अपराधीलाई कारबाही गर्न सुनसरीका पत्रकारको माग

  • चैत १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ राजधानी काठमाडौंमा पत्रकार सुरेश रजककाे मृत्यु भएको घटनाको विरोधमा नेपाल पत्रकार महासंघ सुनसरी शाखाले पनि विरोध प्रदर्शन गरेको छ।

इटहरीमा आज भएको विरोध कार्यक्रममा पत्रकार महासंघका पदाधिकारी, विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरू र नागरिक समाजका प्रतिनिधिहरू सहभागी भएका थिए।

उनीहरूले पत्रकारको सुरक्षाको माग गर्दै सरकारलाई तत्काल छानबिन गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरे।

नेपाल पत्रकार महासंघ सुनसरीका पदाधिकारीहरूले पत्रकारहरूलाई जोखिमयुक्त वातावरणमा काम गर्न बाध्य बनाइएको भन्दै निन्दा गरे। साथै, घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन्।

हिजाे, चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजसंस्था पुनःस्थापनाको माग गर्दै भएको प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश  रजककाेनिधन भएपछि पत्रकार महासंघले देशभर विरोध प्रदर्शनको आयोजना गरिरहेको छ।

 

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved