हिमालय रोडमा व्यापारिक महोत्सव रोक लगाउन माग

  • भदौ २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगर स्थित हिमालय रोडमा आयोजना गरिने सबै किसिमका मेला र महोत्सवमा रोक लगाउन माग गर्दै स्थानीय व्यापारीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् ।

मेलाले व्यापारमा समस्या सिर्जना गरेको भन्दै रोक लगाउन उनीहरूले महानगरसित माग गरेका हुन् । पार्क बनाउँदा स्थानीय व्यापार चौपट्ट भएको भन्दै मेला र महोत्सवले झनै समस्या सिर्जना गर्ने उनीहरूको भनाइ छ ।

५० जनाभन्दा बढी स्थानीय व्यापारीको हस्ताक्षरसहित मेयर कोइरालालाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘वर्तमान अवस्थामा बनेको अपूर्ण संरचनाले व्यापार व्यवसायमा पारेको असर यहाँहरूलाई बारम्बार अवगत गराइएकै हो ।

त्यसमाथि पनि आउँदो असोजमा लगाउने भनिएको खाना मेलाले थप मार पार्ने हुँदा त्यो निर्णयलाई अनेत्र सार्नका लागि जोडदार माग गर्दछौं ।

त्यस्ता कार्यक्रमले हाम्रो व्यवसाय ठप्प हुने, आवतजावतमा असर पर्ने, विभिन्न मासुजन्य परिकारको गन्ध फैलिने हुँदा त्यस्तो मेला कुनै स्थानमा गर्नसमेत सुझाव दिइन्छ ।’

सो स्थानमा मञ्जिना मुभिज क्रिएसनका नामबाट आगामी असोज १७ देखि २३ गतेसम्म सडक खाना महोत्सव गर्ने भनेर केही दिनअघि पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो । गत वर्ष पनि मेला नलगाउन आग्रह गरेको स्मरण गर्दै स्थानीय व्यापारी विनोद पोद्दारले भने, ‘अर्कोपटकदेखि हिमालय रोडमा मेला नलगाउने बचन दिइएको थियो आयोजकले । तर फेरि यस वर्ष पनि मेला लगाउने भनेर सञ्चारमाध्यमबाट थाहा भयो ।’

उनले सो मेला अन्य स्थानमा आयोजना गर्न आग्रह समेत गरे ।
स्थानीय व्यापारी गंगाधर मैनालीले कुनै पनि हालतमा सो स्थानमा मेला गर्न नहुनेमा जोड दिए ।

ज्ञापनपत्र बुझाउन महानगर पुगेका मैनालीले आक्रोशित हुँदै भने, ‘रोड भनेको हिंड्नका लागि हो । पूरै सडक ढाकेर व्यापार गर्नका लागि होइन ।’
सो रोडमा नयाँ संरचना बनेपछि ६० प्रतिशतले व्यापारसमेत गिरावट आएको उनको भनाइ थियो ।

हिमालय रोडमा पुस्तक, कम्प्युटर, मोबाइल, होटल, चियानास्ता, किराना, कपडालगायतका करिब ७५ वटा पसल सञ्चालनमा रहेका छन् । मैनालीका अनुसार ती सबै पसलमा ३ सय ५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

‘एक त नयाँ संरचना बनेपछि आवतजावतमा समस्या छ । सवारी साधन एकतर्फी मात्रै प्रवेश गर्न दिइन्छ,’ उनले भने, ‘अर्कोतर्फ मेला लाग्दा आवतजावत पूर्ण रुपमा बन्द हुन्छ । मेला अवधिभर गत वर्ष पनि बिक्री ठप्प भएको थियो ।’

नयाँ संरचनाले व्यापारमा गिरावट आएका बेला आर्थिकमन्दीले व्यापारीहरू प्रताडित भएको अर्का व्यापारी लक्ष्मी अधिकारी बताउँछन् । अझै त्यसमाथि स्थानीय व्यापारलाई नै असर गर्ने गरी आयोजना गर्न लागिएको मेलाका कारण व्यापारीहरू चिन्तित भएको अधिकारीले प्रतिक्रिया दिए ।

स्थानीय व्यापारीको समस्या, मर्म र भावना महानगरपालिकाले बुभ्mनुपर्नेमा उनले जोड दिए ।

पसल बन्द गरे पनि सरकारलाई तिर्नुपर्ने कर, बैंकको ब्याज, बिमा, कर्मचारीको तलब, बिजुली बत्ती, खानेपानीलगायतको खर्च नरोकिने उनको भनाइ छ । आफूहरूको माग सम्बोधन नगरे आन्दोलनमा उत्रिन पनि पछि नपर्ने ज्ञापनपत्रमा चेतावनी दिइएको छ ।

गत वर्ष सोही संस्थाले आयोजना गरेको मेलामा सौन्दर्यकरणका क्रममा रोपिएका विरुवा भाँच्नुका साथै सरसफाई र भत्किएका संरचना बनाउनेतर्फ आयोजकले ध्यान नदिएको स्थानीयको गुनासो छ । ‘मेलामा एक–दुई सय प्लेट मःम बिक्री होला ।

आयोजक र स्टल राख्नेहरूलाई केही फाइदा होला,’ व्यापारी श्रवणकुमार शर्माले भने, ‘तर राज्यले तोकेका सबै कर वर्षौंदेखि तिरेर विशुद्ध व्यापार गरेर बसेका हामीलाई डिस्टर्भ गर्नुभएन ।’

ज्ञापनपत्र बुभ्mनै मेयर नागेश कोइरालाले स्थानीय व्यापारीका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

स्थानीय व्यापारीको समस्याबारे जानकार रहेको बताउँदै मेयर कोइरालाले मागबारे आफू गम्भीर रहेको स्पष्ट पारे ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved