विराटनगर / नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोईरालाले वडा स्तरदेखि नै सुशासन दिन नसके जनतामा असन्तुष्टि आउन सक्ने बताएका छन् । मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर १ को नव निर्मित प्रशासनिक भवनको उद्घाटन समारोहमा बोल्दै नेता कोइरालाले वडा स्तरदेखि नै सुशासन दिन सकिएमा जनताले संघीयताको महसुस गर्ने बताए । उनले स्थानीय तहका जनप्रतिनिधिहरू सुविधाको भोगी नभई जनतालाई सहज हुने तरिकाले सेवा प्रवाह गर्न लाग्नु पर्नेमा जोड दिए । “संविधानले परिकल्पना गरेअनुसार जनताको घरदैलोको सरकार भनेको स्थानीय सरकार हो । स्थानीय सरकारसित जनताले बढी आशा र भरोशा राखेका हुनछन ” कोइरालाले भने, “जनत
धरान/ प्रत्येक नागरिकले सहज रुपमा राम्रो स्वास्थ्य उपचार पाउने उसको अधिकार हो । चेक जाँचसगै औषधी समेत सहज संगै सर्वसुलभ पाउनु हरेक नागरिकको अधिकार हो । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा सञ्चालन हुने अस्पताल होस् या पोलिक्लिनिक र औषधी पसल वैध रुपमा सरकारले तोकेको मापदण्ड पुरा गरेर सञ्चालन हुन पर्छ । तर धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट वाहिर सञ्चालनमा रहेका सबै पोलिक्लिनिकहरु अवैध रुपमा सञ्चालन भइरहेका छन् । गेट वाहिर सञ्चालनमा रहेका अधिकांश फार्मेसीहरु समेत नियमविपरित सञ्चालनमा छन् । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट वाहिर सञ्चालनमा
धनकुटा/ निर्माण कम्पनीले सडक निर्माणमा ढिलाई गरेको भन्दै स्थानीयले अवरुद्ध गरेका छन् । कोशी राजमार्गको लभिङ हिल–माने भञ्ज्याङ सडक ठेकेदार कम्पनीले समयमै निर्माण नगर्दा बर्षाद्को समयमा हिलाम्मे भएपछि स्थानीयहरुल अवरुद्ध गरेका हुन् । सो सडकको निर्माणका जिम्मा शर्मा शिवशक्ति जेभीले लिएको छ । तर निर्माण कम्पनीले निर्माणमा ढिलाई गर्दा वर्षाको समयमा हिलाम्मे भएर सडक आवातजावतमा समस्या आएपछि सडक अवरुद्ध पारेको अरुण उपत्यका सामुदायिक विकास क्लबका अध्यक्ष जिल्लामान राईले बताए । उनले भने–‘ठेकेदार कम्पनीले समयमै सडक निर्माण नगर्दा समस्या भएको छ, यस विषयमा पटक पटक सम्बन्धि
धरान/ बोलबमको समयमा धरान १४ विजयपुरस्थित पिण्डेश्वर मन्दिरमा भक्तजनको आगमन न्यून रहेको छ । विगतका बर्षहरुमा बोलबमको समयमा अत्याधिक भक्तजनहरु आए पनि धरानमा फैलिएको डेंगु संक्रमण र मलमासका कारण सोमबारको दिन पनि चहलपहल कम रहेको छ । विगतमा मलमासमा समेत भक्तजनहरु कम आउने गरेका थिए । तर यस बर्ष मलमासले मात्र हैन धरान डेंगु संक्रमण भयावह बन्दा धरान आउन नै अन्य ठाउँका सर्वसाधारण डराउने गर्छन् । पिण्डेश्वर मन्दिरमा भेटिएकी लाँलीगुरास नगरपालिकाकी गीता बाँनियाले छोरालाई डेंगु भएका कारण उपचारका लागि आएको र अहिले सञ्चो भएपछि पिण्डेश्वर मन्दिरमा जल चढाउन आएको बताइन् । उनले भनिन्–&lsquo
विजयपुर /रोटरी कल्ब अफ धरानले शनिवार धरानको बराहको सभाहलमा आफनो ३९औ बर्षको पदस्थापन कार्यक्रमा सम्पन्न गरेको थियो । उक्त कार्यक्रमा प्रदेश नम्बर १ भरिरहेका रहेका २० वटा रोटर्याक्ट कल्बका १ सय ५० जना प्रतिनिधिहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा प्रमुख अथिति रोटरीयन वासुदेव गोल्यानले मन्तब्य राख्दै कल्बले अहिले सम्म गरेको सामाजिक कामले धेरैलाई सहयोग पुगेको आगमि दिनमा रोटरी कल्बले सामाजिक कार्यमा थप सेवा पुराउने उदेश्यले ठुला – ठुला सहयोगको कार्य गर्ने रोटरीका प्रतिनिधिले गर्ने हरेक किसिमको सामाजिक कार्यमा आफुले सक्दो सहयो गर्ने बताए । गोल्य
धरान / नेकपा एमाले धरानले तीन महिने प्रशिक्षण अभियानको पहिलो चरणको नगर स्तरिय कार्यक्रम शनिबार सम्पन्न गरेको छ। धरानका वडा र टोल स्तरमा यो अभियान पुराउने उदेश्यले स्कुल बिभाग प्रशिक्षण कार्यक्रम गरेको एमाले धरानका उप सचीव तथा स्कुल बिभाग प्रमुख योगेशबाबू काफ्लेले बताए। उक्त प्रशिक्षण अभियानमा नेतृत्व बिकाश,प्रतिबेदन तथा माइन्युट लेखन र उद्घोष तालिमा सिकाएको छ। प्रशिक्षणको अभियानमा एमाले प्रदेश कमिटी सदस्य दोर्पध्वोज राई,एमाले जिल्ला कमिटी सचिवालय सदस्य नारायण प्रसाद सुबेदीले सहजीकरण गर्दै आएका छन् । शनिबार सम्पन्न भएको पहिलो चरणको कार्यक्रममा बोल्दै प्रमुख अतिथि ए
मोरङ / कानेपोखरी गाउँपालिकामा रहेको मुख्य बजारको रुपमा चिनिने रमाइलो बजारमा बत्तीको उचित व्यवस्थापन नहुदा ब्यापारीहरुले निकै लामो समयदेखि समस्या भोगिरहेका छन । कानेपोखरी गाउँपालिकाले बत्तीको व्यवस्थापन नगर्दा व्यापारीहरु समस्यामा परेको बताउछन । कानेपोखरीको सबै भन्दा पुरानो बजार भनेर पनि चिनिन्छ रमाइलो बजार अझै पनि व्यव्स्थित हुन सकेको छैन। बिगत लामो समय देखि रमाइलो बजारमा व्यापारीहरु व्यापार गर्दै आइरहेको छन । ब्यापारीहरुले प्रत्येक बर्ष बजार समितीलाई पैसा तिरेपनि पैसा तिरेको सेवा सुबिधा नपाएको ब्यापारीहरुको गुनासो रहेको छ।रमाइलो बजारमा बत्ती नहुदा ब्यापारीहरुले दिनभरि जसोतसो ब्य
विराटनगर/ दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको बराहा राईजिङ स्टार स्कुलले जितेको छ । विराटनगरमा शनिबार सम्पन्न भएको फाइनलमा विराटनगरमा रहेको सत्यनारायण माविलाई २–० गोलले हराउँदै बराहा राईजिङले उपाधि जितेको हो । उपाधिसँगै बराहाले नगद १२ हजार २ सय २२ रुपैयाँ र ट्रफि पाएको छ । उपबिजेता बनेको सत्यनारयण स्कुलले ७ हजार ७ सय ७७ रुपैयाँ र ट्रफिमा चित्त बुझायो । बराहा राईजिङलाई उपाधि दिलाउन कृष पौडेल नायक सावित भए । उनले २ गोल गरे । प्रतियोगिताको म्यान अफ फाइनल बराहा राईजिङका आयुश मगर घोषित भए । विद्यागत पुरस्कारहरुमा पनि बराह
तेह्रथुम/ पछिल्लो समय स्थानीय सरकारले श्रम संस्कृतिको विकास गर्दै लगेका छन् । कतिपय स्थानीय तहले श्रम संस्कृतिको नाममा प्रचारबाजी बढी गरेका छन् भने कतिपय स्थानीय तहले प्रचारबाजी भन्दा कामलाई बढी प्राथमिकता दिँदै आएका छन् । यसको पछिल्लो उदाहरणको रुपमा तेह्रथुमको लाली गुराँस नगरपालिका नगरपालिकाले हरेक काममा २५ प्रतिशत श्रमदान अनिवार्य गर्नुपर्ने प्रावधान ल्याएको छ । सडक निर्माण, कुलो निर्माण लगायतका भौतिक संरचना निर्माणमा स्थानीयहरुले २५ प्रतिशत श्रमदान गर्नेपर्ने प्रावधान अगाडि ल्याइएको लाली गुरास नगरपालिकाका मेयर अर्जुनबाबु मावुहाङ बताउँछन् । उनी भन्छन्–‘हामी प
धरान/ विरामीलाई आवश्यक पर्ने रगतको परिपूर्ति नेपाल रेडक्रस सोसाइटीमार्फत सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले गर्ने गर्छ । रगतको अत्यन्तै अभावका समयमा समेत रेडक्रसले रगतको परिपूर्तिलाई पूरा गर्दै आएको छ । महा विनासकारी भुकम्पको समयमा होस् या कोराना संक्रमण तथा डेंगु संक्रमण जस्ता महामारीमा होस् रगत आपूर्तिमा रेडक्रसले विरामीका लागि सहयोगी भूमिका खेल्दै आएको छ । यसै क्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रक्त सञ्चार सेवा केन्द्र सञ्चालन गरेर उपचारमा आएका विरामीहरुलाई रगतको परिपूर्ति गरिरहेको छ । देशभर ५८ औं रक्त सञ्चार