काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेको ३ हप्तापछि गर्न सिफारिस गरेको छ ।कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ ।प्रतिवेदनमा वैशाख २५ गते भित्र १–९ को नतिजा प्रकाशन गर्ने, २५ पछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउन सुझाब दिइएको छ ।अब परीक्षा गर्दा कसभर परीक्षार्थीहरु घरको खाना खाएर परीक्षा के
वराहक्षेत्र नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बितरण शुरु गरेको छ । बन्दाबन्दीका कारण बैकबाट भत्ता बितरण गर्न नसकिए पछि बैंकका कर्मचारीको सपोर्टमा जनप्रतिनिधि र कर्मचारी समेत खटिएर टोल टोलमा सामाजिक सुरक्षा भत्ता बितरण भैरहेको छ । कोबिड १९ रोग संक्रमणको प्रकोपका कारण अहिले सरकारले मानिसहरु लाई भिड्भाड गर्न बाहिर घुमफिर गर्न दिएको छैन । " टोल - टोलमा बितरण गर्दा भिड भाड हुन सक्छ बैकका कर्मचारीलाई असहज हुन सक्छ त्यसैले सामाजिक दुरि कायम गराउनु हाम्रो कर्तब्य हो त्यसैले हामी जनप्रतिनिधि र कर्मचारी पनि खटिएका छौ " वराहक्षेत्र नगरपालिका वार्ड न ४ का अध्यक्ष आशाराम चौधरीले
विराटनगर । प्रदेश १ का प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमित उदयपुरको भुल्केसहितका क्षेत्रका सबै नागरिकमा कोरोना परीक्षण गर्न माग गरेको छ । कांग्रेस संसदीय दलको विहीबार प्रदेशसभामा भवन विराटनगरमा बसेको बैठकले दूत परीक्षण विधि(आरडीटी) प्रभावकारी नदेखिएकोले स्वाब लिएर ल्याबमा गरिने परीक्षण गर्न कांग्रेसको माग छ । विपक्षी दलका नेता राजिव कोइरालाको अध्यक्षतामा बसेको बैठकले १. प्रदेश सरकारले संघीय र स्थानीय सरकारसंग समन्वय गरी आरडीटी परीक्षण विश्वसनीय नदेखिएकोले त्यसलाई रोकेर पीसीआर परीक्षण बढाउनु पर्नेलगायत माग गरेको छ । बैठकको निर्णयबार कांग्रेस प्रमुख सचेतक केदार कार्कीद्वारा प्रका
काठमाडौं । सांसद सुरेन्द्र यादव अपहरणको उजुरी राष्ट्रिय मानवअधिकार आयोगमा दर्ता भएको छ । बिहीबार राष्ट्रिय मानवअधिकार आयोगमा अपहरणसम्बन्धी निवेदन दर्ता भएको हो । उजुरीमा नेकपाका सांसद महेश बस्नेत, किसान (कृष्णकुमार) श्रेष्ठ, प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल र नवीन बस्नेतमाथि अपहरणमा संलग्न रहेको भन्दै कारबाहीको माग गरेका छन् । समाजवादी पार्टीका सांसद यादवलाई महोत्तरीबाट पार्टी फुटाउने प्रयोजनका लागि अपहरण गरेको भन्दै यसअघि महानगरीय प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जाहेरी लिन इन्कार गरेका थिए । यादव केही कानुन व्यवसायीसहित आफैं उजुरी ल
लकडाउनका कारण समस्यामा परेका यातायात मजदुर परिवारलाई पुर्व डिपो विद्यार्थी संगठन द्धारा विहिवार राहत वितरण गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटिको संयोजनमा पुर्व डिपो विद्यार्थीले ७५ जना मजदुर परिवारलाई राहत वितरण गरेको थियो । राहत स्वरुप उनिहरुलाई १० किलो चामल, १ किलो दाल, १ किलो नुन र आधा लिटर तेल वितरण गरिएको पुर्व डिपो विद्यार्थी संगठनका अध्यक्ष एवं धरान १८ न. वडाध्यक्ष प्रविण राईले जनाए । यातायात मजदुर संगठनले सिफारिस गरेको अति विपन्न परिवारलाई राहत वितरण गरिएको अध्यक्ष राईले वताए । पुर्व डिपो विद्यार्थीले ५५ हजार रुपैया वरावरको राहत वितरण गरेको संगठनका उपाध्
१८ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कोरोनाको संकट समाधान भएपछि बादमेव गौतमलाई प्रधानमन्त्री बनाउने र माधवकुमार नेपाल तेस्रो अध्यक्ष हुने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अस्वीकार गर्ने संकेत गरेका छन् । अध्यादेश प्रकरणसँगै पार्टीमा एक्लिएका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बुधबार साँझ बसेको नेकपा सचिवालय बैठकमा नयाँ कार्ड फालेका थिए । तर, यो कार्ड बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन वा पार्टीमा देखिएको विवाद समाधान गर्न नभई प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमबीच भएको मोर्चाबन्दी भ
१८ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई ‘अपहरण’ गरेको भन्दै नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । बुधबार आयोग कार्यालय पुगेका डा. यादवले सदस्य प्रकाश वस्ती र मोहन अन्सारीसँग भेट गरी उजुरी पत्र दिएका हुन् । उजुरीपत्र बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले उजुरीकर्ताले भनेजस्तो अपहरण भएको हो कि होइन भन्नेबारे अनुसन्धान गर्ने बताए । ‘अपहरण भएको भए मानव अधिकारको उल्लङ्घन हुन्छ, मानव अधिकार पुनर्स्थापना गर्न हामी बोल्छौँ&rsq
वराहक्षेत्र ९ स्थित ढोलबजिया, हिडलुवाका कृषकहरु बारीमा लगाएको तरकारी कुहिन थालेपछि निराश बनेका छन् । कोबिड १९ संक्रमण प्रकोपका कारण देश २०७६ चैत ११ बाट बन्दाबन्दी भएपछि बारीमा फलेको तरकारी बजार जान छाडेको हो । वैदेशिक रोजगारीबाट फर्किएका ३ युवाले ढोलबजियास्थित संचालन गरेको सुन्दर कृषि फर्ममा अहिले जताततै तरकारी कुहिएको देखिन्छ । ‘हाम्रो दैनिक ५ सय केजी काँक्रा र सोही अनुसारको अन्य तरकारी उत्पादन हुन्छ, लकडाउनका कारण गाउँ बाहिर तरकारी जाने अवस्था छैन, यहाँ सबैले खेती गरेकै छन् बिक्री हुने कुरै भएन, त्यसैले यो पटक हामी ८ लाख सम्मको घाटा ब्यहोर्दै छौं ।’ फर्मका सञ्चालक अमिर निरौला
चर्चित बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार उनको निधन मंगलबार मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा भएको हो । स्वास्थ्य अबस्थामा अचानक समस्या आएपछि उनलाइ अस्पतालको आईसीयूमा भर्ना भएको जनाइएको छ । साथै उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएको थिए ।
धरान/ नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाण्डौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा पर्साका एक र बाराका दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो । तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए । उनिहरु सिम्रौनगढका ३१ वर्षीय ,जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय र वीरगञ्ज २ छपकैयाका ४६ वर्षीय पुरुष हुन् । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।