धरानमा २८ सयभन्दा बढी उपभोक्ताले तिरेनन् खानेपानीको बिल

  • जेठ २, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान खानेपानी व्यवस्थापन बोर्डले पुरानो बक्यौता उठाउन जरिवाना छुट योजना ल्याएर १ करोड ७५ लाख रुपैयाँभन्दा बढी महसुल असुल गरेको जनाएको छ।

तर, अझै पनि ५ हजार ५ सय ५० उपभोक्ताले लामो समयदेखि महसुल नबुझाएको र २ करोडभन्दा बढी रकम उठ्न बाँकी रहेको तथ्य सार्वजनिक भएको छ।

बोर्डका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले पत्रकार सम्मेलनमार्फत वैशाख मसान्तसम्मको विवरण सार्वजनिक गर्दै ७ हजार ९४ बक्यौता ग्राहक मध्ये ४ हजार १ सय ७१ ग्राहकले जरिवाना छुट सुविधा लिएर १ करोड ७५ लाख २६ हजार ४ सय ९२ रुपैयाँ बुझाएको जानकारी दिए।

बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अझै २ हजार ८ सय २३ उपभोक्ताको २ करोड ३ लाख ३६ हजार ८ सय ९१ रुपैयाँ बक्यौता बाँकी छ।

जसमा ३ देखि ५ महिनासम्म महसुल नतिर्ने १ हजार २ सय १, ६ देखि ११ महिना ५ सय १८, १२ देखि २२ महिना ३ सय ६६, २३ देखि २९ महिना १ सय ८६ र ३० देखि ३४ महिना नतिर्ने ५ सय ५२ उपभोक्ता रहेका छन्।

धरानमा हाल २८ हजार खानेपानी ग्राहक रहेको बोर्डले जनाएको छ।

तीमध्ये २२ हजार ४ सय ५० ग्राहक नियमित महसुल तिर्ने भए पनि बाँकी ग्राहकले लामो समयदेखि बक्यौता नतिर्दा बोर्डको आर्थिक व्यवस्थापनमा चुनौती थपिएको बोर्डको भनाइ छ।

अध्यक्ष बेघाले आफू बोर्डको नेतृत्वमा आएपछि धरानमा दैनिक ५१ लाख ८० हजार लिटर खानेपानी उत्पादन क्षमता थपिएको दाबी गर्दै अब सेवा विस्तारसँगै महसुल संकलनलाई पनि कडाइ गरिने बताए।

उनले स्पष्ट चेतावनी दिँदै भने, “अब पनि महसुल नतिर्ने ग्राहकको घरको धारा काटिनेछ, बक्यौता उठाउन कर्मचारी घरघरमा खटाइनेछन्।”

यद्यपि, बोर्डले लाखौँ रुपैयाँ बक्यौता राख्ने ठूला ग्राहकहरूको नाम भने अझै सार्वजनिक गरेको छैन, जसलाई लिएर स्थानीय तहमा पारदर्शितामाथि प्रश्न उठ्न थालेको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved