तीन दशकदेखि क्यान्सर उपचार सेवा, गुणस्तरमा कुनै सम्झौता छैन : प्रतिष्ठान

  • चैत ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले क्यान्सर उपचार नहुने वा गुणस्तरहीन हुने भन्दै सामाजिक सञ्जालमा फैलाइएको भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै यस्ता भ्रमपूर्ण प्रचारले बिरामी र जनमानसमा अन्योल सिर्जना गर्ने मात्र नभई स्वास्थ्य सेवाप्रति अविश्वास बढाउने प्रयास भएको स्पष्ट पारेको छ।

प्रतिष्ठानका अनुसार केही निहित स्वार्थ समूहले क्यान्सर विशेषज्ञ चिकित्सकमाथि आधारहीन आरोप लगाउँदै संस्थाको छविमा आँच पुर्‍याउने काम गरिरहेका छन्। यस्ता गतिविधि रोक्न र यथार्थ जानकारी दिन आफूहरू बाध्य भएको जनाइएको छ।

प्रतिष्ठानले स्थापना कालदेखि नै क्यान्सर उपचार सेवा दिँदै आएको उल्लेख गर्दै पूर्वी नेपालमै पहिलोपटक क्यान्सरसम्बन्धी शल्यक्रिया सुरु गरेको दाबी गरेको छ। हालसम्म क्यान्सर उपचारका दुई प्रमुख आधार—शल्यक्रिया र सिस्टेमिक थेरापी (किमो, हर्मोनल र टार्गेट थेरापी) प्रभावकारी रूपमा सञ्चालनमा छन् भने निकट भविष्यमा रेडियोथेरापी सेवा पनि सुरु गर्ने तयारी भइरहेको जनाएको छ।

प्रतिष्ठानले क्यान्सर बिरामीका लागि न्यूनतम लागतमा शल्यक्रिया तथा किमोथेरापी, घरमै उपचार सेवा (होम केयर), अन्तर्राष्ट्रिय विशेषज्ञसँग सहकार्य, नियमित क्यान्सर स्क्रिनिङ कार्यक्रम तथा चिकित्सक र नर्सका लागि तालिम कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिष्ठानले आफ्ना सेवाहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार, प्रमाणमा आधारित र पारदर्शी ढंगले प्रदान गरिरहेको दाबी गरेको छ। प्रत्येक बिरामीको उपचार बहुविषयगत टोलीको सल्लाहमा हुने भएकाले व्यक्तिगत निर्णयभन्दा संस्थागत प्रणालीलाई प्राथमिकता दिइने बताइएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा प्रतिष्ठानले ३१७ जना क्यान्सर शल्यक्रिया, २७२८ जना बहिरङ्ग सिस्टेमिक थेरापी र ९२२ जना अन्तरङ्ग सिस्टेमिक थेरापी सेवा प्रदान गरेको तथ्यांक सार्वजनिक गरिएको छ।

प्रतिष्ठानले क्यान्सर उपचारलाई अझ प्रभावकारी बनाउन चाँडै रेडियोथेरापी सेवा सुरु गर्ने लक्ष्य राखेको छ र यसका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ।

 प्रतिष्ठानले “क्यान्सर उपचार हुँदैन” भन्ने भ्रामक हल्लाबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गर्दै सस्तो, सुलभ र गुणस्तरीय सेवा दिन आफूहरू प्रतिबद्ध रहेको दोहोर्‍याएको छ। साथै, गलत प्रचारमार्फत सेवा अवरुद्ध गर्ने प्रयास नगर्न बताएको छ।

बिज्ञयप्ती:

Press Release reg Cancer Treatment_1 2 Press Release reg Cancer Treatment_2 2

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved