किरात राई सङ्घको केन्द्रीय अध्यक्षमा सुवासचन्द्र राई सर्वसम्मत

  • भदौ १६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाली काँग्रेस निकट जातीय सङ्गठन नेपाल लोकतन्त्रवादी किरात राई सङ्घको प्रथम केन्द्रीय महाधिवेशनले काठमाण्डौका सुवास राईलाई केन्द्रीय अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ ।

संघव्दारा आज मङ्गलवार पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिइएको हो । महाधिवेशन सोमवार किरात राई यायोख्खाको यलम्बर भवनमा भएको थियो । महाधिवेशनले राईको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मतिमा चयन गरेको छ ।

नवगठित कार्यसमितिमा अध्यक्ष सुवासचन्द्र राई, निवर्तमान अध्यक्ष आनन्द सन्तोषी राई, उपाध्यक्ष राजाबाबु किराँती, उपाध्यक्ष सारिका राई, महामन्त्री खगेन्द्र राई, सहमहामन्त्री राजकुमार राई, सहमहामन्त्री पञ्चकला राई, कोषाध्यक्ष अनुपमा राई रहेका छन् ।

सदस्यहरूमा चित्र राई, सुरेन्द्र राई, किरणजंग राई, रिवाज राई, ज्ञानकुमार राई, कल्पना राई, विमला राई, विश्वनाथ राई, धनबहादुर राई, रमिला राई, अनुपमा राई रहेका छन् ।

पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष सुवासचन्द्र राईले किरात राई सङ्घले काँग्रेस पार्टीमा समावेशी प्रतिनिधित्वको सवालाई जोड दिदैं पार्टीमा राई समुदाय नेतृत्व तहमा पुर्‍याउने भूमिका निर्वाह गर्ने बताए ।

उनले भने ‘किरात राई समुदायलाई नेपाली काँग्रेसको लोकतान्त्रिक आन्दोलनसँग थप जोड्दै सङ्गठन विस्तार र समुदायका मुद्दालाई अघि बढाउने छौँ ।’

नेपाली काँग्रेसको इतिहासमा राई समुदायको ऐतिहासिक योगदान र भूमिका रहँदै आए पनि पछिल्ला समय पार्टीप्रति उदासीनता बढेको बताउँदै काँग्रेस आदिवासी जनजातिको सङ्घर्ष र बलिदानबाट बनेको पार्टी भएकोले यसमा हक, अधिकार र भूमिकामा सक्रिय हुन समुदायलाई जागरूक गरिने बताए ।

सङ्घका निवर्तमान अध्यक्ष आनन्द सन्तोषी राईले महाधिवेशन सफल बनाउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिए । पत्रकार सम्मेलनमा प्रदेश नं १ का पूर्व प्रदेश प्रमुख प्राडा।गोविन्दबहादुर तुम्बाहाङ, धरान उपमहानगरपालिका पूर्व मेयर तिलक राईको पनि उपस्थिति थियो ।

गाँजासहित अस्पतालको ...

विराटनगर/ मोरङको विराटनगर महानगरपालिका–१६ दर ...

बीपी प्रतिष्ठानका ती ...

सुनसरी/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, ...

संखुवासभाका क्रोनिक ...

विराटनगर/ संखुवासभा जिल्लामा सञ्चालित दुई ठूला बहु ...

सर्वदलीय संयन्त्र गठ ...

काठमाडौँ/  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved