वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत मङलबार वडा नं ६ र वडा नं ९ बिच भएको पहिलो खेल बराबरीमा टुङ्गिएको छ । दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा एक– एक गोल खेल पछि दुवै टिमले १–१ अङ्क बाँडेका थिए । तिन खेलमा एक खेलमा पराजित र दुई खेल वरावरी खेलेको वडा नं ६ ले प्रतियोगितामा २ अंङ्क जोडेको छ । त्यस्तै लगातार तिन खेलमा दुई खेलमा जित र एक खेलमा वरावरी खेलेको वडा नं ९ ले प्रतियोगितामा ७ अङ्क जोडेको छ । खेलमा उत्कृष्ट प्रदशन गरेका वडा नं ९ का क्याप्टेन संन्तोष श्रेष्ठ म्यान अफ द म्याच
इटहरी/ इटहरीमा सवारी साधन पार्किङ प्रमुख समस्या बनेपछि बसपार्कलाई व्यवस्थित गरिने भएको छ । इटहरीको पुरानो बसपार्क भएको ठाउँमा ठेक्का लागेर निर्माणको काम सुरु भएको हो । इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले भवनको शिलान्यास गर्दै समयमै निर्माण सक्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन । भवन निर्माण भए सँगै अत्याधुनिक र सुबिधा सम्पन्न हुने नगर प्रमुख पौडेलको भनाई छ । शिलान्यास कार्यक्रममा उप प्रमुख संगिता चौधरी, इटहरी ९ का वडा अध्यक्ष जितेन थापा, उपमहानगरका प्रवत्ता दिवस पोखरेल लगायतको उपस्थित रहेको थियो । श्री अर्थ÷हाम्रो÷श्रीमान हेटौंडा–६,मकवानपुरले ९ करोड ४८ लाख ८३
धरान/ धरानको सामाजिक विषयवस्तु समेटेर राजनितिक दलबाट समाधान गर्नुपर्ने विषयहरुमा पहल गर्न नेकपा एमाले धरान उपमहानगर कमिटीले ९ बुँदे पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्य्रक्ष केपी शर्मा ओलिलाई ध्यानाकर्षणपत्र बुझाएको छ । धरानका विभिन्न समस्या रहेको हुदा समाधान गर्न पार्टी केन्द्रिय कमिटीको तर्फबाट विषेश पहल गरिदिनु हुन अनुरोध गर्दै पुर्वप्रधानमन्त्रीलाई तथा पार्टीका केन्द्रिय अ्रध्यक्ष ओलिलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा नेकपा एमाले नेतृत्वको सरकारले योजना गरि डिपीआर सुरु भएको धरान –लेउती सुरुङ मार्गबाट बहुउद्येशीय लाभ लिन सकिने तथा धरान सहित आसपासका क्षेत्
विराटनगर/ कोशी प्रदेश सरकारले प्रदेशमा उत्पादित घिउ र धूलो दूध निर्यातमा प्रोत्साहन अनुदान दिने भएको छ । यसका लागि न्यूनतम मापदण्ड तयार गरिएको छ । प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय प्रबर्द्धन अनुदान [दोस्रो संशोधन] मापदण्ड २०८० तयार गरेको हो । उक्त मापदण्डअनुसार नौनी घिउलाई प्रतिकिलो ९० रुपैयाँ, घिउूमा प्रतिकिलो १२० रुपैयाँ, होल मिल्क पाउडरलाई प्रतिकिलो ८० रुपैयाँ र स्किम मिल्क पाउडरलाई प्रतिकिलो ७० रुपैयाँ अनुदान दिइने भएको छ । यी अनुदान पाउन लागि निर्यातकर्ताले विभिन्न न्यूनतम प्राविधिक मापदण्ड पूरा गर्नुपर्ने जनाइएको छ । अनुदान प्राप्त गर्नका लागि निर्या
धरान / धरानका सामाजिक व्यक्तित्व तथा धरान सरोकार समाज काठमाडौंका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठको निधन भएको छ । काठमाडौंमा रहेका धरानेहरु जुटाएर धरानको विकास निर्माणमा हातेमालो गर्ने उद्देश्यले स्थापित धरान सरोकार समाजका अध्यक्ष रहेका श्रेष्ठले धरानको विकास निर्माणका लागि राजधानीमा बसेर उल्लेख्य काम गरेका थिए । उनले धरानको विकास, निर्माणमा सहयोग पुरयाउन धरान सरोकार समाज गठन गरेका थिए । मृगौला रोगबाट पीडित उनको सोमबार दिउँसो निधन भएको छ । धरान–२ पुरानो बजारस्थित आफ्नै निवासमा मृगौलाको डायलासिस गराइरहेका उनी घरमै लडेपछि उनको टाउकोमा चोट लागेको र धरानस्थित बीपी कोइरा
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको पहिलो खेलमा वडा नं ९ बिजयी भएको छ । वडा नं ९ ले वडा नं ४ लाई शुन्यका बिरुद्ब ६ गोलको अन्तरले पराजित गरेको थियो । दुई खेलमा लगातार जित निकाल्लेको वडा नं ९ ले प्रतियोगितामा ६ अंङ्क जोडेको छ । त्यस्तै दुई खेलमा पराजित बनेको वडा नं ४ ले अङ्क जोड्न सकेको छैन । खेलमा उत्कृष्ट प्रदशन गर्दै दुई गोल गरेका वडा नं ९ का सुरेशकुमार लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए । त्यस्तै आइतबारनै भएको दोस्रो खेल
विराटनगर,/ पछिल्लो समयमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आन्दोलनले यहाँको स्वास्थ्य उपचार र शैक्षिक कार्यक्रम अलपत्र परेको भन्दैं सुनसरी जिल्लाबाट निर्वाचित नेकपा एमाले सम्बद्ध प्रदेशसभा सदस्यहरुले कोशी प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएका छन्न् । आइतबार मुख्यमन्त्री केदार कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउदैं यहाँ भएको आन्तरिक समस्या सुल्झाउन संघीय सरकार र पदाधिकारीसँग आवश्यक समन्वय र सहजिकरण गर्न आग्रह गरेका हुन । स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्च शिक्षा अध्ययन अध्यापन अनुसन्धान तथा स्वास्थ्य उपाचारको लागि धेरै महत्त्वपूर्ण संस्था हुँदाहुँदै पनि सो संस्था व
धरान/ महिलाहरुलाई पछिल्लो समय स्तन क्यान्सरको समस्या अत्याधिक देखिन थालेकोप्रति चिन्ता व्यक्त गर्दै चिकित्सकहरुले हेलचेक्र्याई नगर्न सुझाव दिएका छन् । लियो क्लब अफ घोपाको आयोजनामा धरान १७ को स्वास्थ्य केन्द्रमा स्तन क्यान्सरसम्बन्धी सचेतना कार्यक्रममा चिकित्सकले यस्तो सुझाव दिएका हुन् । स्तन क्यान्सर विशेष गरेर महिलामा हुने रोग हो । यो रोग लागेपनि धेरै महिलाहरुलाई रोगको विषयमा थाहा नहुँदा धेरै महिलाहरुले ज्यान गुमाउनु परेको छ । तर शुरुमै यसको उपचारसँगै आत्मबल बढाउन सके यो रोग सामान्य भएको चिकित्सकरुले बताएका छन् । सो अवसरमा बोल्दै स्तन रोग विशेषज्ञ डा. शारदा खड्काले समयमै जाँच गराउन न
धरान/ आज विश्व क्यान्सर दिवस । प्रत्येक बर्ष यस दिन नेपालमा कुनै न कुनै प्रकारको सचेतनात्मक कार्यक्रम हुने गरेको छ । यसै क्रममा धरान साइकिलिङ क्लबले भने विराटनगरसम्मको सचेतनात्मक र्यालीको आयोजना गरेका छन् । धरान साइकिलङ क्लबमा आवद्ध तथा अवुद्र्ध निवारण संघका पदाधिकारी, बीपी कोइराला स्वास्थ्य विज्ञानका चिकित्सक तथा नर्सलगायतको टोली विराटनगर प्रस्थान गरेको हो । विहान ८ बजे यो टोली धरानबाट विराटनगरतर्फ प्रस्थान गरेको हो । साशासिक खेलको रुपमा साकइलिङ प्रतियोगिताको आयोजना गर्दै आएको क्लबले प्रतिष्पर्धात्मक प्रतियोगिता आयोजना भने गरकेो होइन । प्रत्येक बर्ष फेब्रअरी ४ मा आयोजना हुने विश्
विराटनगर/ मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लव र होराइजन क्रिकेट ब्लव विराटनगर विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा झोराहाटले विराटनगरको बुद्ध मिलन क्रिकेट क्लवलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २५ ओभरको खेलमा १७ दशमलव ४ बलमा सवै विकेट गुमाउँदै ७६ रनमा सिमित भयो । जसमा प्रशन्न माथेमाले सर्वाधिक २६ रन बनाए । झोराहाटका म्यान अफ द म्याच आशिष गुप्ताले सर्वाधिक ४ विकेट लिए । ७७ रनको विजयी लक्ष पछ्याएको झोराहाटले १८ दशमलव २ बलमा ५ विकेट