धरान / सुनसरी जिल्लाको धरान लगायत वरपरका अन्य जिल्लाहरुमा व्यापकरुपमा फैंलिदै गएको डेंगु रोगको प्रकोपको नियन्त्रण तथा सर्वसाधारणले सहजरुपमा उपचार गराउने उद्देश्यले वी.पी. प्रतिष्ठान तथा धरान उपमहानगरपालिकाको सहकार्यमा २०८० असार २९ गतेदेखि प्रतिष्ठानको जी.ओ.पी.डी. भवन अगाडि डेंगु क्लिनिक संचालनमा ल्याइएको छ । यहि श्रावण ७ गतेसम्म ८ सय १९ जनाको परिक्षण गर्दा ६१५ जना (७५%) मा डेंगु संक्रमण देखिएको थियो । उक्त परिक्षणलाई मध्यनजर गर्दै डेंगु संक्रमित भई प्रतिष्ठानमा उपचारका लागि भर्ना हुने बिरामीहरुको बढ्दो चापलाई सहज बनाउने गरी २०८० श्रावण ७ गतेदेखि छुट्टै डेंगु वार्ड संचालनमा ल्याएको छ । इमर्ज
विजयपुर/ नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसको अवसर पारेर धरानमा आईतबार सरसफाई कार्यक्रम गरिएको छ । सरसफाई कार्यक्रम धरान १६ मा रहको स्वर्गीय मेयर तारा सुब्बा पार्कको प्रागङणामा सरसफाई तथा वृक्षरोपण गरिएको हो । सरसफाई कार्यक्रम आयोजना नेकपा एमाले धरान उपमहानगर कमिटीद्वारा गरिएको थियो । कार्यक्रममा नेकपा ऐमाले केन्द्रिय सदस्य मन्जु भण्डारी, सुनसरी सचिवालय सदस्य ऋषी राज राई , प्रदेश सदस्य मुरारी सुवेदी, धरान नगर सह–इन्चार्ज प्रकाश राईको लगायतको उपस्थिति रहेको थियो ।
धरान/ यस बर्ष पर्याप्त बर्षा भएको छैन । बाढी र पहिरोले पहाडी क्षेत्रमा क्षति पुर्याएपनि तराई क्षेत्रमा खासै बर्षात भएको छ । खासगरी खोला किनारामा घर बनाएर बस्नेहरु भरसक बर्षा नहोस् भन्ने चाहन्छन् । बर्षेनी आएको बर्षाले पुर्याएको क्षतिका कारण उनीहरु आजित बनेका छन् । धरान उपमहानगरपालिका वडा नं १७ को ठकुरी खोला किनाराको डाफे मार्गमा बसोबास गर्नेहरु बर्षादका् समय नआओस् भनेर कामना गरेर बस्छन् । विगतमा बर्षाद्ले पुर्याएको धन सम्पत्तिको क्षति सम्झिदै उनीहरु पुन: त्यस्तो नहोस् भनेर कामना गरिरहन्छन् । बर्षाद्को समयमा उनी रातिभरि सुत्दैनन् । पानी परेको बेला नजिकैको ठकुरी खोलाले धा
धरान/ एक महिना मलमास परेकाले धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा भक्तजनहरु अघिल्लो सोमबारको तुलनामा कम देखिएको छ । साउन ३१ गतेसम्म मलवास परेका कारण भक्तजन कम आएको पिण्डेश्वर बाबाधाम समितिले जनाएको । समितिका अध्यक्ष विकास वनेपालीले मलबासलाई पुरुषोत्तम महिना भनेर बुझिन्छ । पूजाआजा नै गर्न नहुने भन्ने नभए पनि समाचार तथा सामाजिक सञ्जालमा अनर्गल समाचार सम्प्रेषण भएकै कारण कम भक्तजन आएको अध्यक्ष वनेपालीको तर्क छ । भीडभाड कम भएपनि बोलबममा यसपटक पानी चढाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेन समेत पुगेको पिण्डेश्वर बाबाधाम समितिका कोषाध्यक्ष पञ्कज घिमिरे बताउ
इटहरी/ मदन भण्डारी फाउण्डेशन,सुनसरीको सम्मेलन शनिबारका इटहरी नगर पार्टीको सभाहलमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमा एमालेका प्रदेश नेता खेमराज पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पोलिटब्यूरो सदस्य तथा सुनसरी इन्चार्ज शेरधन राईले मदन भण्डारी र उहाँद्वारा प्रतिपादित योजनालई मान्यता दिदै द्रुस्तै व्यवहारमा उतार्न सके मात्र एमाले पार्टी दरिलो र सफल हुने बताए । यस अनुसार चल्न सबैजनाको प्रतिबद्ध हुनुपर्ने बताए । आफु सुनसरीको इन्चार्ज भएका नाताले अब पार्टी सुदृढीकरण गरेर लानु पर्ने समय आएको समेत उनले बताए । फाउन्डेसनका प्रदेश अध्यक्ष तथा पार्टी केन्द्रीय सल्लाहकार गोपाल गु
धरान/ टोलटोलबाट सरसफाइ भएमात्र धरानका सबै वडा सफा र सुन्दर हुन्छ भन्ने अभिप्रायले धरान उपमहानगरपालिका ८ नं. वडाले आफ्नो वडामा रहेका टोल विकास समिति (टिएलओ) लाई सरसफाइको सामाग्री वितरण गरेको छ । वडालाई सफा र सुन्दर बनाउन यो सामाग्री वितरण गरिएको वडाले जनाएको छ । जनसंख्या र क्षेत्रफलको हिसाबले पनि ठूलो वडाको रुपमा धरान ८ लाई लिने गरिएको छ । यो वडामा धनकुटे कविरटोल विकास समिति, सिदार्थ टोल विकास समिति, गुम्बा टोल विकास समिति, सीता टोल विकास समिति, बमजन टोल विकास समिति, अरुण टोल विकास समिति लगायतका १५ वटा टोल विकास समिति रहेका छन् । टोल विकास समितिका नेतृत्वमा सरफाइ भए वडा नै स्वच्छ
विजयपुर/ पछिल्लो समय गलत र भ्रमक सुचनाको बढदो प्रयोग बढ्दै गएको छ । यसैलाई न्यूनिकरण गर्न विराटनगरमा प्रदेशस्तरीय दुई दिने कार्यशाला सम्पन्न भएको छ । युथ इनोभेसन ल्याब र अमेरिकी दुतावास नेपालको सहकार्यमा भएको कार्यशालामा सामाजिक संजालमा हुने गरेको गलत सुचना प्रवाहले समाज पुर्याउने असर सम्बन्धी सचेतनामुलक प्रदेशस्तरीय २ दिने प्रशिक्षण कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा पत्रकार, भलगर ,विद्यार्थी गरि २० प्रशिक्षार्थीहरुको सहगाति रहेको थियो । डिजिटल युगले गलत र भ्रामक सुचनाको बढी प्रवाह भएकोले गलत सुचना फैलाउने र समाज र व्यक्तिमा भ्रम सिर्जना गर्ने भएकाले यस्ता समस्या
धरान/ धरानमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रम संस्कतिको विकास गरेपछि वडाहरुले यसको अनुशरण गरेका छन् । मेयर साम्पाङले शनिवारलाई श्रमबार घोषणा गरेर जलाधार क्षेत्रमा वृक्षरोपण गर्ने, खानेपानीको मुहान संरक्षण गर्ने लगायतका धेरै कामहरु गर्दै आउनु भएको छ । यसै अनुरुप धरान उपमहानगरपालिका वडा नं. १४ ले पनि शनिवारलाई श्रमबार घोषणा गरेर आफ्ना वडामा रहेका मठमन्दिर, जलाधार क्षेत्रको संरक्षणमा लागेको हो । गत शनिवारबाट वडाले धरान १४ मा रहेका जलाधार क्षेत्रको संरक्षण अभियान शुरु गरेको छ । गत हप्ताको शनिवार धरान १४ मा रहेका सेउती खोलामा तटबन्धन लगाउने कामबाट शुरु गरेको यो अभियान य
विराटनगर / श्री दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरबाट प्रत्येक वर्ष प्रदान गरिने दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार कथाकार सनत रेग्मी र दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार अनन्तराज न्यौपानेलाई विराटनगरमा समर्पण गरियो । उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि माननीय युवा तथा खेलकुद मन्त्री श्री डिगबहादुर लिम्बूले प्रदान गरेका थिए १ पुरस्कारको राशि क्रमशस् एकाउन्न हजार र पच्चीस हजार रहेको छ । दधिराज सुवेदी नेपाली भाषा साहित्यको क्षेत्रमा परिचित र प्रतिष्ठित नाम हो । सो कार्यक्रममा माननीय सभासदद्वय केदार कार्की, ॠषिकेश पोखरेल, उद्योगपति राजेन्द्र राउत, नेकपा स
धनकुटा /पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवाको स्मृतिमा धनकुटाको सिधुवामा पार्क बन्ने भएको छ । छथर जोरपाटी गाउँपालिकाले सिधुवामा पुर्व अर्थ राज्यमन्त्री स्वर्गीय हरिराज खेवा स्मृती पार्क बनाउने तयारी थालेको छ । सात वर्ष अघि धनकुटामा बस दुर्घटनामा परि मृत्यु भएको थियो । दुर्घटना स्थलमा खेवाको स्मृतीमा पार्क निमार्ण कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ । पार्क निमार्णको लागि गाउँपालिकाले ५ लाख रुपैया विनियोजन गरेको अध्यक्ष छत्रबहादुर सुब्बाले जानकारी दिए । पार्कमा खेवाको सालिकसँगै दुर्घटनामा मृत्यृ भएका सबैको नामावली र संग्राहलय बनाउने उद्देश्य रहेको स्वर्गीय हरिराज स्मृति प्रतिष्ठानक