वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ चतरामा रहेको औलिया माध्यमिक बिद्यालयले आफ्नो ४३ औं बार्षिकोत्सव दिवस मनाएको छ ।
बुधवार बिद्यालयले औपचारिक बिभिन्न कार्यक्रम आयोजना गरेर बार्षिकोत्सव समारोह मनाएको हो । कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीको प्रमुख आथिथ्यता रहेको थियो ।
कार्यक्रममा उपप्रमुख नन्दकुमारी सुनुवार , शिक्षा बिकाश तथा समन्वय ईकाइ सुनसरीका प्रमुख देबेन्द्र मल्ला विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा वडा नं १ अध्यक्ष किसन थापामगर , वडा नं २ का अध्यक्ष होम प्रसाद गौतम, आदर्श माबिका पुर्व प्रध्यानाध्यापक प्रह्लाद भट्टराई शिक्षा समिति सदस्य ज्ञान बहादुर पाण्डे , गोकुल गुरागाई , वडाका जनप्रतिनिधिहरु, छिमेकी बिद्यालयका प्रध्यानाध्यापक, सुरक्षा निकायका प्रतिनिधि , बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, बिद्याकलका संस्थापकहरु , पुर्ब प्रध्यानाध्यापकहरु, पुर्ब शिक्षकहरु , पुर्ब व्यवस्थापन समितिका अध्यक्षहरु , समाजसेवि , चन्दादाता , अक्षयकोष दाताहरुको आयिथ्यता रहेको थियो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पोष्ट बहादुर सुनुवारको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा बिद्यालयका प्रध्यानाध्याक कमल भण्डारीले बिद्यालयको आर्थिक बर्ष २०७१/०८२ को आयर व्यय तथा भावि योजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिद्यालयले विभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगिता र गतिविधिमा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई पुरस्कृत , छात्रवृति , बिद्यालयमा कार्यरत पुर्व शिक्षकहरुलाई सम्मान , पुर्व व्यवस्थापन समितिका पदाधिकारीहरु, पुर्ब प्रध्यानाध्यापक सम्मान तथा अक्षय कोषदाता , चन्दाताहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा विद्यालयले विभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगिता र गतिविधिमा उत्कृष्ट भएका विद्यार्थीहरूलाई पुरस्कृत एवम् छात्रवृत्ति समेत वितरण गरेको थियो ।
त्यस्तै सचेतना मुलक नाटक , योग अभ्यास , प्रशिक्षण , विद्यार्थीहरूले परम्परागत मौलिक रैथाने सामाग्रीहरू समेत प्रदर्शनी गरेका थिए । कार्यक्रममा शिक्षकहरुले नृत्य , बिद्यार्थीहरुले स्वागत् नृत्य , सांस्कृतिक नृत्य , वालवालिकाहरुले बाल गीतमा नृत्य प्रस्तुत गरेका थिए ।