजले मिस कोशी फष्ट रनर अप र फोर्थ रनर अपको उपाधी जितेका आफ्ना बिद्यार्थीहरुलाई सोमबार सम्मान गरेको छ। कलेजमा एक कार्यक्रमको आयोजना गरि बिद्यार्थीहरुलाई सम्मान गरिएको हो। प्रतियोगिता जय मिडिया म्यानेजमेन्ट प्रा लि. ले आयोजना गरेको हो। शनिबार धरानमा सम्पन्न मिस कोशी सिजन–८ को ग्रान्ड फिनालेमा यु.एन.नबोदयकी निशाहाङमा लिम्बुले फस्ट रनर अपको उपाधिसहित मिस पपुलर,“ब्युटी विथ ब्रेन, मिस इन्टेलेक्चुअल र अर्गनाइजर्स चोइसको सब टाईटल समेत हात पारेकी थिइन। यसैगरि स्वस्तिका राईले फोर्थ रनर अपको उपाधी सहित मिस ब्युटीफुल हेयर र मिस पब्लिक चोइसको सब ट

    • प्रकाशित मितिः साउन १, २०८१
    • 899 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीका माधवलाई उत्कृष्ट मोडल अवार्ड

    इटहरी/ दोस्रो विराट म्युजिक तथा फिल्म अवार्ड २०८० हरि आचार्य द्वारा लिखित किन दुख्छ मुटु बोलको गीतको म्युजिक भिडियोले उत्कृष्ट मोडलको अवार्ड जित्न सफल भएको छ । अन्जु पन्तको स्वरमा रहेको उक्त गीतमा मोडल तथा अभिनेता माधव केसी र लजिना सुवेदी अभिनीत म्युजिक भिडियोले उत्कृष्ट मोडलको अवार्ड जित्न सफल भएको हो ।सेलिव्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा आयोजित अवार्ड समारोहमा गीतका मोडल माधव केसीलाई उक्त अवार्ड प्रदान गरियो । हरी आचार्यले लेखेको उक्त गीतको सङ्गीत नवीन कार्कीले गरेका हुन् । म्युजिक भिडियोको निर्देशन भने चलचित्र निर्देशक नवल नेपालले गरेका हुन् । अवार्ड समारोहमा निर्देशक नेपालको समेत

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 542 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्तर धार्मिक शान्ति अभियान कार्यक्रम सम्पन्न

    इटहरी/  इटहरीमा अन्तर धार्मिक शान्ति महासङ्घ नेपालले सरोकारवालाहरू बिच धार्मिक सवालमा विश्वव्यापी आवधिक समीक्षा तथा अन्तर धार्मिक शान्ति अभियान कार्यक्रम सम्पन्न गरेको छ । आयोजना गरिएको कार्यक्रममा विश्वव्यापी आवधिक समीक्षा(यूपिआर) का लागि विभिन्न धर्ममा के कस्ता मानव अधिकार हननका घटना भएका छन् त्यसबारे चर्चा गरिएको थियो । विभिन्न धर्मका गुरुहरू, राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय तहका प्रतिनिधिहरू र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी कार्यक्रममा पछिल्लो समय विभिन्न धर्ममा भएका मानव अधिकार उल्लङ्घन तथा हननका विषयमा सुझाव सङ्कलन गरिएको थियो । बिभिन्न् पक्षबाट आएको सुझावको आध

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 452 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मजदुर संगठनहरुको आग्रह टिकट काउन्टरहरु नहटाऊ

    काठमाण्डौं/  काठमाण्डौं चक्रपथ आसपासका टिकट काउन्टर तत्काल नहटाउन काठमाण्डौं महानगरपालिकालाई तीनवटा यातायात मजदुर संगठनहरुले आग्रह गरेकोछ । साउन १ गतेदेखि बसपार्क बाहेकका टिकट काउन्टर हटाइने भन्दै गोरखापत्रमा समाचार प्रकाशन र माइकिङ्ग गरेर आम सर्वसाधारण, यातायात मजदुर र यातायात व्यवसायीलाई महानगरले आतङ्कित बनाएको भन्दै त्यसो नगर्न महानगरलाई आग्रह पनि गरेकोछ । एकांकी र निरङ्कुश शैलीले समस्याको समाधान नहुँने भन्दै सरोकारवालाहरुसंगको छलफल र सहकार्यमा मात्रै अघि बढ्न महानगरलाई मजदुर नेताहरुको आग्रह छ । - संयुक्त विज्ञप्ती सोमबार तीनवटै संगठनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै साउन १

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 721 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रनगर अस्पतालको रुप फेरिदै, तयार भयो आधुनिकआकस्मिक कक्ष

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा रहेको नगर अस्पतालमा आधुनिक आकस्मिक ( इमेजेन्सी ) कक्षको उद्घाटन गरिएको छ । अस्पतालको आन्तिक स्रोतबाट निर्माण भएको उक्त आकस्मिक कक्षको सोमवार नगर प्रमुख तथा नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कार्कीले उद्घाटन गरेका छन् । अस्पतालकै आन्तिक स्रोत बाट तयार भएको ९ वेट क्षमताको आकस्मिक रहेको छ । आकस्मिक कक्षसंगै अस्पताल परिसरमा टायल लगाउने र सौचालय गरेर २० लाखको लागतबाट काम गरिएको अस्पतालका व्यवस्थापक दिवश बिष्टले बताए । नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कार्कीको प्रमुख आतिथ्यतामा आयोजना भएको उद्घाटन कार्यक्रम नगर उप- प्रमुख

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 612 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवनियुक्त प्रधानमन्त्री ओलीसहित दुई उप-प्रधान र १९ मन्त्रीले लिए शपथ

    काठमाडौं/ नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीसहित दुई उपप्रधानमन्त्री र १९ मन्त्रीहरुलाई शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ खुवाएका हुन् । मन्त्रीहरुको सूची: #  प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास#  विष्णु पौडेल –  उपप्रधान तथा अर्थ#  पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि#  रमेश लेखक – गृह#  प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या#  आरजु राणा – परराष्ट्र#  बद्री

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 446 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चार दिनमा थपिए ६१ जना डेंगु सङ्क्रमित

    धरान/  पछिल्लो चार दिनमा देशभर ६१ जना डेंगु सङ्क्रमित थपिएका छन् ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार अघिल्लो साताको तुलनामा पछिल्लो चार दिनमा सो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् । (ईडीसीडी) का अनुसार देशका ७७ जिल्लामध्ये ७३ जिल्लाका गत जनवरीयता हालसम्म कुल १५ सय ४४ जनालाई डेंगु सङ्क्रमण देखिएको छ । अघिल्ला साता यो संख्या १४ सय ८३ जना थिए । जसमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी ५३८ जनामा डेंगु देखिएको छ । यस्तै कर्णाली प्रदेशमा सबैभन्दा कम २१ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यस्तै, मधेस प्रदेशमा ३९ जना, कोशीमा ३७१ जना, गण्डकीमा २३० जना,सुदूरपश्चिममा १६४ जना र लुम्ब

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 355 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved