अपराधीलाई कारबाही गर्न सुनसरीका पत्रकारको माग

  • चैत १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ राजधानी काठमाडौंमा पत्रकार सुरेश रजककाे मृत्यु भएको घटनाको विरोधमा नेपाल पत्रकार महासंघ सुनसरी शाखाले पनि विरोध प्रदर्शन गरेको छ।

इटहरीमा आज भएको विरोध कार्यक्रममा पत्रकार महासंघका पदाधिकारी, विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरू र नागरिक समाजका प्रतिनिधिहरू सहभागी भएका थिए।

उनीहरूले पत्रकारको सुरक्षाको माग गर्दै सरकारलाई तत्काल छानबिन गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरे।

नेपाल पत्रकार महासंघ सुनसरीका पदाधिकारीहरूले पत्रकारहरूलाई जोखिमयुक्त वातावरणमा काम गर्न बाध्य बनाइएको भन्दै निन्दा गरे। साथै, घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन्।

हिजाे, चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजसंस्था पुनःस्थापनाको माग गर्दै भएको प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश  रजककाेनिधन भएपछि पत्रकार महासंघले देशभर विरोध प्रदर्शनको आयोजना गरिरहेको छ।

 

 

धरानमा गर्ल फ्रेण्डक ...

धरान । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवा ...

धरानमा जिल्ला स्तरीय ...

धरान/  धरानमा एसइई दिएर बसेका विद्यार्थीहरुला ...

धराने सर्वपक्षिय टोल ...

काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

‘मिस्टर स्टेट राजभगत ...

धरान/  शारीरिक सुगठन खेलका अग्रज अन्तर्राष्ट् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved