समाचार

    Showing 121-130 of 10,268 items.
  • आज गुरु पूर्णिमा र व्यास जयन्ती

    काठमाडौँ/ आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज देशभर गुरु पूर्णिमा तथा व्यास जयन्ती पर्व श्रद्धा, सम्मान र विविध कार्यक्रमका साथ मनाइँदैछ।  गुरु पूर्णिमाका दिन शिक्षा, दीक्षा, वेदमन्त्र र ज्ञान प्रदान गर्ने गुरुजनप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा रहिआएको छ। धार्मिक ग्रन्थअनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। अज्ञानरूपी अन्धकार हटाएर ज्ञानको उज्यालो फैलाउने व्यक्तिलाई गुरु मानिन्छ। हिन्दू धर्मशास्त्रमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका स्वरूपका रूपमा सम्मान गरिन्छ। यही मान्यताअनुसार गुरुको महिमा वर्णन गर्दै ‘गुरुर्ब्रह्मा गुरुर्विष्णुः

    • प्रकाशित मितिः साउन १३, २०८३
    • 120 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देवानगञ्जमा फेरि भिडन्त, अवस्था तनावग्रस्त

    धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज बजारमा मंगलबार साँझ झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ । आगजनी, तोडफोड र घरेलु हतियारसहितको आक्रमण–प्रत्याक्रमणका कारण सुरक्षा अवस्था केही समय नियन्त्रणबाहिर पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ करिब ७ बजेदेखि सुरु भएको झडप लामो समयसम्म जारी रहँदा दुवै पक्ष ठूलो सङ्ख्यामा सडकमा उत्रिएका थिए । रड, भाला, खुँडा, तरबार लगायतका घरेलु हतियार प्रयोग गर्दै एकअर्कामाथि आक्रमण भएको बताइएको छ ।   सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा टोली

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 161 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बडी विल्डिङ एण्ड फिटनेश संघ धरानको अध्यक्षमा बिकास भाटी

    धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्यक्षमा विकास भाटी सर्वसम्मतले चयन हुनुभएको छ । श्रावण ९ गते शनिबार सुनसरी बडीविल्डिङ एण्ड फिटनेश संघका अध्यक्ष अमन श्रेष्ठको अध्यक्षतामा नेपाल बडीविल्डिङ एण्ड फिटनेश महासंघका पूर्व केन्द्रीय सदस्य तथा कोशी प्रदेश बडीविल्डिङ एण्ड फिटनेश संघका कोषाध्यक्ष रनबहादुर थेवेको प्रमुख आतिथ्यमा बसेको बैठकले भाटीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । यसैगरी संघको प्रथम उपाध्यक्षमा सन्दीप गिरी, द्वितीय उपाध्यक्षमा साना राई, सचिवमा प्रदीप ९अमृत० लिम्बु, सहसचिवमा रञ्जना राई र कोषाध्यक्षमा समिनकला राईलाई चयन गरेको छ भने सदस्यहरूमा कुमार लिम्बु, मनिष मास्

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 807 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी हिंसाः विराटनगर बजार बन्द, सुनसरी–सिरहामा राजमार्ग ठप्प

    धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनापछि सुरु भएको आन्दोलन मंगलबार कोशी प्रदेशदेखि मधेश प्रदेशसम्म फैलिएको छ। घटनाको विरोधमा विराटनगरमा बजार बन्द गराइएको छ भने सुनसरी र सिरहामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेर प्रदर्शन गरिएको छ। विराटनगरमा आन्दोलनकारीहरूले हनुमान मन्दिरबाट प्रदर्शन सुरु गर्दै ट्राफिक चोक, महेन्द्र चोकलगायतका मुख्य बजार क्षेत्र परिक्रमा गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले व्यापारीहरूलाई पसल बन्द गर्न आग्रह गरेपछि अधिकांश पसल बन्द भएका थिए र बजारको जनजीवन प्रभावित बनेको थियो

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 144 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्यालयको कोठाभित्र महिलाको शव फेला, श्रीमान फरार

    झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद्यालयको एक कोठाभित्र २९ वर्षीया महिलाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान फरार रहेकाले प्रहरीले खोजी तीव्र बनाएको छ। प्रहरीका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका–१६ निवासी ३० वर्षीय रतन गुप्ता र उनकी श्रीमती सर्लाही लालबन्दी नगरपालिका–२ की २९ वर्षीया कविता कुमारी ढुङ्गाना विद्यालयमै बसोबास गर्दै अध्यापन गरिरहेका थिए। विद्यालयमा साउन ५ गतेदेखि बिदा भएपछि दुवै जना सम्पर्कविहीन भएका थिए। साउन ११ गते विद्यालय खुलेपछि दम्पती नदेखिएपछि विद्यालय प्रशासनले फोन सम्पर्कको प्रयास गरेको थियो। त्यसक्रममा रतन गुप्ताले विद्यालयका प्रधा

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 239 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी

    काठमाडौं/ चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक,स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका ल

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 109 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द, चिकित्सकमाथिको आक्रमणविरुद्ध आन्दोलन

    धरान/ नेपाल चिकित्सक संघको आह्वानमा आज (मंगलबार) देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक (इमर्जेन्सी) सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने भएका छन्। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा भएको तोडफोड र वार्ताका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा संघले आन्दोलनको घोषणा गरेको हो। नेपाल चिकित्सक संघ, धरान शाखा, सुनसरीले केन्द्रीय कार्यालयको निर्णयप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै सुनसरी जिल्लाभित्रका सरकारी, निजी, शिक्षण तथा सामुदायिक अस्पताल, मेडिकल कलेज, स्वास्थ्य संस्था र क्लिनिकहरूमा पनि आकस्मिक सेवाबाहेक सम्पूर

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 135 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विजयपुर दरबारमा राखिएको ‘चिण्डो’ उखेलियो !अनुसन्धानमा जुट्यो प्रहरी

    धरान/ धरान उपमहानगरपालिका–१४ स्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपुर दरबार क्षेत्रमा राखिएको ‘वाबुक’ (चिण्डो) अज्ञात समूहले उखालेर केही पर फालिदिएको अवस्थामा फेला परेपछि विजयपुर क्षेत्रमा नयाँ विवाद उत्पन्न भएको छ। राई र लिम्बू समुदायबीच उक्त चिण्डोलाई लिएर केही समयदेखि सामाजिक सञ्जालदेखि सार्वजनिक रूपमा मतभेद भइरहेका बेला सोमबार बिहान पूजा स्थल नजिक राखिएको चिण्डो हटाइएको अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको हो। इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक बिनालाल शाहको नेतृत्वमा पुगेको टोलीले घटनास्थलको निरीक्षण, फिङ्गरप्रिन्ट संकलन तथा सिसीटिभी फु

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 159 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी हिंसाः गाउँबस्ती पसेका समूहले सुरु गरे आगजनी र तोडफोड

    धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा सुरु भएको साम्प्रदायिक तनाव सकेको छैन । जिल्ला प्रशासन कार्यालयले बिहानदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरे पनि विभिन्न स्थानमा आगजनी, तोडफोड, कुटपिट र आक्रमणका घटना निरन्तर भइरहेपछि जिल्लाको सुरक्षा अवस्था थप जटिल बनेको छ। आइतबार राति दुई समुदायबीच भएको हिंसात्मक झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगन्ज गाउँपालिका–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि क्षेत्रको अवस्था थप तनावग्रस्त बनेको हो। घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका थिए भने सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ ज

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 192 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामूहिक बलात्कार आरोपमा ५ जना पक्राउ

    मोरङ/ मोरङको रंगेलीमा एक बालिकामाथि दुई दिनसम्म विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी तथा सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रंगेली–३ का १८ वर्षीय मोहम्मद अरमान, सुनवर्षी–९ का २१ वर्षीय सुमन कुमार साह (क्याफे सञ्चालक), रंगेली–७ का २० वर्षीय करण मण्डल, १८ वर्षीय प्रियान्सु साह तथा रंगेली–६ का १८ वर्षीय रितिक यादव रहेका छन्। प्रहरीका अनुसार घटनाको सुरुवात साउन ३ गते बिहान भएको थियो। प्रारम्भिक अनुसन्धानबाट मोहम्मद अरमानले बालिकालाई फकाई–फुल्याई रंगेली–७ स्थित एक क्याफेमा पुर्‍याएको र त्यहाँ अरमान तथा

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 283 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved