धरान/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार २०८३ कात्तिक १० गते राति १० बजे भोक्राहा नरसिंह गाउँपालिका–८ सिसुवाधरमपुरस्थित क्षेत्रमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका २७ वर्षीय मोहमद आजादलाई शंका लागेर प्रहरीले जाँच गरेको थियो।
सो क्रममा उनको साथबाट ०.३६ ग्राम (३६० मिलिग्राम) ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
उक्त पदार्थसहित नियन्त्रणमा लिइएका आजादलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको प्रहरीले जनाएको छ।