समाचार

    Showing 2,711-2,720 of 8,425 items.
  • मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकारको टिम विजयी

    धरान /नेपाली कांग्रेसले आयोजना गरेको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा नेपाल नेपाल पत्रकार महासंघ सुनसरीको टीम विजयी भएको छ । नेपाली कांग्रेसको क्षेत्र नं. १ सुनसरी तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त सम्मेलनको अवसरमा सुनसरी–१ कांग्रेसले आयोजना गरेको मैत्रीपूर्ण प्रतियोगितामा नेपाली कांग्रेस, सुनसरी क्षेत्र नं. १ को टीमलाई ५–४ ले हराउंदै नेपाल पत्रकार महासंघ सुनसरीको टीम विजयी भएको हो । ६० मिनेट अवधि निर्धारण गरिएको खेलको पहिलो हाफको १५ औं मिनेटमा कांग्रेसका अर्जुन राईले पहिलो गोल गरेपनि २५औं मिनेटमा महासंघका धिरेन लिम्वुले १ गोल गरी वराबरीमा ल्याएका थिए । पहिलो हाफ बराबरीमा स

    • प्रकाशित मितिः असार २३, २०८०
    • 697 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ मा हुने

    काठमाडौं / माध्यमिक शिक्षा परीक्षा ( एसइई) मा ग्रेड सि वा त्यो भन्दा कम ल्याउने बिद्यार्थीहरुको लागि ग्रेडवृद्धि परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने भएको छ । ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा पेस गर्नुपर्ने उक्त सूचनामार्फत जनाइएको छ । परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन् । एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनुपर्नेछ । पुरक परिक्षामा बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्

    • प्रकाशित मितिः असार २३, २०८०
    • 689 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कांग्रेसको दौड प्रतियोगितामा नविन र छेन्वीमाया प्रथम

    धरान/  नेपाली कांग्रेसले आयोजना गरेको दौड प्रतियोगितामा नविन तामाङ र छेन्वीमाया राई प्रथम भएकाछन् । नेपाली कांग्रेसको क्षेत्र नं. १ सुनसरी तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त सम्मेलनको अवसरमा सुनसरी–१ कांग्रेसले आयोजना गरेको ५ कि.मि. र्दाैड प्रतियोगितामा पुरुषतर्फ धरान १५ का नविन तामाङ प्रथम भएका हुन् । उनले १५.१ मिनेटमा दुरी पार गरेका थिए । त्यसैगरी महिलातर्फ धरान १९ की छेन्वीमाया राई प्रथम भएकाछन् । उनले निर्धारित दुरी १९.४६ मिनेटमा पूरा गरेकी थिइन् । पुरुषतर्फ दोश्रो हुने धरान ५ का प्रशान्त तामाङले १५.१५ मिनेट र तेश्रो स्थान आउन सपल इण्डियन आर्मी समेत रहेका भोजपुर तिवारी

    • प्रकाशित मितिः असार २३, २०८०
    • 624 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान १४ मा चर्च निर्माण:धार्मिक सहिष्णुता खल्बिलिने भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण

    धरान/ धार्मिक पर्यटकीय स्थल विजयपुरको गोपाल मन्दिर अगाडि चर्च निर्मार्ण भएपछि धार्मिक सहिष्णुता खल्बिलिन सक्ने भन्दै विजयपुर क्षेत्र धार्मिक समन्वय समितिले धरान उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ । समतिले शुक्रबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई, उपमेयर अइन्द्रविक्रम बेघा र प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईको ध्यानकर्षण गराइएको हो । उनीहरुले धरानको १४ नं. वडामा पर्ने विजयपुर क्षेत्र सनातन हिन्दु धार्मिक एवम् पौराणिक रूपमा अन्त्यन्तै महत्वपुर्ण क्षेत्र भएको बताउँदै यस्तो पौराणिक पुरातात्विक एवम् धार्मिक महत्व बोकेको क्षेत्रमा धार्मिक सहिष्णुतामा खलल पुग्ने गरि बालगोपाल म

    • प्रकाशित मितिः असार २३, २०८०
    • 1,409 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्राउन सुगर सहित ३ जना पक्राउ

    बिराटनगर/ मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार मोरङको रंगेली नगरपालिका-७ मा लागुऔषध विक्री बितरण भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा कोशी प्रदेश लागुऔषध नियन्त्रण ब्युरो र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाइ पक्राउ गरेको हो । पक्राउ पर्नेमा रंगेली-६ का २४ बर्षीय शेफ खान र २८ बर्षीय दिपेश अग्रवाललाई समेतलाई ५० ग्राम ७ सय ५० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थान सहित पक्राउ गरेको हो । यसै गरी उदयपुरको त्रियुगा नगरपालिका-३ स्थित जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहर

    • प्रकाशित मितिः असार २२, २०८०
    • 614 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • च्यारिटी सो गरेर क्यान्सर पीडितलाई सहयोग

