लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

  • चैत २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

भरतपुर/ गृहमन्त्री सुधन गुरुङले लागुऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन्।

आइतबार भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा जिल्लाका सुरक्षा निकाय प्रमुखहरूलाई उहाँले जनअपेक्षाअनुसार सुशासन कायम गर्न र लागुऔषधलगायत घटना नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन निर्देशन दिएका हुन् ।

मन्त्री गुरुङले जनताले महसुस गर्नेगरी चुस्तदुरुस्त सेवा दिन निर्देशन दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।

गृहमन्त्री गुरुङले आज जिल्लाका विभिन्न ठाउँको निरीक्षण र अवलोकनसमेत गरे।

उनले शनिबार राति नारायणगढ–मुग्लिन सडकखण्डका पहिरोगूस्त क्षेत्र घोप्टेभिर, तुइन खोलालगायतको अवलोकन गर्दै वर्षायाममा समस्या नदोहोरिने गरी छिटो काम गर्न निर्देशन दिएका थिए।

गृहमन्त्री गुरुङ आज पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डको निरीक्षण गर्न नवलपरासीपूर्व प्रस्थान गरेका छन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved