एसईई स्पिकर सिजन–६ का विजेतालाई नगद पुरस्कारसहित सम्मान

  • जेठ १७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान उपमहानगरव्यापी वक्तृत्वकला प्रतियोगिता ‘एस.ई.ई स्पिकर, सिजन–६’ का विजेताहरूलाई आइतबार एक कार्यक्रमकाबीच नगद पुरस्कार तथा सम्मान प्रदान गरिएको छ।

धरानस्थित सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.को सेमिनार हलमा आयोजित कार्यक्रममा आयोजक र्‍याडिकल लाईट नेपाल प्रा।लि। का अध्यक्ष तिर्थ कार्कीले विजेताहरूलाई नगद पुरस्कार वितरण गर्नुका साथै खादा लगाएर सम्मान गरेका थिए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेकी तमन्ना बान्तवा राई ले नगद १० हजार रुपैयाँ प्राप्त गरिन्। त्यसैगरी फस्ट रनरअप प्रीन्जा विश्वकर्मा ले ५ हजार रुपैयाँ, सेकेन्ड रनरअप खुशी लिम्बु ले ३ हजार रुपैयाँ तथा थर्ड रनरअप पूजा राई ले १ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए।

धरान उप-महानगरपालिकाभित्रका माध्यमिक क्षिक्षा परीक्षा(एस.ई.ई.) दिएर बसेका विद्यार्थीहरूको वक्तृत्वकला, नेतृत्व क्षमता, आत्मविश्वास र सार्वजनिक अभिव्यक्ति कौशल विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको फाइनल चरण गत जेठ १३ गते मंगलबार सम्पन्न भएको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई बधाई दिँदै आयोजकले यस्ता सिर्जनात्मक तथा व्यक्तित्व विकासमूलक कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

प्रतियोगिताले धरानका विद्यार्थीहरूमा सार्वजनिक बोलाइप्रतिको रुचि बढाउनुका साथै प्रतिभा पहिचान र प्रोत्साहनमा समेत सकारात्मक योगदान पुर्‍याएको आयोजकको भनाइ थियो।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved