समाचार

    Showing 2,991-3,000 of 10,132 items.
  • मेयर हर्कराजले अदालतलाई पनि टेरेनन,दलहरुद्वारा निर्णय कार्यान्वयन गर्न अनुरोध

    धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले अदालतले दिएको आदेश र दलसँगको सहमति कार्यान्वयन गरेका छैनन् ।  नगरप्रमुख अध्यक्ष रहेको धरान खानेपानी बोर्डले वृद्धि गरेको महशुल नघटापछि दलले संयुक्त प्रेस वक्तव्य निकालेका छन् ।  धरानका दस राजनीतिक दलले उच्च अदालतको निर्णय तत्काल कार्यान्वयन गर्न आज बुधबार वक्तव्य जारी गरेका हुन् ।  धरानका दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा ( माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत)  समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उनमुक्ति पार्टी, संलोराम संघीय

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 520 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा मकै: पोलेको रु.३०, मासिक ९० हजारभन्दा बढी आम्दानी(भिडियो सहित)

    धरान/ शान्ति श्रेष्ठले हरियो मकै बेचेर मनग्यै आम्दानी गर्दै आएकी छिन्। श्रेष्ठले धरान१ स्थित लक्ष्मी चौक दक्षिण पुर्वसाइडमा हरियो मकै बेचेर राम्रो आम्दानी गर्छिन।दैनिक जसो सयदेखि डेढसय घोगा मकै पोलेर विक्री गर्दछिन्। पोलेको मकैलाई उनी ३० देखि ४० रुपैयाँ सम्म बिक्री  हुन्छ । दैनिक श्रेष्ठको नभएपनि औशतमा ४ हजार रुपैयाँ त मकै पोलेर नै कमाई हुन्छ। यो औषत दैनिक बिक्री हुने मकैबाट उनको मासिक आम्दानी ९० हजार भन्दा माथि हुने गरेको बताउँछिन्।राम्रै छ,लेबर काम गर्नु भन्दा त यहीँ नै सजिलो छ,बुढेसकाल पनि लाग्यो,यसरी नै चलेको छ  श्रेष्ठले भनिन्। पोलेको मकै खानेहरुले प्रायःजसो त्यहीँ मुढाम

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 663 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी लाखौं भक्तजनहरुलाई रथयात्रा सहित परिक्रमा गराइने

    सुनसरी/ सुनसरीको दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु भएको छ । बुधबार दुहबीको कृष्ण मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरी दुहबीमा भदौं १० गते हुन लागेको कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु गरेको कृष्ण जन्माष्टमी पुजा तथा मेला महोत्सव समितिको अध्यक्ष पंकज हलुवाइले जानकारी दिएका हुन् । दुहबी साविक ९ अहिले ६ वडा नम्बर मा प्रत्येक बर्ष मनाउँदै आएको कृष्ण जन्माष्टमी महोत्सब यस वर्ष पनि मनाउनका लागि एक महिना अघि देखि राधा कृष्ण मन्दिर दुहबीका मूल समितीले तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् । कृष्ण जन्माष्टमी महोत्सवलाई सफलता पूर्वक सफल बनाउनका लागि २ सय १ जनाको मूल

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 750 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माउन्ट एभरेष्ट च्यालेन्ज कपको २१ औं संस्करणका लागि खेल सामग्री

    चतरा/ हाटखोला फुटबल क्लबको आयोजनामा आगामी भदौ १० गतेदेखि आयोजना हुने माउन्ट एभरेष्ट च्यालेन्ज कपको २१ औं संस्करणका लागि खेल सामग्री हस्तान्तरण गरिएको छ । एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले खेल सामग्री हस्तान्तरण गरेका हुन् । आइतबार हाटखोलास्थित बाइस बिघेमा रहेको हाटखोला खेल मैदानमा अध्यक्ष राईले ५ वटा फुटबलसहित, नेट, फ्लागसहितका खेल सामग्री प्रदान गरे । प्रमुख अतिथि अध्यक्ष राईले माउन्ट एभरेष्ट च्यालेन्ज कपको २१ औं संस्करणलाई एन्फाले अपनत्व लिएको बताए । आगामी प्रतियोगितादेखि खेलाडीहरुको बिमालगायत व्यवसायिक सुरक्षामा ध्यान दिन आग्रह गरे । । प्र

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 514 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उपनिर्वाचनको तयारी,कहाँ कहाँ हुदैछ ?

    धरान/ रिक्त रहेको स्थानहरुमा उप निर्वाचन गर्ने तयारी थालेको छ । निर्वाचन आयोगले मंसिर तेस्रो साताभित्र स्थानीय तहको उपनिर्वाचन गराउने तयारी अघि बढाएको हो । आयोगले स्थानीय तहमा रिक्त ३४ पद उपनिर्वाचनको माध्यमबाट पूर्ति गर्न गृहकार्य अघि बढाएको हो। आयोगले प्रधानमन्त्री केपीशर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई स्थानीय तहमा जनप्रतिनिधि रिक्त रहेको विषयमा बिफ्रिङ गरेपछि सो तयारी अघि बढाएको हो।आयोगले सोका लागि मतदाता नामावली अभिलेख अद्यावधिक गराउने तथा नयाँ मतदाता नामावली संकलन कार्य अघि बढाएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी गराउनुभयो। विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता ग

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 438 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा एकतीस वटा गाइजात्रा

    धरान ।धरानमा मङ्गलवार नेवार समुदायले दिवङ्गत दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै गाइजात्रा निकालिएको छ । ध सिद्धि नेवाः परिषद्को आयोजनामा गाइजात्रा निकालिएको हो ।२०५२ साल देखि सामूहिक गाईजात्रा निकाल्ने प्रचलन रहि आएको छ। मृतकहरुको सम्झनामा ३१ वटा गाई सामूहिक रूपमा निकालिएको थियो । धरान–७ स्थित परिषद् भवन परिसरमा भेला भई गाईजात्राले बजार परिक्रमा गरि भानुचोक, छाता चोक, नेपाल टेलिकम देखि पुरानो बजार हुँदै पुनः परिषद् भवनमा पुगेर गाइजात्रा समापन गरिएको हो । गाई जात्रामा दिवागत व्यक्तिका सम्झनामा परिवारका सदस्य गाई वा मानिसलाई नै गाईको प्रतीकमा शृङ्गार गरेर प्रदर्शन गर्ने च

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 741 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमै छ,गैंडाले पानी खाने आहाल अर्थात गैंडे आहाल(भिडियो सहित)

    धरान/  गैंडे आहाल अर्थात गैंडाले पानी खाने आहाल । धरान ६ स्थित पानबारीमा रहेको छ । यो आहालको नाम नै गैंडे आहाल हो । आहालकै नामले त्यस ठाउँ आसपास बसोबास गर्नेहरुलाई तपाईको घर कहाँ हो भनेर सोधियो भने गैंडे आहाल भन्ने गरेका छन् । गैंडे आहाल भनेपछि सबैले चिन्छन् । नाम चाहिँ गैंडे आहाल भनिएतापनि यहाँ गैंडा भने पाइँदैन । त्यहीँ आहाल मात्रै छ । वर्षा याममा त आकासे पानीले नै आहाल भरिने गरेको छ भने जब सुख्खा याम लाग्छ ,त्यो बेला त्यहाँको पानी सुक्छ ।त्यहाँका बुढापाकाहरुको भनाई अनुसार उक्त आहालमा गैंडा आएर पानी खाने गरेको किँवदन्ती पाइन्छ । आहाल बषौदेखि नै त्यहाँ रहेको छ ।पछिल्लो समय यस्ता

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 1,127 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पौराणिक सुर्यकुण्डको संरक्षणमा बराह नगरपालिका

    बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित पौराणिक महत्व बोकेको पर्यकीय स्थल सुर्यकुण्ड क्षेत्रमा सरसफाई गरिएको छ । सुर्यकुण्ड क्षेत्रको प्रर्वद्वन,प्रचारप्रसार तथा कुण्डको संरक्षण गर्ने उदेश्यले नगरपालिकाले सरसफाई कार्यक्रमको आयोजना गरिएको हो । प्राचीन महत्व बोकेको उक्त सुर्यकुण्ड क्षेत्र ऐतिहासिक,पुरातात्वबिक,पौराणिक तथा प्राकृतिक क्षेत्रको रुपमा प्रसिद्ध रहेको छ । सुर्यकुण्डमा रहेको आदि वराह मन्दिर क्षेत्र , सुर्यकुण्ड स्थलमा सरसफाई गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । सुर्यकुण्ड क्षेत्रको बिकासका लागि नगरपालिकाले सरोकारवाला निकाय तथा प्रदेश र संघिय सरकारसंगको सहयोगमा काम

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 615 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद मार्सल आर्ट्सको काठमाण्डौमा केन्द्रिय महाधिवेशन

    काठमाडौं/  नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको केन्द्रीय महाधिवेशन भदौ १५ गते काठमाडौंमा हुने भएको छ । संघले भदौ १५ गते शनिबार राजधानीमा तेस्रो महाधिवेशन तथा १३ औं वार्षिक साधारणसभा गर्न लागेको हो । महाधिवेशनले नयाँ नेतृत्व चयनका साथै केन्पो खुकुरी मार्सल आर्टस् खेलका आगामी कार्ययोजना तय गर्ने संघले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । नेपालभित्र नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स खेलको विकास विस्तारका साथै नेपाललाई खुकुरी मार्सल आर्ट्स खेलमा अन्तर्राष्ट्रियस्तरमा सहभागिता बृद्धि गरी खेलकूदमार्फत राष्ट्रको प्रतिष्ठा अभिबृद्धिमा जोड दिँदै आएको संघले स्थापनाको छोटो अवधिमै ७७ जिल

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 516 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भैरहवा र पोखरा अन्तर्राष्ट्रिय उडानको तयारी

    काठमाडौँ/  सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजना सहित प्रक्रिया अगाडि बढाएको छ । निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियत लगायतका आकर्षक प्याकेज ल्याउने भएको हो । साउन २८ को मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो । बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्ययोजना समेत स्वीकृत गरेको हो ।

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 449 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved