गोधुली रनिङ कप : आज वडा नं. ११ र ५ बीच प्रतिस्पर्धा

  • चैत १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान रंगशालामा शनिबार साँझ ६:३० बजे  गोधुली रनिङ कप फुटबल प्रतियोगिताको रोमाञ्चक खेलमा वडा नं. ११ र वडा नं. ५ भिड्दैछन्।

२५ औं संस्करणको गोधुली रनिङ कपमा १४ नं. वडाले ६ नं. वडालाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

शुक्रबार साँझ ७ बजे धरान रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा १४ नं. वडाले संघर्षपूर्ण जित निकाल्दै अन्तिम चारमा प्रवेश पायो। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा खेलमा उत्साहजनक मोड आयो। खेलको ५३ औं मिनेटमा पाएको फ्रिकिकलाई आशिष पुरीले गोलमा परिणत गरे।

६ नं. वडाका गोलकिपर आयुष लिम्बू बल रोक्न असफल भएपछि पुरीको प्रहारले जाली चुम्यो।

६ नं. वडाले १० मिनेटभित्रै खेलमा बराबरी ल्यायो।

अजय विष्टको लामो पासलाई अर्जुन लिम्बूले दुई जना डिफेन्डरलाई छलाउँदै गोल गरे। खेलको अतिरिक्त समयमा आशिष पुरीले पुनः गोल गर्दै १४ नं. वडालाई विजय दिलाए।

डिबक्सभित्र अनमार्क रहेका पुरीले आफ्ना साथीले प्रहार गरेको फ्रिकिकलाई पोष्टको दिशा दिएका थिए। उनको उत्कृष्ट प्रदर्शनका लागि म्यान अफ द म्याच घोषित गर्दै नगद २ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो।

चैत्र २१ गतेसम्म सञ्चालन हुने गोधुली रनिङ कपमा धरानका १८ वटा वडा सहभागी छन्। प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ र उपविजेताले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

साथै, क्वाटर फाइनलसम्म पुगेका टोलीहरूले स्व. सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउने गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिएका छन्।

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved