शैक्षिक भ्रमणको बस धरानमा दुर्घटना, चालकसहित ५ जनाको मृत्यु, १३ घाइते

  • माघ ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरानमा शैक्षिक भ्रमणमा आएको बस दुर्घटना हुँदा चालकसहित ५ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।

जनकपुरबाट शैक्षिक भ्रमण आएको बस  भेडेटार बाट  धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको ‘इन्टरनेशनल टेम्स एकेडेमी’ लेखिएको बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी विनोद घिमिरेका अनुसार उक्त बस धरान क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।

सुनसरीका प्रहरी प्रमुख (एसपी) केशव थेबेले चालकसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गर्नुभयो।

दुर्घटनामा तीन पुरुष र दुई महिलाको ज्यान गएको छ।

दुर्घटनामा घाइते भएका १३ जनालाई उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

मृतक र घाइतेहरू बसका यात्रु हुन् वा दुर्घटना भएको ठाउँमा किचिएका हुन् भन्ने एकिन हुन बाकीँ रहेको प्रहरीले जनाएको छ ।

मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved