बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । संविधान दिवसको अवसरमा शनिवार बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो ।
बराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अबसरमा ३ दिवसीय कार्यक्रम गर्ने निर्णय अनुसार शनिवार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको नगरपालिकाका प्रशासन शाखाका प्रमुख मातृका तिवारीले जानकारी दिए ।
शुक्रवार बिहान नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा उक्त प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा उप-प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत राधिका गिरि, वडाध्यक्षहरु , कार्यपालिका सदस्यहरु , वडा सदस्यहरु , कर्मचारीहरु, शिक्षकहरु, बिद्यार्थीहरु , स्थानिय संघ , संस्थाका प्रतिनिधि , समाजिक अगुवा , सुरक्षाकर्मीहरु, पत्रकारहरु जीवन विज्ञान लगायतका सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रभातफेरी पश्चात शुभकामना आदान प्रदानको कार्यक्रम आयोजना भएको थियो । नगरपालिकाको कार्यालयबाट सुरु प्रभात फेरी कार्यक्रमले मुनाल चौक, बस स्टेण्ड, राँगा चौक, बुधबारे चौक, आइतबारे चौक, नेता चौकबाट मुनाल चौक लगायतका स्थान परिक्रमा गरेको थियो ।
संविधान दिवसको अवसरमा शुक्रवार रक्तदान र वक्तृत्वकला प्रतियोगिता, दिप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो । संविधान दिवसको अवसरमा आईतवार दौड प्रतियोगिता आयोजना हुनेछ ।