    धरान/ दुई जना क्यान्सर पीडित बालकलाई सहयोग गर्न धरानमा नेपाली ऐतिहासिक कथानक चलचित्र १२ नेपाली एक चिहान नामक च्यारिटी सो को आयोजना गरिएको छ । धरान ८ का एक बालक र इनरुवा नगरपालिकाका एक गरी दुई जना बोनमेरो क्यान्सर पीडितलाई बालकलाई सहयोग गर्न च्यारिटी सो को आयोजना गरिएको हो । धरान १९ स्थित अपांग तथा असहाय पुनस्र्थापना केन्द्रको आयोजनामा चलचित्र निर्माता निर्देशक अरुण प्रधानले सहयोग गर्ने उद्देश्यले च्यारिटी सोको आयोजना गरिएको निर्माता निर्देशक प्रधानले जानकारी दिए । उनले सानो अभियानको रुपमा आफूहरुले थालनी मात्र गरेको बताउदै क्यान्सर निको हुनका लागि वोनमेरो परिवर्तन गर्नुपर्ने र त्यसका ला

    • प्रकाशित मितिः असार २२, २०८०
    • 700 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सभामुखको हस्ताक्षर विरुद्ध अदालत जाने तयारी

    सुनसरी/ सत्ता गठबन्धनले कोशी प्रदेशमा सरकार बनाउन सभामुखलाइ समर्थनमा हस्ताक्षर गर्न लगाएको विरुद्ध नेकपा एमाले र राप्रपा अदालत जाने भएका छन् । सत्ता गठबन्धनले बिहीबार नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्दा सभामुख बाबुराम गौतमको हस्ताक्षर सहित ४७ जनाको समर्थन पेश गरेको थियो । यसबारे एमाले र राप्रपा गठबन्धनका नेताहरूले कानुनी परामर्श गरिरहेको बताएका छन् । सविधानले प्रदेश सभामा बराबरी मत भएमा मात्रै सभामुखले निर्णायक मत दिने अनुमती दिएको छ। तर, गठबन्धनले सभामुखलाई पनि सरकार बनाउने संख्यामा प्रयोग गरेपछि विवाद बढेको छ। राप्रपा कोशी सं

    • प्रकाशित मितिः असार २२, २०८०
    • 508 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    विराटनगर/  मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । बिहीबार गाउँपालिकामा भएको एक कार्यक्रमको बीच मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । गाउँपालिकाको क्षेत्राधिकार भित्रका सबै बालबालिकाहरूलाई नेपाल सरकारद्वारा तोकिएको १३ प्रकारका खोप गाउँपालिकाका ७ वटै वडाहरूमा लगाइसकिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा पूर्ण खोपको दिगोपनका लागि स्वघोषणापत्रमा हस्ताक्षर समेत गरिएको थियो । गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद शाहको अध्यक्षतामा भएको कार्यक्रममा जहदा गाउँपालिकाका उपाध्यक्ष हन्ना सोरेन , प्रमुख प्रशासकिय अधिकृत दुर्गा

    • प्रकाशित मितिः असार २२, २०८०
    • 469 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा डेंगुको विरामी बढ्दै

    धरान /धरानमा डेंगु रोग माहामारीको रुपमा फैलिएको छ । उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न निजी अस्पताल तथा क्लिनिकमा चेक गर्न आउनेहरुमा डेंगो रोगका संक्रमण पाइएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले डेंगुका विरामी बढेका छन् । प्रतिष्ठानका सह प्रवक्ता डा. चुडामणि पोख्रेलले प्रतिष्ठानमा कोशी प्रदेश र मधेश प्रदेशबाट डेंगुका विरामी अत्याधिक मात्रामा उपचारका लागि बीपीमा आएको बताए । तराई जिल्लामा मात्र देखिने डेंगु पूर्वी पहाडी जिल्ला तेह्रथुम, ताप्लेजुङ, धनकुटा, इलाम, पाँचथरबाट पनि फाट्टफुट्ट डेंगुका विरामी आएको उनको भनाइृ

    • प्रकाशित मितिः असार २२, २०८०
    • 913 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • 'कोशी प्रदेशको पाँचौ मुख्य मन्त्री' को हुन् त उद्धव थापा ?

    धरान /कोशी प्रदेशको पाँचौ मुख्य मन्त्रीमा नेपाली काँग्रेसका नेता उद्धव थापा चुनिएका छन् । प्रदेशका मुख्य मन्त्री बनेका नेपाली काँग्रेसको कोशी प्रदेश सांसदीय दलका नेता थापाको राजनीतिकलाई संक्षेपमा भन्नुपर्दा उनी नेपाली काँग्रेसका पुराना कार्यकर्ता हुन् । झापा जिल्लाका बासिन्दा उद्धव थापाले बीपी कोइरालाको सुरक्षा दस्ता हुदै काँग्रेस प्रदेश सभापति सम्मको तय गरिसकेका छन् । २०३४ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा शुरु गरेका थापा दुई कार्यकाल सभापति, २०३६ सालको जनमत संग्रहमा पञ्चायती व्यवस्था विरुद्ध बहुदलीय व्यवस्था स्थापनाका लागि उनी प्रचार अभियानमा सक्रिय भएर लागेका थिए । बीपी क

    • प्रकाशित मितिः असार २२, २०८०
    • 697 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved