विभेद उन्मुलन दिवसमा धरानमा श्रम र सीपका धनीहरू सम्मानित

  • चैत ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ अन्तर्राष्ट्रिय रंगभेद तथा जातीय विभेद उन्मूलन दिवस को अवसरमा धरान उपमहानगरपालिकाले विशेष कार्यक्रम आयोजना गरी परम्परागत सीप र श्रममा योगदान पुर्‍याउँदै आएका व्यक्तित्वहरूलाई सम्मान गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले समाजमा आफ्नै पेशा र सीपमार्फत पहिचान बनाएका व्यक्तित्वहरूलाई नगद रु ५,००० सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

सम्मानित हुनेहरूमा ढकिया बुन्ने चैत मल्लिक, पञ्चेबाजा टिम लिडर वीरबहादुर दर्जी, सिलाइ–कटाइ व्यवसायी पर्शुराम भित्रिकोटी, खुकुरीको दाप बनाउने नरेन्द्रबहादुर सार्की, खुकुरी निर्माता केवल विश्वकर्मा, सारङ्गी वादक तथा गायक सुरेश गन्धर्व तथा जुत्ता व्यवसायी धनबहादुर नेपाली रहेका छन्।

उपमहानगरपालिकाका अनुसार यस कार्यक्रममार्फत परम्परागत सीप र श्रमको कदर गर्दै समाजमा विद्यमान जातीय तथा पेशागत विभेद अन्त्य गर्न सन्देश दिइएको हो।

सम्मानित व्यक्तित्वहरूले यस्तो कदरले आफ्नो पेशाप्रति थप उत्साह र प्रेरणा मिलेको बताएका छन्। कार्यक्रममा सहभागीहरूले सबै पेशा र व्यक्तिको सम्मान गर्नुपर्ने र विभेदरहित समाज निर्माणका लागि एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved