धरान/ अनेरास्ववियु क्रान्तिकारीकाे दोस्रो कोशी प्रदेश सम्मेलन भोलि भाद्र २५ धरानमा हुने भएको छ। धरानमा पत्रकार सम्मेलन आयोजना गर्दै क्रान्तिकारीले भाद्र २५ र २६ गते २ दिन सम्म प्रदेश सम्मेलन गर्ने क्रान्तिकारी काेशी प्रदेश अध्यक्ष हेमन्त राईले जानकारी दिए। धरान १५ स्थित ईजि राईडर होटलमा हुने उद्धघाटनमा नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिवोल गजुरेलको प्रमुख आतिथ्यतामा हुने भएको छ। सुशासन र समाजवादी शिक्षाका लागि हाम्रो आन्दोलन सुदृढ संगठन निर्माणका लागि दोस्रो प्रदेश सम्मेलन भन्ने मुल नाराकासाथ काेशी प्रदेशभेला हुने अध्यक्ष राईले बताए। उनले सम्मेलनमा शैक्षिक मुद्दाका साथै यस रा
धरान/ डिपो स्कुलको अयोजना तथा धरान बास्केटवल संघको व्यवस्थापनमा यहि भाद्र २७ गते देखि सुरु हुन लागेको तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा धरान र धरान वाहिरका गरि १७ विद्यालयले प्रतिश्पर्धा गर्ने भएको छ । प्रतियोगितामा आयोजक डिपो स्कुल संगै धरान मेघा हिमालयन स्कुल, काम्रेल स्कुल, सुनाखरि स्कुल, युनाइटेड गोर्खा एकेडेमि, सियोन स्कुल, होलिल्याण्ड स्कुल, समिट स्कुल, विष्णु स्कुल, आइडल स्कुल, दिल्लि पव्लिक स्कुल, सत्यशिसु निकेतन, लोटस स्कुल, प्रभात स्कुल, हिमशिखर स्कुल तरहरा, प्याराडाइज स्कुल तरहरा, पुर्वाञ्चल इङ्गीस स्कुल तरहराले सहभागित जनाएको छ । सहभागि विद्य
धरान/ गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ रिलिज भएको छ । आदेश गुरुमाचनको संगीतमा तयार भएको यो गीत समिर राईको शब्द छ । गीतमा प्रेम र प्रेमका सुनौला पलहरुलाई आकर्षक रुपमा समेटिएको छ । यो गीतको भिडियोलाई अनुप डगोलले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । विजय राज भुर्तेलले छायाँकन तथा सम्पादन गरेका हुन् । भिडियोमा मोडलद्धय समिक्षा पोखरेल र एस राज गाराचको अभिनय छ । भिडियो:
धरान/ काठमाण्डौको माइतीघर स्थित मण्डलामा दलित अधिकारकर्मी खगेन्द्र सुनारले संवैधानिक हक बमोजिम राज्यका निकायहरूमा दलित समुदायको प्रतिनिधित्व नदिइएको भन्दै ‘दलितलाई खै’ भनेर गरेको दबावमुलक आन्दोलनलाई सुनसरीको धरानमा प्रधान कार्यालय रहेको विश्वकर्मा कल्याण सेवा समिती धरानले ऐक्यबद्धता जनाएको छ । समितीले एक विज्ञप्ती जारी गरेर सुनार लगायत अधिकारकर्मीहरुले गरेको आन्दोलनलाई समर्थन गर्दै आन्दोलन प्रति एक्यवद्धता जनाएको हो । अध्यक्ष खड्ग कोइराला र महा सचिब घमानसिंह बराईलीद्धारा जारी विज्ञप्तीमा भनिएको छ,“सुनार लगायतले गरेको दलितलाई खै भन्ने ब्यानर सहित दलितको पक्षमा आन्दोलन ग
विराटनगर/ विराटनगर स्थित हिमालय रोडमा आयोजना गरिने सबै किसिमका मेला र महोत्सवमा रोक लगाउन माग गर्दै स्थानीय व्यापारीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् । मेलाले व्यापारमा समस्या सिर्जना गरेको भन्दै रोक लगाउन उनीहरूले महानगरसित माग गरेका हुन् । पार्क बनाउँदा स्थानीय व्यापार चौपट्ट भएको भन्दै मेला र महोत्सवले झनै समस्या सिर्जना गर्ने उनीहरूको भनाइ छ । ५० जनाभन्दा बढी स्थानीय व्यापारीको हस्ताक्षरसहित मेयर कोइरालालाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘वर्तमान अवस्थामा बनेको अपूर्ण संरचनाले व्यापार व्यवसायमा पारेको असर यहाँहरूलाई बारम्बार अवगत गरा
सुनसरी/ कृषी उपज धरानमा साताको दुई दिन खसी बोकाको व्यापार हुन थालेको छ । चाड पर्वलाई लक्षित गरेर धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा साताको दुई दिन व्यापार सुरु भएको हो । साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीण क्षेत्रदेखि पहाडी भेगबाट व्यापारीले खसीबोका बिक्रीका लागि धरान ल्याउने गरेका छन् । धनकुटाबाट खसीबोका बिक्री गर्न धरान आएका ललित लिम्बूले विगत २५ वर्षदेखि खसीबोका पशुपालन व्यावसाय गर्दै आएका छन् । उनले भने, ‘धरानको कृषि बजारमा खसीबोका बिक्रीका लागि प्रत्येक हप्ता आउने गरेको छु । बिहीबार २० खसीबोका ल्याएर धरान आए
धरान/ स्थानीय सरकारले सह्रानीय काम गर्न थालेको छ । जनताले स्थानीय सरकार भएको अनुभुति महसुस गर्न थालेका छन् । अपांग,अशक्त तथा ज्येष्ठ नागरिकहरुलाई वडाले घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ताको नविकरण र वितरणको काम शुरुवात गरेको छ ।मुलुकमा संघीयता कायम भएसँगै स्थानीय सरकारलाई धेरै अधिकारहरु दिइएको छ । अर्थात संघीयतामा तीन तह रहेका छन् । तीन तहमध्ये पनि स्थानीय तहलाई संविधानमै धेरै अधिकारहरु दिइएको छ । स्थानीय तहले कानुन बनाउनेदेखि लिएर हरेक काम गर्न पाउँछन् । यही अधिकार प्राप्त भएरै हुनसक्छ धरान उपमहनगरपालिका ६ नंं वडा समितिले अपांग, असहाय तथा ज्येष्ठ नागरिकको घर घरमा पुगेर सामाजिक
धनकुटा । कोशी प्रदेशमा रहेका मतदाता संख्याको न्युनतम १० प्रतिशत पार्टी सदस्यता वृद्धि गर्ने निर्णय गर्दै नेकपा एमाले कोशी प्रदेश जनसंगठन समन्वय संयन्त्रको कार्याशाला सम्पन्न भएको छ । नेकपा (एमाले) का २३ वटै जनसंगठनहरुका प्रदेश अध्यक्षहरु,पार्टी प्रदेश कमिटीले तोकेका जनसंगठनका इन्चार्जहरु, जिल्ला जनसंगठन समन्वय संयन्त्रका प्रमुख र इन्चार्जहरु सहभागी धनकुटाको नाम्जेमा सम्पन्न एकदिने कार्यशालाले एक वर्षका लागि कार्यक्रम समेत निर्माण गरेको छ । कार्यशालाले जन संगठनहरु सुदृढिकरण र विस्तारको योजना,राजनीतिक तथा वैचारिक कामको योजना, आर्थिक अनुशासन र व्यवस्थापन योजना, जनसरोकारका सवाल र पार्टी नेतृत्व प
धरान । अनेरास्ववियू (क्रान्तिकारी) सुनसरी जिल्लाको १४ औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले याम कुमार पाण्डेको अध्यक्षतामा २६ सदस्यीय कमिटि चयन गरेको छ ।सम्मेलनले सर्वसम्मत र निर्वाचन प्रणालीबाट चयन गरिएको अखिल क्रान्तिकारीका पूर्व नेता सिपि वजगाईले वताएका छन् ।बन्दसत्रमा लामो र निक्कै गहन छलफल पछि सक्षम नेतृत्व चयन गरिएको वताएका पूर्व विद्यार्थी नेता बजगाईले वताए । उनका अनुसार सम्मेलनले उपाध्यक्षहरुमा कृष्ण कार्की, मंतोस मण्डल, यमुना महत, सचिवमा भुपेन्द्र देवान लिम्बु, सह–सचिवमा शैली उप्रेती, कोसाध्यक्षमा मो.एहेसन अन्सारी चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा कुशल कार्की, धनकेशर भु
सन्तोष गुप्ताबराहक्षेत्र/ हलुवाई सेवा समिती धरान नगर समितिको अध्यक्षमा बाबुलाल साह चयन भएका छन ।१३ सदस्यीय समितिको उपाध्यक्ष राजेन्द्र साह,सचिव सुनिल साह र कोषाध्यक्षमा भरत साह रहेका छन । यस्तै सदस्यहरुमा राम कुमार,योगेन्द्र, श्यामसुन्दर,मनोज,आकाश, कमल र विश्वास साह र जयप्रकाश गुप्ता रहेको अध्यक्ष बाबुलाल साह ले बताए ।शनिबार धरानको गिता मन्दिर मा सम्पन्न हलुवाई जातीको कुलदेवता श्री १००८ संत गणिनाथ गोबिन्द जी र खेमासती माताको जन्म जयन्ती र कुलपुजाको अवसर गठित समितिको सल्लाहकारमामा निवर्तमान अध्यक्षद्वय गोबर्धन साह र रबिन साह, पुर्व उपाध्यक्ष रमेश साह यसैगरी डाक्टर सन्दिप, बृजनन्दन, बिक्रम